सार ः जीवन बराल सङ्घर्षसँग उनको कृति निस्कनु भन्दा पहिला नै भेट भएको थियो । जुन समय उनीसँगको भेट त्यति आत्मीय थिएन । बरालका जीवनका उतरचढावको कहानी सामान्य सुनेपनि अरु जिन्दगीका कुरा हुन पाएनन् । एक दिनको कुरा, उनी पुस्तक लिएर मेरो कार्यालयमा आइपुगे, पुस्तकको लोकार्पण समारोहमा टिप्पणी गर्ने अनुरोधका साथ । बल्ल थाहा भयो, जीवन बराल उपन्यासकार पनि रहेछन् । गोरखा मिलन समाज पोखराले आयोजना गरेको ‘टुहुरोको छोरो टुहुरो’ पुस्तक लोकार्पण समारोह भव्य रूपमा सम्पन्न भयो । जुन चाँजोपाजो मिलाउनका लागि बरालका अनन्य मित्र पत्रकार हरि पन्तले समन्वय गरिरहेका थिए । सोही पुस्तक पढेपछि केही लेखौला भन्दा भन्दै समय घर्किंदै गयो । उनको ‘टुहुरोको छोरो टुहुरो’ उपन्यासको वस्तुपरक अध्ययन यस लेखमा गरिएको छ ।
विषयप्रवेश ः
विषयप्रवेश ः
गोरखा गाइखुर–३ मा जन्मेका जीवन बराल पेशाले गाडीका पार्टपूर्जाको कारोबार गर्ने व्यवसायी हुन् । अभिनय तथा योग अभ्यासमा रूचि राख्ने बरालको जीवनमा पछिल्लो समय थपिएको रूचिको विषय हो उपन्यासकार । ९६ पृष्ठमा फैलिएको कृतिको उपन्यास १६ खण्डमा विभाजन गरिएको छ । अस्मिता बराल र रीता बराल प्रकाशक रहेको कृतिको १७५ रूपैयाँ बिक्री मूल्य राखिएको छ । कृतिको साजसज्जा, आवरण, कागजको गुणस्तर सबै हिसाबले हेर्दा मूल्य समयानुकुल देखिन्छ ।
कथावस्तु ः जीवन बराल सङ्घर्षको ‘टुहुरोको छोरो टुहुरो’ उपन्यास एक सामाजिक उपन्यास हो । हामी सबैलाई थाहा भएकै कुरा हो । चैते हुरी कस्तो हुन्छ भनेर । जीवन बराल सङ्घर्षको ‘टुहुरोको छोरो टुहुरो’ उपन्यासको कथा उही चैते हुरीबाट सुरू भएर त्यस्तै परिवेशमा समाप्त भएको छ । उपन्यासमा मुख्य सात पात्रहरूको भूमिका रहेको छ । दुई वर्षको प्रकाश उपन्यासको मुख्य नायक हो, प्रभात उनका बाबु र लीला उनकी आमा हुन् । सुवास प्रकाशका नजिकैका मित्र हुन्, निशा प्रकाशकी फूपु हुन् । निरू शिवमानकी छोरी अर्थात प्रकाशकी प्रेमिका र निता निरूकी साथी उपन्यासका मुख्य पात्र हुन् । दुई वर्षका प्रकाशको बाल्यकालबाट उपन्यासको कथावस्तु सुरू भएको छ, सोही समय प्रकाशकी आमा नुन तेल लिन बजार गएकी छन् ।
बजार गएकी लिला कलकत्तेले ललाइफकाई गरेपछि सुख खोज्नका लागि उसैसँग पोइला गएपछि प्रकाशका दुःखका दिन सुरू भएका छन् । दुई वर्ष मै मातृस्नेहबाट बञ्चित हुन पुगेका प्रकाशले आमा हिँडेको १० महिनाकै अन्तरालमा बाबुलाई पनि गुमाउन पुगेका छन् । प्रभातको बौलाहा कुकुरले टोकेर निधन भएको छ । भनिन्छ जहाँ पातलो त्यही छेड पर्छ भनेर, त्यस्तै भएको छ प्रकाशको जीवनमा पनि । ग्रामीण परिवेशमा हुर्केको प्रकाशलाई अनेक