गोल्डेन न्यूज संवाददाता
नेपालीहरुको महान पर्वहरु नजिकिएको बेला जिल्ला प्रहरी कार्यालय कास्कीले नयाँ सुरक्षा योजना बनाएको छ । चाडपर्वलाई विशेष ध्यानमा राख्दै सम्भावित चोरी डकैती लुटपाटको घटना न्युनिकरणको लागि प्रहरीले नयाँ सुरक्षा योजना कार्यान्वयनको तयारी गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले शहर बजारमा नयाँ सुरक्षा व्यवस्थाको लागि कमाण्ड पोष्टको स्थापना गर्ने जनाएको छ । प्रहरी नायब उपरीक्षकको कमाण्डमा आवश्यक अनुगमन, नियन्त्रण र परिचालन गर्ने छ । बैंक वित्तीय क्षेत्र तथा व्यापारिक क्षेत्र गस्तीलाई प्रभावकारी बनाउने योजना समेत जिल्ला प्रहरी कार्यालय कास्कीले लिएको छ । पैदल गस्ती, ग्रामीण क्षेत्रमा गस्ती, राजमार्गमा गस्ती, साईकल÷मोटरसाईकल गस्ती र मोवाईल गस्ती गर्दै सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति गराउने अभियानमा प्रहरी जुटेको छ । सिआरभी, कुकुर परिचालन (स्निफिङ) एम्बुसिङ(सादा÷ युनिफर्म), आकस्मिक चेकिङ, बजार अनुगमन, कर्डन एण्ड सर्च अभियानलाई विगतमा झैं सञ्चालन गरिने छ । च्याङ्ग्रा गस्ती, सुपरिवेक्षण र अनुगमन र यात्रु सहायता कक्ष समेत स्थापना गरेर सहयोगीको भूमिका निर्वाह गर्ने उल्लेख गरेको छ । छोटो दुरी एवं लामो दुरीका सार्वजनिक र निजी सवारी साधनहरु बढी संवेदशनशिल क्षेत्रको रुपमा प्रहरीले लिएको छ । भीडभाड हुने ठाँउहरुमा चोरी र लुटपाटको घटना बढी हुने हुदाँ त्यस्ता क्षेत्रमा प्रभावकारी अनुगमन गर्नुपर्ने खाँचो प्रहरीले देखेको छ । सुनचांदी, कपडा, मिठाई तथा खाधान्न पसलहरु एवं आसपासका क्षेत्रहरु, बैंक तथा बित्तिय संस्था एवं अन्य नगदी कारोवार हुने क्षेत्रहरु, बिदाको बेला बन्द भएका सरकारी, एवं गैह्रसरकारी कार्यालयहरु, रात्रीकालिन ब्यवसाय हरु जस्तै होटल, लज, रेष्टुरेण्ट, डान्सवार, मसाज, म्यूजिक, पब आदि र आसपासका क्षेत्रहरु, स्थानिय भट्टी पसल चाडपर्वको बेला भएका खाली घरहरु, मनोरञ्जनात्मक एवं भोज, पार्टीजन्य स्थलहरु, खशी बोका लगायत पशु र पंक्षीहरु बिक्री हुने स्थानहरुलाई अपराधिक गतिविधिको क्षेत्रको रुपमा प्रहरीले औंल्याएको छ । सुरक्षा सतर्कताका लागि सामुदायिक प्रहरी, सामुदायिक सेवा केन्द्र, आमा समूह, स्थानीय क्लव लगायत बिभिन्न सामाजिक संघ संस्थाहरुसंग समनव्य र सहकार्य गरी बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने प्रहरीले जनाएको छ । बिभिन्न संचारका माध्यमहरुद्वारा अपराधिक प्रवृत्तिको सम्बन्धमा सर्वसाधरणलाई जानकारी गराई सुरक्षाका उपायहरु अवलम्वन गर्न अनुरोध गर्ने उल्लेख गरिएको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनाहरुमा