गोल्डेन न्यूज संवाददाता
नाकाबन्दीका कारण मुलुकभर इन्धन अभाव छ । महँगो मूल्य तिररेै भए पनि सार्वजनिक तथा निजी सवारी धनीले इन्धनको जोहो गरिरहेका छन् । तर सावधानी नअपनाउँदा भने आगलागी भएर केहीले ज्याने गुमाउनुपरेको छ । क्षेत्रीय प्रहरी कार्यालयका अनुसार नाकाबन्दीयता पश्चिम क्षेत्रमा पेट्रोलियम पदार्थको जोहो गर्ने क्रममा ४ जनाले ज्यान गुमाइसकेका छन् । अन्य ४ जना घाइतेको उपचार भइरहेको छ । कात्तिक पहिलो दिन पोखरा २ अर्चलेबोटस्थित विजय रेग्मीको घरमा डेरा गरी बस्ने प्रकाशमणि तिवारीको भान्साकोठामा पूजा गर्ने क्रममा बालिएको दियोले ग्यालिनको पेट्रोलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट पोखरा २६ सराङकोटका ३० वर्षीय केशवराज तिमिल्सिना र उनकी भान्जी १२ वर्षीया रोशनी तिवारीको मृत्यु भएको हो । आगलागीमा २४ वर्षका पुष्पराज तिमिल्सिना, कास्कीको माझठाना घर भइ सोही घरमा बस्दै आएका ३६ वर्षीय प्रकाशमणि तिवारी, तिवारीको १४ वर्षको छोरा रोशन घाइते भएको कास्की प्रहरीका निरीक्षक देवी पौडेलले बताए । उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ ।
यसैगरी स्याङ्जा सेतीदोभानको जुग्लेमा पनि श्रीमानले ल्याएर घरमा राखेको डिजेलमा आगो लाग्दा ३५ वर्षीया शोभा लामिछानेको राजधानीमा मृत्यु भएको छ । असोज २५ गते जलेकी लामिछानेको कात्तिक ४ मा मृत्यु भएको थियो। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ३ दरखसवास्थित ताराप्रसाद रानाको घरमा भाडामा बस्ने रूपन्देहीकै असुरना ३ घर भई लुम्बिनी अञ्चल प्रहरी कार्यालयमा कार्यरत जवान जगनारायण केवटले बोतलमा राखेको पेट्रोलमा आगो लाग्दा उनकी ३ वर्षीया छोरी खुसीको मृत्यु भएको छ । खुसीको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो। आगलागीमा केवटकी श्रीमती यमकला पनि घाइते भएकी र कोठाको सबै सामान जलेर नष्ट भएको छ । ‘यस्ता घटना सबै अज्ञानताले भएका छन्। दैनिक आवश्यकतालाई पूर्ति गर्नेक्रममा सञ्चित इन्धनले ज्यानै गएको छ,’ क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ता एसपी मुकुन्दराज आचार्यले भने,–‘अत्यधिक प्रज्ज्वलनशील पदार्थ भएकाले आगोको नजिकै राख्नु भएन । सबै जना सचेत भएर क्षति हुने उपाय अपनाउनुप¥यो ।’

यता, वडा प्रहरी कार्यालय रामबजारले ठूलो मात्रामा कालोबजारीमा बेच्दै गरेको पेट्रोल सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । बढी मूल्यमा पेट्रोल बेच्दै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पोखरा १५ क्रान्तिटोलबाट २३० लिटर पेट्रोल सहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक वेद प्रकाश जोशीले जानकारी दिए । पक्राउ पर्नेमा पोखरा १५ का अग्नी ध्वज रसाईली, भरतपुर चितवनाका ३५ बर्षीय दीप अघाई र ३३ बर्षीय गणेश बहादुर विक रहेका छन् । उनीहरु प्रति लिटर चार सय रुपैयाँमा पेट्रोल बेच्दै गर्दा बुधवार साझ रंगेहात पक्राउ परेका हुन् । उनीहरुले चितवनबाट पेट्रोल ल्याएर पोखरामा बेच्ने गरेको प्रहरीले जनाएको छ । यसअघि कालोबजारीमा पेट्रोल बेच्दै गर्दा पोखराको लेकसाईडबाट ७५ लिटर पेट्रोल सहित सशस्त्र प्रहरीका सहासक हवल्दार र अर्का एक पक्राउ परेका थिए । ईन्धन अभाव भैरहेका बेला खुल्ला भारतीय सिमाको दुरुपयोग गर्दै तेलको तस्करी बढिरहेको छ । कतिपय स्थानमा मिसावट युक्त तेल बिक्री भैरहेको छ ।
पोखरा र लेखनाथमा इन्धन वितरण हुने
पोखरा र लेखनाथमा शुक्रबार डिजेल र पेट्रोल वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको बैठकले ३३ हजार पेट्रोल र ४२ हजार डिजेल बाड्ने निर्णय गरेको हो । बैठकले लेखनाथको वेलकम आयल स्टोर्स र पोखराका ५ पम्पबाट पेट्रोल वितरण गर्ने निर्णय गरेको छ । जस अन्तर्गत बुद्धचोकको ऋषि एण्ड व्रदर्श, विरौटाको जगदम्बा आयल स्टोर्स, रानीपौवाको रानीपौवा आयल स्टोर्स, मालेपाटनको कालिका फ्युल स्टेशन र सागर आयल स्टोर्सबाट पेट्रोल वितरण गरिने छ । यस्तै लेखनाथको शुभ जगदम्बा आयल स्टोर्स, ईन्द्रज्योती आयल स्टोर्सबाट डिजेल वितरण गरिने भएको छ । पोखराको डिआर आयल स्टोर्स, मनोकामना आयल स्टोर्स, पञ्चरत्न आयल स्टोर्स, हिमाल पेट्रोल कम्पनी प्रालि, अन्नपूर्ण आयल स्टोर्स, वृहस्पति आयल स्टोर्स, बराल आयल स्टोर्स, कालिका फ्यूल स्टेशन, विश्वास आयल स्टोर्स, लान्द्रुक पेट्रोल स्टेशन, न्यू सिद्धार्थ आयल नौडांडा स्याङ्जा, नेपाल पेट्रोल सप्लायर्स स्याङ्जा, अर्विन उण्ड सुमिन खैरेनीटार र भिमाद आयल स्टोर्स भिमादबाट डिजेल वितरण हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
Post a Comment