लाञ्छना लगाइएको छ । प्रकाशलाई उनकी फूपू नीशाले पालन पोषण गर्न थालेकी छन् । भनिन्छ, टुहुराका दिन आउछन् त्यस्तै भएको छ प्रकाशको जीवनमा पनि । उनी निशाकै घरमा बसेर नजिकैको स्कुलमा १० कक्षासम्म पढ्ने भएका छन् । उता प्रभातकी आमा लीला सुखको लोभले दुःखको भूमरिमा परेकी छन् । अधिकांश महिला दिदीबहिनीहरू हतारमा गल्ती गरेर फुर्सदमा पछुताउने संस्कारको चित्रण यहाँ छ । कलकत्तेकी श्रीमती बनेपछि सुनौलो सपना देखेकी लीला जवानीमै वेश्यालयमा पुगेर आफ्नो देह बेच्न बाध्य भएकी छन् । जवानीको लोभले विवाहको नाटक रचेको थियो कलकत्त ेले उनलाई थाहा भएन । जब उनको जवानी सकिन्छ बिस्तारै प्राणघातक रोगले समात्छ । उनको व्यापार नचलेपछि मन्दिरको आश्रममा भिक्षा माग्दै गुजारा चलाइरहेकी छन् । यसरी उपन्यासको कथावस्तु कारूणिक बन्दै गइरहेको छ ।
उपन्यास अगाडि बढ्दै जाने सन्दर्भमा गाउँका सामन्त र दलालहरूको द्वैध चरित्रलाई पनि देखाइएको छ । बदमासहरू जहिले पनि चोरलाई चौतारो र साधुलाई सुलीमा चढाएर न्यायको बली दिन माहिर हुन्छन् । त्यही अवस्था आएको छ उपन्यासको नायक प्रकाशको जीवनमा । क तै पढेका वाक्यांश तिमी जङ्गलमा गएर हेर त्यहाँ सबै रूखहरू बाँगा मात्र देख्ने छांै, त्यही याद आउँछ उनको उपन्यास पढ्दै जाँदा । एउटै विद्यालयको कक्षा नौ मा पढ्ने गाउँकी गन्य–मान्यकी छोरी निरू बाटोमा बेहास् भएर पल्टेकी छन् । प्रकाशले निरूको त्यो अवस्था देखेपछि घरघोर जंगलको बीचबाट उनको उपचार गर्न बडो मुश्किलले स्वास्थ्य चौकीसम्म पु¥याउने काम गरेका छन् । स्वास्थ्यचौकी पु¥याएका प्रकाशले जीवनमा कहिल्यै भूल्नै नसक्ने गरी उपहार पाए । किनकी प्रकाशलाई षड्यन्त्र रचेर फसाइएको छ । उसलाई फसाउन निरूकी साथी निता र स्वास्थ्य चौकीका डाक्टर दिनेशको मूख्य भूमिका रहेको छ । चौकीका डाक्टर दिनेशले प्रकाशका बाबु प्रभातसँग जग्गाको साँध सिमानाको झगडामा मुद्दा हारेपछि पाँच हजार जरिमाना तिर्नुपरेकोले त्यसको बदला लिनका लागि निरूकी साथी नितालाई ललाई–फकाई गरेर झुटो बोल्न लगाएको भित्रभित्र सबैलाई थाहा हुन्छ । हुँदाहुँदै पनि जर्बजस्ती गरेको नाटक निरूका बाबु शिवमानलाई पनि भनिएको छ । गन्यमान्य मानिएका शिवमानले प्रकाशलाई हिरासतमा पु¥याएका छन् । जहाँ न्यायको हत्या र अन्यायको बिजय भएको देखाइएको छ । उपन्यासको कथावस्तु पढ्दै जाँदा दुस्मन खोज्न टाढा जानै पर्दैन भन्ने सन्दर्भको पनि अनुभूति हुन्छ । यस उपन्यासमा उपन्यासकी खल पात्र बनेर तल्ला घरे काइली देखिएकी छन् । उनी हर्षले गद्गद् भएर प्रकाशकी फूपू नीशालाई छेड हानेर बोलेकी छन् । महिलाका शत्रु महिला भन्ने उखान