गोल्डेन न्यूज संवाददाता
असल छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१७ को छैठौं वार्षिक साधारण सभा सनिबार सम्पन्न भएको छ । सभाले संस्थाका सचिव चन्द्रा गुरुङले प्रस्तुत गरेको आ.व.२०७१÷७२को वार्षिक प्रतिवेदन र प्रस्तावित कार्यक्रम तथा कोषाध्यक्ष खड्क बहादुर थापाले प्रस्तुत गरेको लेखा परिक्षण सहितको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ । त्यस्तै लेखा समितिका संयोजक सरस्वती नेपालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७१÷०७२को लेखा समितिको प्रतिवेदन समेत सभाले पारित गरेको छ । असल छिमेकी सहयोग संघ (गोनेसा) का अध्यक्ष मेजर दिलबहादुर गुरुङले साधारण सभाको उद्घाटन गर्दै सिद्धान्त नीतिनियम अनुसार चले सहकारी आत्मनिर्भर बन्न सक्ने बताए । उनले सहकारीको मातृ संस्थाको रुपमा रहेको गोनेसा सधैं सहयोग गर्न तयार रहेको बताए ।
गोनेसाका महासचिव रामप्रसाद सुवेदीले हुनेखाने भन्दा हुदा खानेलाई लक्षित गरी सहकारी खोलेको बताए । सुकुम्वासी क्षेत्रका महिलालाई बचत गर्ने बानीको विकास गर्दै सहकारीमा रुपान्तर गरेको जानकारी दिंदै महासचिव सुवेदीले सहकारीले अनुत्पादक क्षेत्रमा लगानी नगरेको र कर्जा जोखिम पनि नभएको बताए । अबको पाँच वर्षमा सहकारीलाई पोखराको नमुना बनाउने उल्लेख गर्दै उनले नाफा धेरै दिन नसकेपनि सहकारीको भविष्य राम्रो भएको स्पष्ट पारे । कार्यक्रममा सहकारीका जेष्ठ सदस्य नलराम पाठक, पूर्ण कुमारी तामाङ, असल व्यवास्थापक रामचन्द्र गुरुङ, उत्कृष्ट बचत कर्ता हर्क बहादुर तामाङ र मिना तामाङलाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष टोपराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपाल कास्कीका पुर्व अध्यक्ष श्याम कुँवर, नौलो घुम्ती नेपालका निवर्तमान कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, नगर स्वास्थ केन्द्र पोखरा–१७ की प्रमुख निर्मला अर्याल, सहकारीका उपाध्यक्ष धनमाया गुरुङ, पूर्व उपाध्यक्ष सुशिला खत्री, सचिव चन्द्रा गुरुङ लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
Post a Comment