संलग्न हुन सक्ने ब्यक्तिहरु र बिगतका घटनामा संलग्न ब्यक्तिहरुको सम्बन्धमा सूचना संकलन र विश्लेषण गरी प्रोफायल बनाउने, विगतमा भएका अपराधिक घटनाहरुको अनुसन्धना गरी फरार अभियुक्तहरु पक्राउ गर्न प्रहरी बिशेष टोली परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका गोविन्द अधिकारीले बताए । यसैगरी पटका, आतसवाजी, भुई चम्पा जस्ता बिष्फोटक पदार्थ भित्रन नदिन प्रत्येक नाकामा सादा पोशाकका प्रहरी र प्रशिक्षित कुकुर सहितको टोलीबाट प्रभावकारी चेकजांचको ब्यवस्था मिलाउने जनाएको छ । स्थानीय प्रशासन एंव अन्य सुरक्षा निकाय तथा सरोकारवाला पक्ष, नागरिक समाज, समाजसेवी, स्यवंसेवी, संघ संस्था, युवा क्लवसंग समन्वय र सहकार्य गरी उच्च सर्तकता अपनाई सुरक्षा ब्यवस्था लागू गर्ने तर्फ अग्रसर देखिएको छ । बिभिन्न मठ मन्दिरहरुमा आबश्यकता अनुसारको प्रहरी जनशक्ति परिचालन गरेर शान्ति सुव्यवस्था कायम राख्ने अभियान प्रहरीको छ । चोरी अपराधमा संलग्न फरार चोरहरुको खोजी तथा पक्राउ कार्यलाई तीव्र पार्ने साथै विगतमा चोरी अपराधमा संलग्न भई कारागारबाट छुटेका मानिसहरुलाई विशेष निगरानी गर्ने जनाएको छ । दशंै तिहारको अवसरमा बजारमा दैनिक उपभोग्य सामानको आपूर्तिमा कमि हुन नदिन कालोबजारीको नियन्त्रण तथा गुणस्तरीय सामानको आपूर्तिलाई सुनिश्चित गराउन स्थानीय प्रशासनसँगको समन्बयमा नापतौल तथा गुणस्तर कार्यालय, उद्योकार वाला निकायहरु संग सहकार्य गरी त्यस्ता अवैध कार्यलाई नियन्त्रण गर्ने र संलग्न व्यक्तिलाई कानूनी कार्वाहीको दायरामा ल्याउने साथै चन्दा, चिठ्ठा, सहयोगको नाममा सर्वसाधरण र ब्यापारीबाट रकम अशुल्न सक्ने संभावनालाई मध्यनजर राखी कुनै पनि हालतमा यस्तो कार्य हुन गर्न नदिन विशेष सुरक्षा योजना बनाउने र यस्तो गर्नेलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउने जनाएको छ । चन्दा नदिन र चिठ्ठा बिक्री बितरण नगर्न सार्वजनिक सूचना प्रकाशित गर्ने, देउसी, भैलोको नाममा हुन सक्ने जवरजस्ती चन्दा अशुली नियन्त्रण गर्ने र देउसी भैलोको समय निर्धारण गर्ने जनाएको छ । जिल्ला प्रवेश गर्ने नाकाहरुमा कुकुर सहितको चेकजांचको गरिने, राजमार्गहरुमा राजमार्ग सुरक्षा विशेष गस्ती लगायत अन्य सुरक्षाको ब्यवस्था गर्ने, बजारमा हुन सक्ने मासु अभावलाई पूर्ति गर्न रोगी पशु तथा पंक्षीहरुको ओसार पसार र बिक्री बितरण हुन सक्ने हुंदा निरन्तर अनुगमन र चेकिङ गर्ने प्रहरीले दात्यिवबोध गर्दै विशेष सुरक्षा योजना कार्यान्वयनमा अगाडि बढेको जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
Post a Comment