यसले चरितार्थ गरेको पाइन्छ । काइलीको चुरीफुरी देखेर निशाको मन अमिलो भएको छ । तल्ला घरे काइलीले नै प्रकाश बारे फैलाइएको हल्ला निरूको कानसम्म पु¥याएकी थिइन् । जब निशा निरूको घर पुगिन, निरूसँग सबै कुरा बुझ्नि । त्यो सबै झुट रहेछ र सम्झिहालिन प्रभात र दिनेशको मुद्दा । निरूले आफ्नी साथी नितालाई डाक्टरले प्रलोभनमा पारेर झुट बोलेकी हो भनेकी छन् । उनले प्रकाशलाई फराइएकोले मेरो गलाको सिक्री राखेर भए पनि प्रकाशलाई निकाल्नु भनेकी छन् । डाक्टरले निताको साथ लिएर प्रकाशलाई फसाएको हुनुपर्छ भनेर निशा प्रकाशको खोजीमा हिडेकी छन् । यसरी उपन्यासको कथावस्तु अगाडि बढेको छ ।
उपन्यास अगाडि बढ्दै जाने सन्दर्भमा गाउँका सामन्त र दलालहरूको द्वैध चरित्रलाई पनि देखाइएको छ । बदमासहरू जहिले पनि चोरलाई चौतारो र साधुलाई सुलीमा चढाएर न्यायको बली दिन माहिर हुन्छन् । त्यही अवस्था आएको छ उपन्यासको नायक प्रकाशको जीवनमा । क तै पढेका वाक्यांश तिमी जङ्गलमा गएर हेर त्यहाँ सबै रूखहरू बाँगा मात्र देख्ने छांै, त्यही याद आउँछ उनको उपन्यास पढ्दै जाँदा । एउटै विद्यालयको कक्षा नौ मा पढ्ने गाउँकी गन्य–मान्यकी छोरी निरू बाटोमा बेहास् भएर पल्टेकी छन् । प्रकाशले निरूको त्यो अवस्था देखेपछि घरघोर जंगलको बीचबाट उनको उपचार गर्न बडो मुश्किलले स्वास्थ्य चौकीसम्म पु¥याउने काम गरेका छन् । स्वास्थ्यचौकी पु¥याएका प्रकाशले जीवनमा कहिल्यै भूल्नै नसक्ने गरी उपहार पाए । किनकी प्रकाशलाई षड्यन्त्र रचेर फसाइएको छ । उसलाई फसाउन निरूकी साथी निता र स्वास्थ्य चौकीका डाक्टर दिनेशको मूख्य भूमिका रहेको छ । चौकीका डाक्टर दिनेशले प्रकाशका बाबु प्रभातसँग जग्गाको साँध सिमानाको झगडामा मुद्दा हारेपछि पाँच हजार जरिमाना तिर्नुपरेकोले त्यसको बदला लिनका लागि निरूकी साथी नितालाई ललाई–फकाई गरेर झुटो बोल्न लगाएको भित्रभित्र सबैलाई थाहा हुन्छ । हुँदाहुँदै पनि जर्बजस्ती गरेको नाटक निरूका बाबु शिवमानलाई पनि भनिएको छ । गन्यमान्य मानिएका शिवमानले प्रकाशलाई हिरासतमा पु¥याएका छन् । जहाँ न्यायको हत्या र अन्यायको बिजय भएको देखाइएको छ । उपन्यासको कथावस्तु पढ्दै जाँदा दुस्मन खोज्न टाढा जानै पर्दैन भन्ने सन्दर्भको पनि अनुभूति हुन्छ । यस उपन्यासमा उपन्यासकी खल पात्र बनेर तल्ला घरे काइली देखिएकी छन् । उनी हर्षले गद्गद् भएर प्रकाशकी फूपू नीशालाई छेड हानेर बोलेकी छन् । महिलाका शत्रु महिला भन्ने उखान यसले चरितार्थ गरेको पाइन्छ । काइलीको चुरीफुरी देखेर निशाको मन अमिलो भएको छ । तल्ला घरे काइलीले नै प्रकाश बारे फैलाइएको हल्ला निरूको कानसम्म पु¥याएकी