गताङ्कबाट क्रमश...
८० लाख प्रभावित जनता, झण्डै आठ लाख घर भत्किएका जनता अहिले पनि त्यो पीडाबाट मुक्त हुन सकिराखेका छैनन् । जुन ढंगले सुरुसुरुमा अन्तराष्ट्रिय समुदायले पनि सहयोग ग¥यो, नेपालभित्रै पनि यहाँका विभिन्न एनजीओ र आइएनजीओ र जनताले स्वतःस्फुर्त रुपमा सहयोग गरे । तर त्यसयता सरकारको पक्षबाट जुन तदारुकताका साथ भूकम्पपीडितहरुको पक्षमा काम हुनुपर्ने हो त्यो हुन सकेन । हामी सबैले आवाज उठाएर, मैले पनि त्यसमा आवाज थपेर, पुनस्निर्माणरनवनिर्माण प्राधिकरण बनाउनुपर्छ भन्ने कुरा ग¥यौं । त्यो बन्यो तर लंगडो खालको बन्यो तर त्यो पनि ६० दिनभित्र संसद्बाट जो अनुमोदन हुनुपर्दथ्यो त्यो नगराएर त्यत्तिकै अन्त्य हुन पुगेको अवस्था छ । यतिबेलासम्म एउटा प्राधिकरण समेत बन्न सकिराखेको छैन । त्यसकारणले नवनिर्माण र पुनस्निर्माणको काम पूरै पछाडि परेको छ । यो अत्यन्तै दुःखद् छ । त्यसमा म खेद प्रकट गर्न चाहन्छु । जेसुकै भएता पनि अहिलेसम्म त हामीलाई संविधानको बाहाना थियो, अब संविधान आइसकेको छ, त्यसैले अब छिटै नयाँ सरकार पनि बन्ला । त्यसैले अब हाम्रो सम्पूर्ण ध्यान राष्ट्रिय नवनिर्माण र पुनःनिर्माणमा जानै पर्छ । भूकम्पपीडित जनताले राज्यबाट आवश्यक सहयोग र निर्देशन पाउनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु । त्यसमा राष्ट्रको सम्पूर्ण ध्यान केन्द्रित गर्नको निम्ति पूरा देश अगाडि बढोस् र म आफ्नो तर्फबाट पूर्ण सहयोग गरेर त्यसमा लाग्न तत्परता व्यक्त गर्न चाहन्छु ।

यसै प्रसंगमा, मैले नेपालमा ४० वर्षसम्म राजनीतिमा सक्रिय ढंगले काम गर्दै आएँ । सुरुको चेतना, २०३२ र ०३३ सालको चेतना एउटा गणतान्त्रिक चेतना मात्रै थियो । म कांग्रेस, कम्युनिष्ट केही पनि चिन्दैनथिएँ । नेपालमा राजतन्त्र ठीक छैन, यो अन्त्य हुनुपर्छ भन्ने मात्रै चेतना थियो । त्यही चेतनाबाट मैले आफैंले चण्डीगढमा पढ्दा विद्यार्थी संगठन बनाएर राजनीति सुरु गरेको थिएँ । पछि अखिल भारत नेपाली विद्यार्थी संघ हुँदै र पछि कांग्रेस–कम्युनिष्ट सबैसँग सहकार्य गर्दै अन्त्यमा कम्युनिष्ट पार्टीमा आवद्ध भएर त्यहाँबाट माओवादी हुँदै, १०–वर्षे जनयुद्ध हुँदै अहिले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र संविधानसभाबाट संविधान बनाउने खण्डसम्म मैले राजनीतिक यात्रा गरें । यहाँ आइसकेपछि नेपालले एउटा युग र एउटा चरण पूरा गरेको छ ।
