गोल्डेन न्यूज संवाददाता
इन्सेकद्वारा तनहुँ जिल्लाको भानुमती गाविसमा गठित मानवअधिकार निगरानी समूहले विभिन्न सरोकारको विषयमा जिल्ला स्थित सरकारी निकायको ध्यानाकर्षण गराएको छ । गाविसमा क्रियाशिल राजनीतिक दलका प्रमुखहरु सहित निगरानी समूहका पदाधिकारीहरुले जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयमा गई विभिन्न विषयमा ध्यानाकर्षण गराएको हो । निगरानी समुहले हाल भानुमतीमा कार्यरत गाविस सचिवले उक्त गाविस बाहेक भिरकोट गाविसमा समेत सेवा दिनु परेको कारण जनताले जुनसुकै समयमा सेवा नपाएको हुँदा भानुमती गाविसको लागि मात्र सचिवको व्यवस्था गर्न स्थानीय विकास अधिकारी समक्ष माग गरेको छ । त्यस्तै सो गाविसमा कृषि तथा पशुको सेवा केन्द्र नहुँदा त्यस गाविसका जनताले राज्यद्वारा उपलब्ध गराईएको सेवा उपभोग गर्न नपाएको हुँदा यथासिघ्र कृषि तथा पुश कार्यालयको सेवा केन्द्र सञ्चालन गर्न स्थानीय विकास अधिकारी समक्ष माग गरेको छ । सो अवसरमा स्थानीय विकास अधिकारी अन्जनराज न्यौपानेले सचिवको अभाव भएको हुँदा भानुमती गाविसका सचिवलाई अर्काे गाविसको पनि जिम्मेबारी दिनु परेको भन्दै चाँडै नै कुनै व्यवस्था मिलाउने बताए । साथै कृषि तथा पशुको सेवा केन्द्र उक्त गाविसमा खोल्न विषयगत कार्यालयसँग समन्वय गर्ने र आवश्यक परे जिल्ला परिषदबाट समेत त्यस विषयमा निर्णय गराउने बताए ।
त्यस्तै ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत ठाकुरप्रसाद देवकोटा र जिल्ला पशु सेवा कार्यालयका निमित्त प्रमुख पशु चिकित्सक डा.वावुराम जमरकट्टेलले सरकारले यस बर्षको बजेट मार्फत सबै गाविसम पशु र कृषिको प्राविधिक पु¥याउने लक्ष्य लिएको हुँदा अव चाँडै नै जनताको माग सम्बोधन हुने बताए ।
त्यस्तै ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत ठाकुरप्रसाद देवकोटा र जिल्ला पशु सेवा कार्यालयका निमित्त प्रमुख पशु चिकित्सक डा.वावुराम जमरकट्टेलले सरकारले यस बर्षको बजेट मार्फत सबै गाविसम पशु र कृषिको प्राविधिक पु¥याउने लक्ष्य लिएको हुँदा अव चाँडै नै जनताको माग सम्बोधन हुने बताए ।
त्यसैगरि मानवअधिकार निगरानी समूहले जिल्ला स्वास्थ्य कार्यालयमा गई भानुमती स्वास्थ्यचौकीमा यथाशीघ्र बर्थिङ सेन्टर सञ्चालन गर्न माग गरेको छ । सो स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गर्ने जिल्ला स्वास्थ्य कार्यालयले निर्णय गरिसकेको भएपनि उपकरण उपलब्ध नगराउँदा सो सेवा सञ्चालन नभएको हँदा यथासिघ्र उपकरण उपलब्ध गराई सेवा सञ्चालन गर्न माग गरेको हो । यस्तै म्याद सकिन लागेको औसधी गाउँका स्वास्थ्य चौकीहरुमा उपलब्ध गराईएको हुँदा त्यस्तो कार्य रोक्न पनि निगरानी समुहले माग गरेको छ । ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख गोकुल शर्मा पौडेलले चाँडै नै सो स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गर्न पहल गर्ने बताए ।
सो अवसरमा भानुमती गाविसका सचिव हेमराज बराल, स्वास्थ्यचौकीमा इन्चार्ज जिवन पन्त, नेपाली काँग्रेसका गाउँ कार्य समितिका सभापती भुपती श्रेष्ठ, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष इमान थापा, एकिकृत नेकपा माओवादीका गाउँ कमिटि अध्यक्ष प्रेमबहादुर मल्ल, इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराई, मानवअधिकार निगरानी समुहका संयोजक गौ माया राना, सह संयोजक मौनबहादुर गुरुङ लगायत निगरानी समुहका सबै पदाधिकारी हरुको सहभागिता रहेको थियो ।
Post a Comment