गोल्डेन न्यूज संवाददाता
पोखराको फोहोर व्यवस्थापनको लागि विश्व बैंकले १२ करोड सहयोग दिने सम्झौता गरेको छ । फोहोरको चपेटामा पर्दै गएको उपमहानगरपालिकालाई स्वच्छ र बातावरणीय प्रदुर्षण मुक्त बनाउन विश्व बैंकले सहयोग दिने सम्झौता गरेको हो । सम्झौता चार वर्षको छ । ‘विश्व बैंकले ‘शहरी विकासका लागि प्रतिफलमा आधारित फोहोरमैला व्यवस्थापन’को लागि पोखरा उपमहानगरपालिकासित सम्झौता गरेको छ ।’ पोखरा उपमहानगरपालिकाका सरससफाई शाखाका पोखरा उपमहानगर पालिकाका सरसफाइ शाखाका प्रमुख चुडामणि तिवारीले भने–‘चार वर्षे सम्झौता अुनसार फोहोर व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने खाँचो छ ।’ उनका अनुसार कार्यकारी अधिकृत उदयबहादुर राना र विश्व बैंकका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन् । उपमहानगरपालिकाले फोहोर व्यवस्थापनको लागि गाडीको अभाव रहेको उल्लेख गरेको छ । विश्व बैंक अन्तर्गत ओविए (आउटपुट बेस एड) संस्थाबाट फोहोर मैला व्यवस्थापनको लागि सवारी साधन माग गरिएको छ । ‘संस्थाले स्रोत र साधन उपलब्ध गराउने छ ।’ उनले भने–‘त्यसको परिचालन पोखरा उपमहानगर पालिकाले गर्ने छ ।’
फोहोर व्यवस्थापनको लागि अहिले उपमहानगरपालिकासित ७ वटा मात्रै सवारी साधन छन् । ती सवारी साधनले हप्तामा रुट अनुसार विभिन्न वडामा थुप्रिएको फोहोर संकलन गर्दै आएको छ । संकलित फोहोरको अनुपात बढ्दै गएपछि फोहोर उठाउने गाडीको अभाव देखिएको छ । ‘तीन चारवटा गाडी थप्नुपर्ने बाध्यता छ ।’ उनले भने ‘नयाँ गाडी थपिए फोहोर व्यवस्थापनमा केही सहज हुने थियो ।’ भएका फोहोर संकलन सवारी साधन पनि थन्किएका छन् । डिजेलको अभावले गाडी दुईदिनदेखि ग्यारेजमै बसेका छन् । फोहोर मुख्य बजार क्षेत्रसँगै भित्री सडकका चोकहरुमा थुप्रिएको छ । निजी कम्पनीले बजार क्षेत्रको फोहोर उठाएपनि भित्री क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ । बातावरणीय प्रदुर्षण बढ्दै गएको छ । पोखरामा अहिले दैनिक १ सय ३० टन फोहोर उत्पादन हुने गरेको छ । फोहोर सेती नदीको भंगालो, खोला खोल्सा र नहरमा फालिने गरिएको छ । यसले अझ प्रदुर्षण बढाएको छ । पोखरा उपमहानगर पालिका गत बर्ष नेपालकै सफा शहर घोषित भएको थियो । नगरमा दैनिक निस्कने फोहोर व्यवस्थापन गर्ने काम पनि नगरपालिकाको नै हो । तर यो बिषयमा नगरबासी नागरिकहरु पनि संबेदनशिल हुनु जरुरी छ । पोखरा उपमहानगर पालिकाले फोहोर मैला व्यवस्थापनको लागि वडा नम्बर १८ को बाच्छेबुडुवामा ल्याण्डफिल्ड साइट बनाएको छ भने फोहोर मैला व्यवस्थापनको लागि नगरवासीहरु सँग सरसफाई शुल्क समेत उठाएको छ । गत बर्षमात्रै नगरपालिकामा १ करोड ४९ लाख रुपैयाँ सरसफाई शुल्क संकलन भएको थियो । नगरपालिकाले नगरबासीहरुसँग मासिक ८ रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म सरसफाई शुल्क लिने गरिएको छ ।
तीनबर्ष अघि गरिएको सर्भेक्षण अनुसार पोखरामा उत्पादन हुने फोहोर मध्ये ६८ प्रतिशत कुहिने खालको फोहोर छ । जसलाई कुहाएर कम्पोष्ट मल बनाउन सकिने संभावना रहन्छ । त्यसैगरी कूल फोहोर मध्ये १४ प्रतिशत फोहोरलाई पुन प्रयोग गर्न सकिने खालको छ । पुनः प्रयोग गर्न सकिने खालको फोहोर प्रशोधन गरी विभिन्न खालका मालसामानहरु बनाउन सकिने खालको छ ।
पोखरामा उत्पादन हुने कूल फोहोर मध्ये १८ प्रतिशत कुनै पनि काममा प्रयोग नहुने खालको छ । जसलाई ब्यवस्थापन गर्नको लागि पोखरा १८ बाच्छेबुडुवामा बनाइएको ल्याण्डफिल्डमा व्यवस्थापन गरिंदै आइएको छ । पोखराको फोहोरमैला व्यवस्थापनको लागि १० बर्ष पहिला ल्याण्डफिल्ड साइड निर्माण गरिएको पिस पोखरा डटकममा खबर छ ।
अहिले नगरपालिकासँग फोहोर उठाउनका लागि १३ वटा गाडी छन्, ती मध्ये २र२ वटा ठेकेदार कम्पनीलाई दिईएको छ भने बाँकी रहेका गाडी नगरपालिकाले नै सञ्चालन गर्दै आएको छ । यो सँगै नीजि कम्पनीहरुसँग पनि थप ४÷४ वटा फोहोर उठाउने गाडी रहेको पोखरा उपमहानगर पालिकाका सरसफाई शाखा प्रमुख चुडामणी तिवारीले बताए । ‘अझै फोहोर उठाउने गाडी पुगेको छैन’, तिवारीले भने–‘नगरपालिकाको सीमा विस्तार भएको छ, सबैतिर गाडी पु¥याउने हो भने तत्कालै नयाँ कार्ययोजना बनाएर जानुपर्छ ।’ अहिले नगरपालिकाले पूराना १८ वडासँगै नयाँ थप भएका लामाचौर, आर्वा, हेमजा र सराङ्गकोटका केही भागमा फोहोर उठाउन सुरु गरेको तिवारीले बताए ।
Post a Comment