थिइन् । जब निशा निरूको घर पुगिन, निरूसँग सबै कुरा बुझ्नि । त्यो सबै झुट रहेछ र सम्झिहालिन प्रभात र दिनेशको मुद्दा । निरूले आफ्नी साथी नितालाई डाक्टरले प्रलोभनमा पारेर झुट बोलेकी हो भनेकी छन् । उनले प्रकाशलाई फराइएकोले मेरो गलाको सिक्री राखेर भए पनि प्रकाशलाई निकाल्नु भनेकी छन् । डाक्टरले निताको साथ लिएर प्रकाशलाई फसाएको हुनुपर्छ भनेर निशा प्रकाशको खोजीमा हिडेकी छन् । यसरी उपन्यासको कथावस्तु अगाडि बढेको छ ।
बरालको टुहुरोको छोरो टुहुरो उपन्यासमा नेपालको सुरक्षा निकाय, पुलिस र प्रशासनको व्यवहारलाई पनि देखाइएको छ । निर्दोष प्रकाशलाई दोषी नठह¥याउँदासम्म उनीहरूले चुटिरहेका छन् । शरीरका विभिन्न भागबाट रगत बग्न थालेको छ, निधारमा परेको गहिरो चोटले उनी मरेको लास जस्तो भएको चार घण्टापछि होस् खुल्दा आफूलाई रगतको सिरानीमा सुतेको भेटाउछन् । त्यो बेला उनी भगवानसँग एउटै मात्र प्रार्थना गर्दछन् यदी दुनियाँमा ईश्वर छांै भने मलाई बिहान उज्यालो नहुँदासम्म बेहोस् बनाइदेऊ ताकि थप कुटाइ खान नपरोस् भनेर । उता प्रकाशकी फुपु निशा ज्यादै छट्पटिएकी छन् । ५० हजार तिर्नुपर्ने फैसला, जेनतेन उनी कबोल गरेको रकम तिरेर प्रकाशलाई निकालेर घरमा ल्याएकी छन् । तर प्रकाशलाई बाबुसँगको डाक्टरको दुश्मनीको बारे कुनै जानकारी गराएकी छैनन् । प्रकाशका शरिरमा बसेका निल डामहरू बिस्तारै निको हुँदै आएका छन् । शरीरको चोट निको भए पनि निधारको घाउले पिरोलिरहेको छ । जब निधारको घाउ सम्झन्छ तब जर्बजस्ती गरेर पाएको उपहार भनेर मन भतभति पोल्न थाल्छ । उनी एकोहोरो टोलाउने, कसैसँग पनि नबोल्ने गर्न थालेका छन् । राती १२ बजेसम्म पढ्ने । मन बिग्रेको बेला बासुरी बजाएर रात बिताउने गर्न थालेका छन् । उता निरूलाई आफ्नो ज्यान बचाएको प्रकाशलाई उल्टो आरोप लगाएर फसाएकाले मन अमिलिएको छ । प्रकाशसँग माफी माग्ने भाव जागेको छ । निरू प्रकाशबारे जानकारी लिनका लागि आफ्ना कान्छा बाबाको घरमा आएकी छन् । प्रकाश मामाघरको मेलामा आउने भएपछि त्यही मेसोमा माफ माग्ने सोच बनाएकी छन् । उनी मेलामा गएकी छन् । प्रकाशलाई पानी दिंदै गर्दा प्रकाशको हातबाट गिलास फुत्केपछि उनी झन् डराएकी छन् । साँझ फर्कने बेला बाटोमा एक्लै प्रकाशलाई भेटेर माफी मागेकी मात्र के थिइन् । प्रकाशलाई निधारको घाउले भत्भती पोल्यो र निरुसँग बलात्कारको अभियोगमा निधारमा लागेको चिनो भनेर झर्केपछि उसको मन पोलेको छ । यसरी उपन्यासको कथावस्तु बढेको छ । प्रकाशसँग माफ माग्ने योजना असफल भएपछि निरू निताको घरमा पुगेकी छन् । निताबाट भएको घात र प्रतिघातको बारेमा छलफल भएका छन् । अन्तमा निताले