गोल्डेन न्यूज संवाददाता
पोखरामा क्रियाशील सबै लायन्स तथा लियो क्लवहरुको आयोजनामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोखरामा रहेको लायन्स पार्कमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । समग्र नेपालीहरुको महान पर्व दशंै, तिहार, छट लगायतका महान पर्वहरुको अवसर पारी सोमबार पोखराका क्लवहरुले संयुक्त रुपमा सो कार्यक्रमको आयोजना गरेका थिए । अस्पतालमा रहेका ६० जना सुत्केरी महिलाहरुलाई एक–एक वटा हर्लिक्स प्रदान गरी कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लव इन्टरनेशनल ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धुव्र थापाले लायन्सहरुले समाज सेवाका लागि विभिन्न सामाजिक कार्यहरु गरेको बताए । उनले आगामी दिनहरुमा पनि सामाजिक कार्यहरुमा सक्रिय सहभागिताको लागि निर्देशन दिए । नजिकिंदै गरेको विजयादशमी र दीपावलिको शुभकामना व्यक्त गर्दै गभर्नर थापाले डिष्ट्रिक्टद्वारा अगाडि सारिएका बार्षिक कार्यक्रमहरु मध्ये तीन महिनाको छोटो अवधिमा धेरै कार्यहरु सम्पन्न भएको जानकामरी दिए। पूर्व मल्टिपल काउन्सिल चियर पर्सनद्वय दिपक श्रेष्ठ र प्रेम बहादुर श्रेष्ठले विजयादशमी तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रम बाट मिलेको आशिर्वादले हामी सवै लायन्सहरुलाई समाज सेवाको कार्य गर्न थप हौसला र उर्जा मिल्ने भन्दै लायनहरु समाज सेवाका लागि हालेमालो गरेर अडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
अस्पताल परिसरमा रहेको लायन्स पार्कमा आयोजित कार्यक्रमा द्वितीय भाईस गभर्नर धनराज आचार्यले जब लायन्सहरु अस्पताल विकास समितिमा नियुक्ति भएर आउँछन सो समयमा अस्पतालले मुहार फेरेको अनुभुति हुने बताए । उनले समितिका पूर्व अध्यक्ष गणेश बहादुर श्रेष्ठ र वर्तमान सदस्य तीर्थलाल श्रेष्ठको कार्यको प्रशंंसा गरेका थिए । सो कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर योगेन्द्र प्रधानले सवैले आफ्नो जिम्मेवारी अनुसार मिलेर कार्य गर्ने हो भने सफलता हात लाग्ने बताए । डिष्ट्रिक्ट ट्रि प्लानटेसन कमिटीका चियर पर्सन तीर्थ बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याबिनेट सेक्रेटरी विश्वेश्वर आचार्य, रिजन चियर पर्सन पदम वन्दु पोखरेल, जोनचियर पर्सन चूडामणि बराल, समर्पण लायन्स क्लवकी अध्यक्ष आभा जोशी, लायन्स क्लव अफ पोखरा चौतारीका अध्यक्ष विमल बसेल एवं मन्जु पन्त लगायतले समेत आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य एरिया चिफ को–अर्डिनेटर तीर्थलाल श्रेष्ठ र सञ्चालन लायन्स क्लव अफ पोखरा पिस सिटीका अध्यक्ष टंकराज अधिकारीले गरेका थिए ।
सो अवसरमा लायन्स पार्क पुनर्निर्माणमा आर्थिक सहयोग गरेका लायन्स क्लव अफ पोखरा चौतारीका अध्यक्ष बिमल बसेललाई सम्मान गरिएको थियो । ६० सुत्केरी महिलालाई वितरित हर्लिक्स कार्यक्रमका अध्यक्ष एवं डिष्ट्रिक्ट ट्रि प्लानटेसन कमिटीका चियर पर्सन तीर्थ वहादुर बस्नेतले व्यक्तिगत रुपमा हर्लिक्स उपलब्ध गराएको बताइन्छ ।
Post a Comment