नेपाली समाजको विकासको अर्को नयाँ युग अगाडि बढ्दै छ । संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर आर्थिक विकास र समृद्धि हुँदै त्यसको जगमा समाजवादको दिशामा जाने अबको युग हुन्छ । त्यसको निम्ति पार्टीहरु भनेका साधन हुन्, साध्य होइनन् । साध्य भनेको जनताको समृद्धि, खुशीयाली हो तर पार्टी भनेको साधन हो, हतियार मात्रै हो । जस्तो कि कुनै कालखण्डमा तरकारी काट्नको निम्ति चक्कु बन्छ भने खशी काट्नु पर्रुयो भने त्यही चक्कुले हुँदैन, खुकुरी चाहिन्छ । त्यसैले एउटा युगमा आवश्यकताअनुसार बनेको पार्टी अर्को युगको निम्ति नयाँ ढंगको पार्टी आवश्यक पर्ने हुन्छ । त्यसै क्रममा पुरानो एकात्मक सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थालाई अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याउनको निम्ति पूँजीवादी क्रान्ति सम्पन्न गर्नको निम्ति हामीले जुन पार्टी बनायौं एकीकृत नेकपा (माओवादी)को रुपमा पछिल्लो चरणमा आइपुग्यो, यसले एउटा कालखण्डको काम पूरा ग¥यो । अब नयाँ युगको निम्ति त्यो पुरानो पार्टीले पुग्दैन । नयाँ ढंगले नयाँ पार्टी, नयाँ विचार, नयाँ कार्य्िदशा, नयाँ संगठन, नयाँ नेतृत्व, नयाँ शैलीसहितको नयाँ ढंगले पार्टीलाई पुनस्निर्माणरनवनिर्माण गरेर जानुपर्छ र हिजोको जुन माओवादी आन्दोलन हो यहाँसम्म आइपुग्दा धेरै टुक्रामा विभाजित बनिसकेको छ । नयाँ नयाँ शक्तिहरु बाहिर आइसकेका पनि छन् । २०६२ सालपछिको १० र १२ वर्षमा कुनैपनि पार्टीमा नलागेका नयाँ युवा पुस्ता पनि अगाडि आइसकेको छ । यो सन्दर्भमा हेर्दा हामीले फेरि नयाँ ढंगले अगाडि हिँड्नुपर्ने आवश्यकता छ । त्यसैले मैले केही समयदेखि अब पार्टीहरु पनि आफूलाई नयाँ ढंगले रुपान्तरण गरेर जानुपर्छ भन्दै आइराखेको थिएँ । संविधानसभाबाट एउटा चरण पूरा भइसकेको सन्दर्भमा मैले अब त्यसमा के गर्न सक्छु, सबैसँग व्यापक छलफल गर्ने आशयले आजैका मितिदेखि लागू हुने गरी मैले एकीकृत नेकपा
(माओवादी) को सम्पूर्ण जिम्मेवारी, सम्पूर्ण तहका मेरा दायित्वहरु र साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गर्दछु । यो जानकारी मैले एमाओवादी पार्टीका अध्यक्ष प्रचण्डलाई पनि गराइसकेको छु । आजपछि म विल्कुल स्वतन्त्र नागरिक मात्रै बनेको छु, म अब कुनै पार्टीको सदस्य छैन । यसको अर्थ अब के गर्ने भन्ने विषयमा पूरै खाका मेरो दिमागमा छैन तर मैले आफ्नो दिमाग खुला राखेको छु र विचार मिल्ने सबै पक्षहरुसँग, पार्टीभित्र रहेका, पार्टीबाहिर रहेका, अन्य पार्टीमा रहेका, कुनै पनि पार्टीमा नरहेका सबैसँग एकचोटी सरसल्लाह गरेर कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ त्यो ढंगले मैले आफूलाई प्रस्तुत गर्ने सोंच बनाएको छु । यसको साथसाथै गोरखा क्षेत्र नम्बर १ बाट एमाओवादी पार्टीबाट सबभन्दा ठूलो मार्जिनबाट विजयी भएको हुँ, तर मैले पार्टी परित्याग गरिसकेपछि स्वतस् नै मैले व्यवस्थापिका संसद्को सदस्य पनि परित्याग गर्नुपर्छ । त्यसैले आज नै मैले व्यवस्थापिका–संसद्का सभामुखलाई पत्र लेखेर व्यवस्थापिका संसद्बाट पनि राजीनामा दिएको जानकारी गराएको छु । म अब व्यवस्थापिका संसद्को सदस्य पनि छैन र कुनै पार्टीको सदस्य पनि छैन । आगामी दिनमा म यो देशको एक नागरिकको रुपमा के गर्न सकिन्छ त्यसमा लाग्नेछु ।
