0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपहानगरपालिका वडा नं. १८ को बाच्छेबुडुवामा रहेको बात्स्यान वृद्धाश्रमको आइतवार भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले बोधराज कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्क्षमा रेशम जि.सी., सचिवमा ललितबहादुर बानियाँ, सह सचिवमा दीपेन्द्र के.सी., कोषाध्यक्षमा शिवप्रसाद पोखरेल, सह–कोषाध्यक्षमा मोतीमाया अधिकारी चयन भएका छन् भने सदस्यहरुमा लालबहादुर गुरुङ, मिठु कार्की, तारा कार्की, इन्द्रप्रसाद दाहाल, उद्वव कार्की, टिकाराम थापा र पदेन सदस्यमा वडा नं. १८ का वडा सचिव अर्जुनप्रसाद पौडेल रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल बात्सायन रहेका थिए । प्रमुख अतिथिको मन्तव्य दिंदै बरालले बात्स्यान वृद्धाश्रममा वात्स्यान ऋषिको मूर्ति बनाउने तथा वृद्धाश्रममा रहेको पोखरीमा बाच्छाको मूर्ति बनाउन विशेष सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै प्रमुख अतिथि बरालले वृद्धाश्रम सञ्चालनका लागि नगद १० हजार ५ सय रुपैयाँ समेत सहयोग गरे । कार्यक्रममा विशेष अतिथिहरु राप्रपा कास्की जिल्ला अध्यक्ष जे.वी. कुँवर, समाजसेवी गणेशबहादुर श्रेष्ठ, समाजसेवी भक्तराज श्रेष्ठ, नेपाली काँग्रेस इकाई १८ का इकाई सभापति बोधराज कार्की, नेकपा एमालेका अध्यक्ष माओ थापा, ऐमाओवादीका अध्यक्ष खड्क वि.क., राप्रपा अध्यक्ष लालबहादुर गुरुङ, महिला समन्वय समिति १८ की अध्यक्षइन्द्रामाया बानियाँ, टोल सुधार समन्वय समितिका १८ का अध्यक्ष तोरण खड्का, समाजसेवी रोमबहादुर कार्की, समाजसेवी जगन्नाथ तिमिल्सिना, बोरिङ खानेपानी उपभोक्ता समिति १८ का अध्यक्ष शिवप्रसाद पोखरेल, सेट फ्रान्सीका फादर, मनोहर युवा क्लबका अध्यक्ष रामजी जि.सी., शिवालय मन्दिरका अध्यक्ष टिकाराम थापा, कालीबहादुर थापा, पण्डित युवराज वाग्ले लगायतले बोलेका थिए । कार्यक्रममा वृद्धाश्रममा विशेष सहयोग गर्ने वृद्धाश्रममा बसोबास गर्ने सिता वाग्ले र सेन्ट फ्रान्सीस स्कूललाई प्रमुख अतिथि बरालले प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए । वृद्धाश्रमका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा भएको  कार्यक्रमको संचालन सचिव रेशम जि.सी. र स्वागत मन्तव्य उपाध्यक्ष बोधराज कार्कीले गरेका थिए । संस्थाका अध्यक्ष गोकर्ण कार्की, सचिव रेशम जि.सी. र कोषाध्यक्ष ललितबहादुर बानियाँको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।

Post a Comment

 
Top