गोल्डेन न्यूज संवाददाता
पोखरा–११, रानीपौवामा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट विश्वराज बाँस्तोला अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा हरिश्चन्द्र बाँस्तोला, सचिवमा भिमप्रसाद न्यौपाने, कोषाध्यक्षमा धर्मप्रसाद बाँस्तोला, सहसचिवमा रामप्रसाद कोइराला सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत टुवराज बाँस्ताला (विशाल)ले जानकारी दिए । सहकारीमा सदस्यका लागि ११ जना आकांक्षी बनेपछि भएको निर्वाचनमा सुशिला बाँस्तोला, सूर्यप्रसाद घिमिरे, निमल बाटाजू (कर्माचार्य) र फणिन्द्रप्रसाद लामिछाने निर्वाचित भएको निर्वाचन समितिका संयोजक विष्णुकुमार श्रेष्ठले जानकारी दिएका थिए । ५ सय १० जना सेयर सदस्य रहेको सहकारीको लेखा उपसमिति संयोजकमा नारायणप्रसाद बाँस्तोला, सदस्यमा मिठ्ठुमायाँ गुरुङ र हरिराम पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । सहकारीको ऋण उपसमिति सदस्यमा पुण्यप्रसाद पौडेल र धर्मराज आचार्य निर्वाचित भएको सहकारीले जनाएको छ । शिक्षा उपसमितिमा दीपकप्रसाद घिमिरे र प्रमिला श्रेष्ठ निर्वाचित भएका छन् । कास्की जिल्लाभर कारोवार रहेको उत्कृष्ट सहकारीमा पुरस्कृत सहकारीको ५ करोड १३ लाख ५० हजार सेयर पूँजीबाट यस आर्थिक वर्षमा पूँजी बृद्धिगरी ९ करोड, ८७ लाख, ३० हजार पूजी निर्माण गरिएको सहकारीका प्रवन्धक विकास सुवेदीले जानकारी दिए ।
कार्यक्रमकोे उद्घाटन सत्रका प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्राचार्य वद्रीनाथ अधिकारीले सयपत्री सहकारीको उज्वल भविष्यको कामना गर्दै सहकारीमा सवै सदस्यले चनाखो भएर उत्तरदायित्व बढाउन आग्रह गरेका थिए । उदाउँदो आर्थिक विकासमा टेवा दिने अवस्थाको सयपत्री सहकारीले नमूनाको रुपमा प्रस्तुत हुनेमा आफू विश्वस्त भएको उल्लेख गरेका थिए । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष रवीन्द्र बाँस्तोलाले कास्की जिल्लामा नमूना भईसकेको उल्लेख गर्दै सयपत्री सहकारी राष्ट्रकै उत्कृष्ट सहकारी निर्माण गर्न लाग्नु पर्नेमा जोड दिए।
सहकारीका कार्यवाहक अध्यक्ष विश्वराज बाँस्तोलाको अध्यक्षता, सचिव धर्मदत्त ढुङ्गानाको सञ्चालन र कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाको स्वागत मन्तव्यमा सुरु भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि केदारनाथ उप्रेती, जिल्ला सहकारी संघका प्रतिनिधि बलराम गौतम, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष अनिल जोशी, सहकारीका सल्लाहकार विश्वमोहन अधिकारी, लेखा उपसमितिका संयोजक भिमप्रसाद न्यौपाने लगायतले सहकारीले आर्थिक विकाससंगै सामाजिक सेवामा समेत प्रभाव देखाउनुपर्नेमा जोड दिएका थिए । सहकारीको सात सिद्धान्त शिक्षा उपसमितिका सदस्य मिठ्ठुमायाँ गुरुङले बाचन गरेको सहकारीका कर्मचारी राजेन्द्र बास्तोलाले जानकारी दिए । सहकारीले आफ्ना सेयर सदस्यका एसएलसी उत्तीर्ण ३१ जना सदस्यका छोरा÷छोरीलाई मायाँको चिनो सहित सम्मान गरेको थियो । यसैबीच सहकारीको वार्षिकोत्सवको अवसरमा उत्कृष्ठ २ कर्मचारीमा प्रवन्धक विकास सुवेदी र बजार प्रतिनिधि जमूना गोंगजूलाई नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको सहकारीका जुनियर रिसेप्सनिष्ट शान्ता त्रिपाठीले जानकारी दिइन् । सहकारीले आफ्नो भवन निर्माण गर्दा सहकारीका अध्यक्ष विजयनाथ बाँस्तोलाको स्वार्गारोहण भएको सम्झनामा उनको सम्मानका लागि ‘विजय कक्ष’ निर्माण गर्ने सहकारीले जनाएको छ ।
Post a Comment