डाक्टरको प्रलोभनले झुट बोले पनि पछि मन पोल्न थालेको छ उसैको पनि । एक सार्वजनिक समारोह आयोजना गरेर प्रकाशलाई निर्दोष हो भन्ने योजना बनाउन लागेका छन् । एक दिन विशेष समारोहमा निरू र निताले आफ्ना कुरा सुनाए । प्रकाशको मन भने हलुङ्गो भएको छैन । प्रकाशको बोल्ने पालोमा भिमसेन थापाकी श्रीमतीले जसले भलो गर्छ त्यसैलाई सजाय मिल्छ भनेकी थिइन् भन्दै आफ्ना कुरा राखेर निस्केपछि निरूको मन झन् पोल्न थालेको छ । समाजमा प्रकाशलाई बाँच्न गाह्रो भएको र आफूलाई पनि गाह्रो हुने देखेपछि उनले प्रकाशसँग विवाह गर्ने निष्कर्ष निकालेकी छन् । यसरी उपन्यासको कथावस्तु बढ्दै जाँदा एक दिन पुनः यस्तै संयोग जुरेको छ । स्कुलबाट आउँदा घनघोर पानी परेकाले बीच बाटोमा पर्ने खोला बढेको थियो ।
प्रकाशले निरूलाई जोगाउनु पर्ने अवस्था । उनी एक्लै खोला तर्न नसक्ने, तारौं फेरि फसिने भनेर चिन्तित भएका छन् । मानवीय धर्म भनेर निरूलाई समाएर खोला तारेका छन् । उनको एसएलसी परीक्षाको समय पनि आइसकेको छ । विद्यालय छुट्टी भएको छ । यही समय प्रकाश र अनन्य मित्र सुवास बीच सामान्य कुराकानी भएका छन् । भनिन्छ दुःख परेको बेला मितलाई सम्झनु । प्रकाशको मित जस्तै बनेका छन् सुवास । प्रकाशले सुवाससँग पछिल्लो समय निरूले देखाएको व्यवहारबारे जानकारी गराएका छन् । प्रकाश र निरूको जात मिल्दैन्थ्यो, गन्यमान्यकी छोरी निरू र टुहुरो प्रकाश । सुवासको सल्लाहमा सुवासकै सहायताले निरू समक्ष पत्र पु¥याएका छन् । प्रकाश र निरु बीचको प्रेम फस्टाएको छ । प्रकाश उत्कृष्ट श्रेणीमा एसएलसी पास गरेका छन् । निरू १० कक्षामा प्रवेश गरेकी छिन् । प्रकाश र निरू बीचको सम्बन्धको हल्ला चलिरहेको छ । एकान्तमा प्रकाश निरू भेटघाट गर्ने, त्याग र समर्पण भयो भने प्रेम सफल हुन्छ भन्ने सोचे पालेका छन् । दुई वर्षपछि विवाह गर्ने योजनामा छन् । यता प्रकाशकी फूपू निशाले प्रकाशलाई सम्झाई–बुझाई गरिरहेकी छन् । निरूको घरमा कच्कच् सुरु भएको छ सोही कारण निरु भागेर प्रकाशसँग काठमाडौं गएकी छन् । प्रकाश र निरुले विवाह गरेका छन् । दुःखसुख दिन काटिरहेका छन् । यता निशालाई प्रकाश नभएपछि चिन्ता परेको छ । उनी सुवासलाई लिएर काठमाडौं गई छोराबुहारीलाई लिएर आएकी छन् ।
