गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं १३ स्थित अरण्यज्योति पुस्तकालयमा शनिवारदेखि ई लाइब्रेरी शुभारम्भ भएको छ । जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारले माउस चलाएर शुभारम्भ गरेका हुन । अधिकारीले अझै पनि हाम्रो समाजमा दुई प्रतिशत विद्यार्थी पढाइवाट टाडा रहेका छन् ती टाढा रहेको विद्यार्थीहरुलाई विद्यालयमा पढाउने वातावरण सृजना गर्न सवैले सहयोग गर्नुपर्नेमा जोड दिए । प्राध्यापक तारा बरालले ई लाइब्रेरीको प्रयोगले अव कुँडहर वासीलाई संसार बुझ्न र हेर्न ठूलो सहयोग पुग्ने वताए । भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख किशोरदत्त बरालले कम्प्युटर मार्फत लिएका ज्ञानले आज लाखांै नेपालीलाई अध्ययन गर्न सहयोग पुगेको चर्चा गरे । भद्रकाली बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बजीरमान श्रेष्ठले पुस्तकालयलाई पश्चिमाञ्चलकै नमुना बनाउन हामी सवै एक जुट भएर अगाडि बढ्नु पर्ने भने । जनकल्याण समितिका अध्यक्ष लोकवहादुर कार्कीले पुस्तकालयको क्षेत्र अझै विस्तार गर्नको लागि सक्दो सहयोग गर्ने भने । पुस्तकालयका सल्लाहकार प्रकाश सिग्देलले अव यो क्षेत्रलाई पुस्तकालय मैत्री वातवरण वनाउन सवै क्षेत्रवाट सहयोग गर्नु पर्नेमा जोड दिए ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति अर्जुन सिग्देलले पुस्तकालयका किताव अध्ययन गरेर लाखौ नेपाली राष्ट्रको उच्चतहमा पुगेका चर्चा गरे । पुस्तकालयका सल्लाहकार तिलक बहादुर गुरुङले पुस्तकालयको अझ चौतर्फी विकास गर्न सवै क्षेत्रवाट सकारात्मक सोचले अगाडि बढ्नु पर्नेमा जोड दिए । समाजसेवी दिपक तामाङले ई लाइब्रेरीको माध्यमवाट स्वदेश तथा विदेशका विषयमा ज्ञान लिन धेरै सजीलो हुने वताए । अरण्यज्योति पुस्तकालयको २३ औं वार्षिक साधरणभामा सचिव यदुराज पंगेनीले प्रस्तुत गरेका सचिव प्रतिवेदन र कोषाध्यक्ष सरोजकुमार श्रेष्ठले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । अरण्यज्योति पुस्तकालयका अध्यक्ष राजेन्द्र भण्डारीले भविश्यमा पुस्तकालयमा अध्ययन कक्षलाई अझ व्यवस्थित गर्ने, निकट भविष्यमा चिल्ड्रेन पार्क निर्माण गर्ने, बालवालिकालाई सनचेतना, यूवाहरुको नेतृत्व विकास र वृद्धाहरुको लागि शान्तिमय क्षेत्र बनाईने जानकारी दिए । पुस्तकालयका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भद्रकाली उच्च माविका प्राचार्य घनश्याम रिजाल, समाजसेवी शारदा पराजुलीले पुस्तकालयको वारेमा चर्चा गरेका थिए भने कवि धर्मराज पौडेलले देशभक्तमा ओतप्रोत कविता वाचन, सचिव यदुराज पगेनीले संचालन गरेका थिए ।
Post a Comment