गोल्डेन न्यूज संवाददाता
आर् ईभेन्टस ट्रेनर नेपालले पोखरामा आयोजना गरेको ट्रिनिटी मेगा मोडलको उपाधि युवकतर्फ पोखरा माटेपानीका अनिश कार्की र युवतीतर्फ पोखरा सङगमटोलकी बिनिता परियारले जितेकी छन्। युवक÷युवती दुवैतर्फ आठ÷आठ जना प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले उपाधि जितेका हुन्। दुवै उपाधि विजेताले नगद, ट्रफि, प्रमाणपत्र सहित एक लाख बराबरको टेलिभिजनमा खेल्ने अवसर पाएका छन् । प्रतियोगितामा युवकतर्फ प्रभु अधिकारी र युवतितर्फ मनिषा के.सी रनर अप हुन सफल भए। अधिकारी पोखराका युवा पत्रकार हुन्। प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल निलिमा गुरुङ, पूर्व मिष्टर नेपाल रनर अप निरज पन्त र सौन्दर्यकर्मी मिना गुरुङ थिए। प्रतियोगितामा युवतीतर्फ मिस वेष्ट फिगर रमिका अर्याल, फोटो जेनिक मनिषा के.सी, वेष्ट ड्रेस प्रेयङका जोजिजु, मिस पपुलर सरिता बस्याल, मिस पब्लिक च्वाँईस बिनिता परियार भएकी छन्। त्यस्तै युवकतर्फ मिष्टर वेष्ट फिजिक अनिष कार्की, वेष्ट फोटो जेनिक अनिषमान भुजेल, वेष्ट ड्रेस प्रभु अधिकारी, मिष्टर पपुलर योगेश क्षत्री र पब्लिक च्वाँईस अनिष कार्की बने। प्रतिस्पर्धीलाई एक महिने प्रशिक्षणपछि अन्तिम प्रतिस्पर्धामा उतारिएको कार्यक्रम संयोजक रविन गुरुङले बताए। उनले अन्य सौन्दर्य प्रतियोगिताहरु भन्दा यो फरक भएको दावी समेत गरे। यो मोडलिङ प्रतियोगितामा १६ देखि २५ बर्ष उमेरसम्मका युवा–युवतीलाई मात्र सहभागी गराइएको थियो। फाइनलमा विभिन्न कलाकारको लाइभ प्रस्तुती, विट बक्सिङ सहित सालशा नृत्य समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा बोल्दै टाइटल प्रायोजक ट्रिनिटी एजुकेशन फाउण्डेशनका डाइरेक्टर डि.बि गुरुङले आगामी वर्षहरुमा पनि सहकार्य गर्दै अघि बढ्ने बताए । त्यसअवसरमा सन् २०१४ र २०१५ मा ट्रेनर नेपालमा कार्यरत कर्मचारीमध्य ज्योती क्षत्री र पुजन कोइरालालाई पुरस्कृत गरिएको थियो। यसअघि आर् ईभेन्टस्, ट्रेनर नेपालले मिस पोखरा क्विन, मिस थकाली नेपाल, मःम मेला, मिस लेखनाथ, पतञ्जली योग शिविर तथा योगी विकाशानन्दका कार्यक्रमहरु सफलताका साथ आयोजना गरिसकेको छ । त्यसैगरी, ट्रेनर नेपालको व्यवस्थापन तथा समन्वयमा पिपल प्रबद्र्वन, साइकल चढौ, आँखा दान जस्ता कार्यक्रमहरु भै सकेका छन्।
Post a Comment