0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा समर्पण र पोखरा डल्फिनको आयोजनामा बिहीबार पोखरामा निःशुल्क आँखा परिक्षण सम्पन्न भएको छ । पोखराको नदीपुरमा अवस्थित कन्या मा.वि.मा सञ्चालित उक्त शिविरबाट विद्यालयका २२३ जना विद्यार्थी सहित शिक्षक, कर्मचारी गरी झण्डै दुई सय ४० जनाको आँखा परिक्षण तथा औषधि वितरण गरिएको थियो । हिमालय आँखा अस्पताल घारीपाटनले प्राविधिक सहयोग गरेको उक्त कार्यक्रममा ६ जनालाई चश्मा वितरण गरिएको थियो ।
 
कार्यक्रमका प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गभर्नर योगेन्द्र प्रधानले लायन्स क्लब एउटा सामाजिक संस्था भएकोले सधै सामाजिक सेवामुखी क्रियाकलापमा अगाडि बढ्दै आएको बताए । अध्यक्षको आसनबाट बोल्दै समर्पणका अध्यक्ष आभा जोशीले जन्मदै दृष्टिबिहीन बाहेक ८० प्रतिशत आँखाको रोग उपचारबाट निको हुने मान्यता रहेकाले क्लबले समय समयमा आँखा शिविर सञ्चालन गर्दै आएको बताइन् । कार्यक्रममा लायन्स क्लब अफ पोखरा डल्फिनका अध्यक्ष गोविन्द बहादुर शाही, कार्यक्रम संयोजक डासीराम सापकोटा, समर्पणका कार्यक्रम संयोजक विमला बसेल, विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद शर्मालगायतले मन्तव्य राखेका थिए । कार्यक्रम समर्पणका सचिव मिना लाभाजुले सञ्चालन गरेकी थिइन् ।


Post a Comment

 
Top