मेरा केही प्रतिवद्धता पनि छन् । ती प्रतिवद्धता भनेका– म जतिबेलासम्म जीवित रहन्छु देश र जनताको सेवामा निरन्तर लागिरहनेछु । त्यसको रुप के हुन्छ त्यो म भन्न सक्दिनँ । छलफलबाट नै भोलि त्यो तय हुनेछ । देश र समाजले के आवश्यक ठान्छ त्यो नै हुनेछ । तर म निरन्तर जनताको सेवामा लागिराख्नेछु । त्यसको निम्ति मेरा पाँच ‘स’को प्रतिवद्धता गरेको छु । पहिलो, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डता । नेपालको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति सदैब प्रतिवद्ध रहने, त्यसको जगेर्ना गर्ने मेरो पहिलो प्रतिवद्धता हो । दोस्रो, समावेशी, समानुपातिक, सहभागितामुलक लोकतन्त्र हो । लोकतन्त्र मात्रै भनेर हुँदैन, पुराना धेरैथरि लोकतन्त्र छन् तर समावेशी, समानुपातिक, सहभागितामुलक लोकतन्त्रप्रति मेरो दोस्रो प्रतिवद्धता हो । तेस्रो, समृद्धि हो । यो देशमा गरिबी र बेरोजगारी छ । यसको अन्त्य गरेर नेपाललाई छिटो भन्दा छिटो समृद्ध बनाउने, आर्थिक विकास र समृद्धिको दिशामा लिएर जाने मेरो तेस्रो प्रतिवद्धता हो । चौथो भनेको सामाजिक न्याय र शान्तिको निम्ति समाजवाद चाहिन्छ । किनकि पूँजीवादीले व्यवस्थाले देशमा दीगो शान्ति ल्याउँदैन र सामाजिक न्याय ल्याउँदैन । त्यसैले समाजवादी बाटोबाट दीगो शान्ति र सामाजिक न्याय कायम गर्ने समाजवाद चौथो ‘स’ हो । र पाँचौं ‘स’ भनेको सदाचार हो । यदि सार्वजनिक जीवनमा सदाचार भएन भने, भ्रष्टाचारजन्य गतिविधि, अपारदर्शी गतिविधि भयो भने त्यसले देश र जनताको सेवा गर्न सक्दैन । हाम्रो राजनीति जसरी अत्यन्त अपारदर्शी गतिविधि, भ्रष्टाचारजन्य गतिविधिबाट प्रदुषित छ त्यसबाट मुक्त रहेर सदाचारलाई पालना गर्ने मेरो पाँचौं प्रतिवद्धता हो । यसरी पाँच वटा ‘स’ स्वाधीनता, समावेशी समानुपातिक लोकतन्त्र, समृद्धि, सामाजिक न्यायको निम्ति समाजवाद र सदाचारमा प्रतिवद्ध भएर आगामी दिनमा म लागिरहनेछु । यहाँहरु सबैलाई थाहा छ – राजनीतिक अर्थशास्त्रको पनि विद्यार्थी हुनुको नाताले विकास निर्माणमा मेरो बढी रुची र चासो हो । भूकम्पबाट क्षतविक्षत भएको जुन अवस्था छ, देश गरिबी र बेरोजगारीबाट जसरी आक्रान्त छ त्यसैले केही समय आर्थिक विकास र समृद्धिका क्षेत्रमा बढी क्रियाशील हुने, त्यसमा योगदान पु¥याउने मेरो सोंच छ । (भट्टराईले पार्टी परित्यागका क्रममा जारी गरिएको विज्ञप्तीको अंश)
Post a Comment