विवाह पछिका दिनहरू अलि बोझिला बन्दै गएका छन् । प्रकाशको जीवनमा आर्थिक सङ्कट परेको छ । विवाहको एक वर्षपछि भारतको उडिसा गएका छन् आफन्तको साथ लागेर प्रकाश । एक महिनासम्म भाषाको समस्याले काम पाएका छैनन् । कोइला खानीमा पाएको काम डे«स सिलाउन आठ सय बुझाउन नसकेर फुत्केको छ । आफन्तले धोका दिएका छन्, काममै चिनिएको साथी विनयको सहयोग लिएर घर फर्केर आएका छन् । घरमा प्रकाशको छोरो जन्मेको छ । ऋण धन सुत्केरो उम्काए पछि पैसाको समस्या । निरू विदेश जान कर गरेकी छन् । उनको घमण्डले गर्दा ससुराबाबा शिवमानसँग बम्बई पुगेका छन् प्रकाश । शिवमान र महेश सँगै बस्दै आएका थिए । महेश गाउँको आवरा थियो त्यहाँ पनि त्यही महेशले छ वर्ष पहिला निरूसँग विवाह गर्न नपाएको रिस पोखेपछि प्रकाशको बिजोग भएको छ ।
शिवमानले प्रकाशको इमान जाच्नका लागि सिरानीमा पैसा राखेर जान्थे, महेशले झिक्थे, एकदिन शिवमानले महेशलाई २२५ रूपैयाँ प्रकाशलाई दिनु म केही दिन पछि सोध्छु भनेर उनको इमान्दारिता जाँचेका छन् । महेशले ११५ मात्र दिएका थिए, कसरी २२५ भनुन । यस्तै घरमा कलह पैदा भएको छ । घरमा कलह भएपछि कोठाबाट बाहिर निस्केर बसेका थिए रात परेपछि भित्र जाँदा बिजुली गइरहेको हुन्छ । तारमा अल्झेर लड्न पुग्छन् । बत्ति बाल्दा नबलेपछि छामछुम पार्दै अगाडि बढ्दा उनका हातमा खुकुरी पर्छ त्यो तार काटेर खुट्टा निकाल्छु भन्दा आफै लडेर चिउँडो काटेको छ । त्यहाँ प्रकाशले हामीलाई मार्न लागेको भनेर उनलाई बाहिर लगेर फालिएको छ । यसरी उपन्यासको कथावस्तु कारूणिक बन्दै गएको छ । घण्टौपछि होस खुल्दा उनलाई चौरमा लगेर फालिएको पाउछन् त्यस कारण उनलाई त्यो कोठामा जान मन लाग्दैन । रातमै एक मन्दिर पुग्छन् । मन्दिरमा रातको समय भएर चोर चोर भन्छन् तर उनी म चोर होइन भनेर स्पष्टिकरण दिएका छन् । दुःखजिलो गरेर सोही हन्दिरमा दिनरात बिताएका छन् । केही समयपछि शिवमान र महेश घर आएका छन् । निरूका बाबाले साहुको चोरी गरेर भागेको भनेर झुट बोलेपछि बाबाका कुरामा उनले विश्वास गर्नै सक्दिनन् । माइतीका त्यस्ता अनर्गल कुरा सुनेपछि उनी फर्केर माइत गएकी छैनन् । उता प्रकाशको दःखदायी जीवन, यता घरमा निरूको । यस्तै हुँदाहुँदै करिब छ सात वर्षको अन्तरालमा निरूका बाबा शिवमान र महेश प्रकाशको घर आइरहेका छन् । उक्त समय प्रकाशको चिठी आएको छ । चिठीमा कोठामै लडेर घाइते भएपछि उनीहरू कोठा सरेछन् । पछि जाँदा कोठामा एउटा डायरी भेटे त्यो महेशको रहेछ महेशले निरूसँग विवाह गर्न नपाएको झोकले मलाई फसायो । सबैकुरा त्यही हेरेर थाहा पाएँ । अहिले म बिरामी छु बाँच्ने र भेट्ने आशा कम छ भन्ने रोदनले भरिएको चिठी सुनेपछि निरू र निशाले शिवमानलाई कराउन थालेका छन् । वकिल बनिसकेका सुवास पनि त्यही बेला आइपुगेका छन् । चिठीको ठेगानामा निरू, निशा र सुवास मुम्बई पुगेका छन् । जहाँ प्रकाश उठ्न नसक्ने गरी थलिएका थिए, त्यही बेला निशाले चिने जस्तो लाग्ने एक अर्धपागल महिलाको आगमन भएको छ, उनी अरू कोही नभएर प्रकाशकी आमा लीला रहेकी छन् । उनको चित्कार पनि उस्तै कारूणिक छ । प्रकाश बोल्दाबोल्दै चिर निन्द्रामा परेका छन् । निरू प्रकाशको वियोगले हट्टयाक भएर उनको पनि निधन भएको छ । सुवासले सबै कर्मकाण्ड गरेर फर्केका छन् । प्रकाशका छोरा किरण पाँच वर्षका पुगेका छन् । दुई वर्षे टुहुराका पाँच वर्षे टुहुरा छोराले काजकीरिया गरेका छन् र कृतिको कथावस्तु सकिएको छ ।
