0
लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले पोखराको बिरौटा स्थित रहेको शान्ति निकेतन हाईयर सेकेन्डरी स्कूलमा पिस पोस्टर प्रतियोगित सम्पन्न गरेको छ । विद्यार्थीमा रहेको क्षमता प्रतियोगितामार्फत प्रतिस्पर्धी गराएर विद्यार्थीमा रहेको प्रतिभा र क्षमताको विकास गर्ने उद्देश्यले क्लवले सो कार्यक्रमको आयोजना गरेको हो । ‘शान्ति बाँडांंै’ शीर्षक अन्तर्गत भएको प्रतियोगितामा करिव ११ देखि १३ बर्षसम्म उमेर समूहका १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शान्ति निकेतन हाईयर सेकेन्डरी स्कूलका नितु शाही  प्रथम स्थान हासिल गरेका छन । भने द्वितीय प्रेङ्का गुरुङ्ग र तृतीय स्थान करन अधिकारीले हासिल गरेका छन । विश्वका करिव २ सय ८ वटा मुलुकहरुमा रहेका ११ देखि १३ बर्ष उमेरका विद्यार्थीहरु बीच आपसी प्रतिस्पर्धा गरार्ईएका विद्यार्थीहरु मध्यबाट पुनः प्रथम, द्वितीय र तृतीय स्थान लगायत सन्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुको छनोट गर्ने लायन्स क्लव इन्टरनेशनलको उद्देश्य रहेको छ । कार्यक्रममा  जोन चियर पर्सन कृष्ण बहादुर अधिकारीले भविष्यका कर्णदारका रुपमा रहेका प्रतिभावान विद्यार्थीहरुमा अन्तरनिहीत रहेको प्रतिभालाई सचित्र बाहिर ल्याउन यस खालका कार्यक्रमहरु सार्थक र उपयोगी रहेको बताउँदै यस खालका प्रतियोगितामा नेपाली बालबालिकाहरु सहभागिता हुनु सुखद् भएको स्पष्ट पारे । कार्यक्रममा स्वगत मन्यब्य क्लवका प्रथम उपाध्यक्ष पवित्रमणि पोखरेले गरेका थिए भने कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष दिपक घिमिरेले गरेका थिए । 

Post a Comment

 
Top