सत्ता साझेदार प्रमुख दुई दल नेकपा एमाओवादी र एमालेले राष्ट्रपति सत्ताधारी गठबन्धन सँगै राख्ने निर्णय गरेपछि मुलुकको दोस्रो राष्ट्रपति को बन्छ भन्ने चर्चा चल्न सुरु भएको छ । एमालेका एक नेताका अनुसार एमाओवादीले नै राष्ट्रपति एमालेले राख्न प्रस्ताव गरेको थियो। ‘हामीसँग राष्ट्रपतिको उम्मेद्वार पनि छैन र आन्तरिक समीकरण मिलाउन पनि हामीलाई सभामुख र उपराष्ट्रपति भए सहज हुन्छ,’ एमाओवादीलाई उदृत गर्दै ती नेताले भने–‘एमाओवादीले दाबी गरेको भए राष्ट्रपति उसैले पाउथ्यो, हक पनि उसैको लाग्थ्यो।’
आफ्नो पार्टीले सभामुख पाएको भए सुवास नेम्वाङलाई नै फेरि पनि सो पदमा कायम राख्नेमा एमाले उच्च नेतृत्व एकमत थियो। राष्ट्रपति पद एमालेमा आएपछि कसलाई शितल निवास पठाउने भन्नेमा भने शीर्ष नेतृत्व एकमत देखिएको छैन। झलनाथ खनाल आफैं राष्ट्रपति पदको दाबेदार छन्। तर उनी शितल निवास छिर्ने सम्भावना लगभग नरहेकोमा सबै एमाले नेता एकमत देखिएको तेसोपाटीले जनाएको छ । ‘पार्टी भित्र उनको कमजोर उपस्थिति छ, प्रधामन्त्री केपी ओली र माधव नेपाल दुवै उनलाई राष्ट्रपति बनाउने पक्षमा छैनन,’ एक नेताले भने–‘अहिलेको समयमा दुई पहाडे पुरुष प्रधानमन्त्री र राष्ट्रपति बन्दा राम्रो सन्देश पनि जाँदैन।’ अहिले नेम्वाङ र पार्टी उपसभापति विद्या भण्डारी नै राष्ट्रपति पदको बलियो दावेदार हुन्। नेपाल पक्षका केही नेता कार्यकर्ताले लालबाबु पण्डितको नाम लिए पनि राष्ट्रपति पदका लागि उनको ‘स्ट्याचर’ नपुग्नेमा स्वयम् नेपालको पनि विमति नरहेको उनी निकट एक नेताले बताए। नेम्वाङ र भण्डारी दुवै ओली निकट छन्। दुई बीच कसलाई राष्ट्रपति बनाउने भन्ने ओलीको छनौटमा भर पर्नेछ। भण्डारी आफैंले बलियो इच्छा देखाएको अवस्थामा ओलीलाई नाइँ भन्न अप्ठ्यारो पर्ने एमाले नेताहरू बताउँछन्। मदन भण्डारीकी श्रीमती भएकोले पनि धेरै एमाले कार्यकर्ताको सहानुभूति विद्याप्रति छ। राष्ट्रपति को बनाउने भन्ने निर्णय ओली एक्लैले गर्न सक्दैनन्। यो निर्यण पार्टीले लिनु पर्नेहुन्छ। ‘पार्टीमा दुई जनाको नाम आएमा नेपाल पक्षले सुवास नेम्वाङलाई समर्थन गर्ने सम्भावना छ,’ ती नेताले भने– ‘त्यसले ओलीलाई अप्ठ्यारो पार्न सक्छ।’ नेम्वाङले दुवै संविधान सभामा सशक्त भूमिका खेलेको र उनी जनजाति भएकोले पनि राष्ट्रपति बनाउनु पर्ने तर्क नेपाल पक्षले गर्नेछ। ‘पहिलो राष्ट्रपति मधेसी भएपछि, दोस्रो राष्ट्रपति जनजाति हुँदा राम्रो देखिन्छ’ उनले भने। ओलीको मत भने अहिले नै विद्यातिर ढल्केको अनुमान गर्ने एमालेमा धेरै छन्। ‘एमाओवादीले नै एमालेले महिलालाई राष्ट्रपति बनाए आफूहरूले पुरुष उपराष्ट्रपति बनाउन पाउने र त्यसले पार्टी भित्रको आन्तरिक समीकरण मिलाउन सजिलो हुने बताएको छ,’ ओली निकट एक नेताले भने। ती नेताले एमाओवादी अध्यक्ष प्रचण्ड स्वयंले पनि विद्या भण्डारीलाई राष्ट्रपति बनाउन सल्लाह दिएको दाबी गरे। ‘विद्याजीलाई बनाउँदा पहिलो महिला राष्ट्रपति बन्ने भएकोले राम्रो पनि देखिन्छ,’ प्रचण्डलाई उद्धृत गर्दै उनले भने।