कृतिका सीमाहरू
कृतिका सीमाहरू
उपन्यासको कथावस्तु समग्रमा सरल तरिकाले बगेको छ । कथावस्त मार्मिक र कारूणिक रहेको छ । सामान्य परिवारका पात्रले भोग्नु परेका जीवन यापनका क्रममा आइपरेका समस्याहरूको बेलिविस्तार लगाइएको छ । यी सबै राम्रा पक्षहरू हुँदाहुँदै पनि उपन्यासमा सुधार्नुपर्ने धेरै सन्दर्भहरू रहेका छन् । कृतिका केही परिच्छेदमा वाक्य गठनमा त्रुटि भेटिन्छ । केही वाक्यांशहरू पनि विवादास्पद पाइन्छन् । पुस्तकको पहिलो भागमा प्रकाशलाई घाटमा लगेर जलाइसकेपछि उनकी फूपू आएर रोएको भनिएको छ । उनको प्रस्तुत उपन्यास सामाजिक उपन्यास हो, यसलाई दर्दनाक प्रेम कहानी भनिरहनु आवश्यक देखिदैन । सुधार्नुपर्ने व्याकरणिक त्रुटिहरू पर्याप्त मात्रमा छन् । कतै डाक्टरको नाम दिनेश लेखिएको छ कतै निदेश लेखिएको छ । उपन्यासको कथावस्तु कहाँबाट सुरू भएको भन्ने कुरा कही पनि खुलेको छैन । उपन्यासको पात्र काठमाडौं र भारत लगायतका विभिन्न ठाउँमा पुगेर आफ्नो दुःखजिलो दिनचर्या बिताएको छ तर कथावस्तु सुरू हुँदाको स्थान बारेक उपन्यासमा कतै पनि खुलेको छैन । यी र यस्तै सुधार्नुपर्ने सन्दर्भहरू उनका कृतिका सीमाहरू रहेका छन् ।
निष्कर्ष ः बरालको प्रस्तुत कृति समग्रमा उत्कृष्ट कथावस्तु बुनिएको सामाजिक उपन्यास हो । उनको प्रस्तुत उपन्यासको पाण्डुलीपि २०५० सालमा लेखिएको हो भन्ने कुरा उपन्यासको बीचमा रहेको पत्रको मिति हेरेपछि मात्र थाहा हुन्छ । जुन पत्रको मिति ५० साल पुस महिनामा लेखिएको छ । यस हिसाबले हेर्दा बराल राम्रो कथावस्तु बुन्न सक्ने क्षमता भएका स्रष्टा हुन् । बरालमा साहित्यिक लेखनका हिसाबले सम्भाव्यताका मुनाहरू पर्याप्त मात्रमा देखिएका छन् । उपन्यासको कथावस्तु ग्रामीण परिवेशबाट सुरू भएको छ । गाउँले जनजीवनको पीडा पोखिएको छ । सोझा सिधा दिदीबहिनीहरू लोभ र प्रलोभनमा परेर दुःखपूर्ण जीवन बिताउन बाध्य भएका छन् । दुई वर्षे टुहुराका पाँच वर्षे टुहुरा छोराले काजकीरिया गरेर उपन्यासको शीर्षक सार्थकता देखिएको छ । हाम्रै गाउँले जनजीवन कथा कथाव्यथालाई उपन्यासको फ्रेममा राखिएकाले कृति सबल देखिन्छ । कृतिमा प्रयोग गरिएको भाषाशैली सरल छ यही सरलता नै बरालको सफलता हो भन्न सकिन्छ ।
Post a Comment