गोल्डेन न्यूज संवाददाता
पोखराको लेकसाइडमा रहेको ‘क्याफे ईटालियनो’ मा परिवार र समूहमा आउनेका लागि मध्ये नजर गरे तीन फिटको पिजाबाट सेवा दिन थालेको छ । परिवार र समूहमा आउनेहरुले तीन फिट लामो पिजा तीन फरक स्वादमा खान पाउने ‘क्याफे ईटालियनो’का संचालक भरत शर्माले जानकारी दिए । उनले पिजा भेज, नन्भेज र सिफुडबाट गरि तीन स्वादमा पाइने बताए ।
एउटा पिजाले करिब ४÷५ जनालाई पुग्ने शर्माले बताए । शर्माले फरक स्वाद दिनका लागी यस्तो पिजा ल्याएको उनले बताए । ‘क्याफे ईटालियनो’को परिकल्पना र स्इजरल्याडका किचन हाइजनिक परामर्श दाता हुन्स ज्याकोब गुटले परिस्कृत गरे पछि बजारमा ल्याएको बताए । अथिति गुरुप अन्तरगत रहेको ‘क्याफे ईटालियनो’, अथिति होटल, स्पा र ले क्याफेमा उनले परामर्श दिने शर्माले जानकारी दिए । खाना र सेवालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन परामर्श दाता ल्याउने गरेको बताए । क्याफे ईटालियनोले पोखरामा अत्याधुनिक सेवा सुविधा सहितको रेस्टुरेन्ट संचालनमा ल्याएका छ । रेष्टुरेण्ट र स्पामा गरि करिब ५ करोड रुपैँया लगानी भएको शर्माले जानकारी दिए । उनले रेष्टुरेण्टमा ४ करोड र स्पामा १ करोड लगानी भएको जानकारी दिए । विशेषगरि ईटालियन परिकारहरुलाई प्रथामीकता दिदै आएको रेष्टुरेण्टमा चाईनिज, कन्टिनेन्टल र अन्य परिकारहरु समेत पाइन्छन् । रेष्टुरेण्टमा बातानुकुलित, रुफटप, ओपन र गार्डेनको गरि ४ तहमा सुविधा युक्त रेस्टुरेन्ट छन् । रेष्टुरेण्टमा एकैचोटी १ सय ५० जनाले खान बस्न सक्ने क्षमता रहेको शर्माले बताए । रेस्टुरेन्टसंगै ‘फूल फ्लेज स्पा’ समेत संचालनमा छ ।
Post a Comment