विद्यालाई राष्ट्रपति बनाउने भए ओलीले नेम्वाङलाई पहिलेनै कुरा गरेर मनाउनु पर्नेछ । एमालेमा जनजाति र मधेसीको अनुहार पार्टीको माथिल्लो नेतृत्वमा नदेखिएकोले पनि नेम्वाङलाई भूमिका दिएर पार्टीको काममा लगाउँदा त्यसले एमालेलाई राम्रो गर्ने तर्क ओली निकट नेताहरु गर्छन्। विद्या राष्ट्रपतिमा गए खाली उपाध्यक्ष पदमा नेम्वाङलाई केन्द्रीय समितिले नियुक्त गर्न सक्ने पनि ओली निकट नेताहरुको भनाई छ। ‘स्थायी समितिमा पनि एउटा पद खालि नै छ, उहाँलाई पार्टीमा स्थापित गर्न सजिलो छ,’ एक नेताले भने । नेकपा एमालेले नेतृ विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने चर्चा चलेपनि पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र अष्टलक्ष्मी शाक्यको नाम पनि चर्चा चलेको रातोपाटीले उल्लेख गरेको छ ।
यता, एमालेमा राष्ट्रपतिको उम्मेद्वारको विषयमा मतभेद देखिएपनि पुनः यो पद एकीकृत माओवादीको पोल्टामा जाने सम्भावना बढेको छ । एमालेमा उपाध्यक्ष विद्या भण्डारी, सुभास नेम्वाङ र अष्टलक्ष्मी शाक्य भावी राष्ट्रपतिका लागि उम्मेद्वार बन्न खोजेका छन् । यद्यपी भण्डारीले भने त्यति धेरै रुचि नराखेको एमाले स्रोतको भनाई छ । एमालेमा विवाद कायम रहे राष्ट्रपतिका लागि एकीकृत माओवादीले पाटी नेता अमिक शेरचनलाई अगाडि सार्ने भएको छ । राष्ट्रपतिका लागि नेकपा एमाले र एमाओवादी दुवैले दाबी गरे पनि कसलाई उक्त पदको दाबेदार बनाउने भन्ने विषय जटिल बनेको छ । आफ्नो कोटामा राष्ट्रपति पद आए महिला, जनजाति र पिछडिएका वर्गबाट एक जनालाई उक्त पदमा पठाउने तयारी एमाओवादीको रहेको छ । यसमा पहिलो नाम अमिक शेरचनको आएको छ । यसका लागि अध्यक्ष प्रचण्डले शेरचनलाई बोलाएर नै तयारीमा रहन आग्रह गरेका छन् । प्रचण्डसँगको भेट पुष्टि गर्दै अमिक शेरचनले रातोपाटीलाई भने, ‘अध्यक्षसँग केही चरणमा कुरा भएको हो । वहाँले नै मलाई बोलाएर तपाईं पनि तयार नै रहनुहोला भन्नुभएको छ ।’
गृहमन्त्री छान्न एमाओवादीमा प्रलय
नयाँ सरकारमा शक्तिशाली मन्त्रालय कसले पाउने भन्नेबारे एमाओवादीमा तीब्र विवाद भएको छ । विवादकै कारण आजको स्थायी समितिले सरकारमा कस्को नेतृत्वमा जाने भन्नेबारेमा कुनै पनि निर्णय लिन सकेन । ‘पहिला पार्टी संगठनको जिम्मेवारी कसले लिने र को सरकारमा जाने भन्ने निर्णय गरौँ। त्यसपछि मात्र को मन्त्री बन्ने निर्णय गर्न सजिलो हुन्छ भन्ने मैले तर्क राखें’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘तर उहाँहरूले मान्नु भएन। विवादका कारण निर्णय लिन सकिएन।’ पार्टी नेताहरूका अनुसार मुख्य विवाद भने गृहमन्त्रालयलाई लिएर भएको छ । पार्टी नेता टोप बहादुर रायामाझी, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र जनार्दन शर्माको दाबी गृह तथा उपप्रधानमन्त्री मन्त्रालयमा छ। तर उक्त पदका मुख्य दाबेदार भने कृष्णबहादुर महरा हुन जसले स्पष्ट रुपमा बुधबारको बैठकमा आफ्नो दाबी भने प्रस्तुत गरेनन्। ‘जनमुक्ति सेना’का पूर्व कमान्डर नन्दकिशोर पुन व्यवस्थापिका–संसद सदस्य नभए पनि गृह मन्त्रालय आफूले पाउनु पर्ने दावी गरिरहेका छन्। ‘अरु कसैलाई हटाएर भए पनि संसद सदस्य बनाए त्यसपछि गृह मन्त्रालय पाउन कुनै अवरोध नहुने उनको दाबी छ,’ एक सदस्यले भने। गिरिराजमणि पोखरेलको पक्षमा भने पार्टी नेता नारायणकाजी श्रेष्ठ छन्। सभामुख पदमा भने कृष्णबहादुर महरा वा ओनसरी घर्तीको नाम चर्चामा आएको छ। पार्टी नेता वर्षमान पुन घर्तीका पति हुन्। पुनले ओनसरीको नाम प्रस्ताव गरेका छन्। उपराष्ट्रपति पद भने राष्ट्रपति भन्दा फरक जाति र लिंगबाट छान्नु पर्ने भएकाले बुधबारको बैठकमा चर्चा भएन । पार्टी बैठक बिहीबार पुनः बस्नेछ ।

Post a Comment