तनाव कम गर्ने पा“च उपायहरु
दौडधुप तथा व्यस्तताले भरिपूर्ण अहिलेको जिवनयापनमा जो कोही कामकाजी मान्छे बिहान उठेदेखि राति नसुत्दासम्म कुनै न कुनै तनाबमा रहिरहनुपर्छ । समयमा काम पूरा नभएको तनाव, कार्यक्षेत्रमा राम्रो गर्न नसकेको तथा अझै राम्रो गर्नुपर्ने दबाबका बीच हुने तनाब, सिमित तलब अर्थात् पैसाले घर व्यवहारका असिमित आवश्यकता पूरा गर्नुपर्ने तनाव आदि आदि घरेलु तथा बाह्य तनावहरु मान्छेले झेलिरहेको हुन्छ ।
विज्ञहरुका अनुसार मान्छेमा तनावै नहुने कुराको कल्पना गर्न सकिन्न र केही हदसम्मको तनावले मान्छेका लागि राम्रो गर्ने उत्प्रेरकको रुपमा भूमिका पनि निर्वाह गर्छ तर तनावले सीमा नाघ्यो भने त्यो हानिकारक हुन्छ । त्यसले मान्छेको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमै हानी गर्दछ । तनावले उच्च रक्तचाप तथा हृदयाघात जस्ता समस्याको खतरा बढ्छ । त्यसैले तनावलाई बढ्न दिनुहुँदैन । आखिर तनावलाई कसरी नियन्त्रण गर्ने त ? हामीले यहाँ केही टिप्स प्रस्तुत गरेका छौँ ।
१. बुढापाकाहरुसँग भेट गर्नुहोस् र कुराकानी गर्नुहोस् । तपाइँलाई निकै तनाव भएको छ भने तपाइँका वृद्ध हजुरबा हजुरआमालाई भेट्नुहोस् र उहाँहरुसँगै बसेर दिन बिताउनुहोस् । आफ्ना वृद्ध अभिभावकलाई भेट्न सम्भव छैन भने नजिकैका बुढापाकालाई भेट्न जानुहोस् । बुढा पाकासँगको बसाइले तपाइँलाई शान्ति मिल्छ र मनको तनाव कम हुन्छ ।
२. खानपान बदल्नुहोस् स् तपाइँलाई कुनै कुराले तनाव दिइरहेको छ भने सधै खाएर दिक्क भएको चिज भन्दा नयाँ चिज खाने कोसिस गर्नुहोस् । अझ तपाइँले नयाँ पेय पदार्थको स्वाद लिएर तनावलाई भगाउन सक्नुहुन्छ । तपाइँले मदिरा नै खानुपर्छ भन्ने छैन मकटेल्स लिएर आनन्द लुट्न सक्नुहुन्छ र तातेको दिमागलाई मथ्थर पार्न सक्नुहुन्छ ।
३. नङलाई बनाउनुस् कलात्मक स् अरु मानिसभन्दा अलग देखिने चाहना जो कोही महिलाको हुन्छ । हरेक महिला आफ्नो पोशाक, तथा श्रृंगार र लुक्सलाई लिएर निकै चनाखो हुन्छन् । नेल आर्ट अर्थात् नङलाई सुन्दर तथा विभिन्न नेल पालिस लगाएर आकर्षक बनाउने कला पनि यहीँ मध्येको एक प्यासन हो । वास्तवमा नङको श्रृंगार पनि एक रोमाञ्चक काम हो । यसलाई महिलाले फुर्सदको दिन अर्थात् छुट्टीको समयमा मन बहलाउन तथा तनावलाई दूर गर्न अपनाउन सक्छन् ।
४. विभिन्न घरायासी काम अर्थात् घरेलु सामान बनाउने काममा व्यस्त रहँदा पनि बाह्य कुराको तनाव कम हुन्छ । महिलाको हकमा प्लास्टिक वा कपडाका रंगीचंगी फूल बनाउने, घर कोठा सफाचट् पार्ने जस्ता कामले मन बहलाउन सहयोग गर्छ । त्यस्तै पूराना कापी किताबको अध्ययन, घरकोठा तथा बगैँचाको सरसफाइ, सीप भएमा फूलदानी वा टोकरी बनाउने, घरमा पालिएको कुकुरलाई घुमाउन लैजाने जस्ता कामले पुरुषलाई पनि तनाव घटाउन मद्धत गर्छ । तनाव हटाउन खासगरी सिर्जनात्मकता प्रयोग हुने सरल कामहरु गर्ने गर्नुपर्छ ।
५. पूराना कपडाको रिडिजाइन स् के तपाइँ सधै एकै डिजाइनका कपडा लगाउँदा वाक्क हुनुभएको छ ? यदि त्यस्तो हो भने तपाइँले आफ्ना पूराना कपडालाई नयाँ लुक्स दिन सक्नुहुन्छ । तपाइँलाई सिलाइ कटाइ आउँछ भने आफैले पूराना कपडालाई नयाँ डिजाइनमा ढाल्न सक्नुहुन्छ । यदि तपाइँलाई आउँदैन भने चित्तबुझ्दो डिजाइनमा रिपेयर गरिदिन सूचिकारकहाँ लुगा लिएर जानुहोस् । पूराना कपडालाई नयाँ डिजाइनमा ढालेर लगाउँदा तपाइँले नौलो अनुभुति पाउन सक्नुहुन्छ । आफ्नो नयाँ लुक्स देख्दा तपाइँ भित्रभित्रै मख्ख पर्नुहुन्छ र तनाव घटेको महसुस हुनेछ ।

यी उल्लेखित तरिकाहरु अपनाउँदा तनाव घट्छ भन्ने कुरा सायद तपाइँलाई यसअघि थाहा नहुनसक्छ । सन्तुलित भोजन, नियमित व्यायाम, स्वस्थ सामाजिक जिवन, सहकार्य, ध्यान तथा योगा गर्ने तथा बढि महत्वाकांक्षा नराख्ने जस्ता कुराहरुले पनि तनाव घटाउन सहयोग पूराउँछन् । हेर्दा निकै साधारण जस्तो लाग्ने यी उपायहरुले कसरी तनाव घटाउला र ? भन्ने प्रश्न पनि हुनसक्छ । तर एकचोटी अपनाएर त हेर्नुस्, तपाइँको टेन्सन अवश्य पनि दूर हुनेछ ।
थकान कम महसूस गर्ने उपाय
के तपाइँलाई सधै थकान महसुस भैरहन्छ ? निद्रा पनि नलाग्ने समस्या छ ? अनि व्यायाम गर्न पनि जाँगर चल्दैन वा जिउमा उर्जा नै हुँदैन ? यदि थकान जिवनको अभिन्न पाटो बनेको छ र आफ्ना सामान्य दैनिक कामकाजहरु पनि गम्भीर रुपले कठीन कार्यको रुपमा परिणत हुँदै गएका छन् भने होसियार हुनुहोस्, तपाइँ विश्वका त्यस्ता मानिसहरु मध्ये एक हुनुहुन्छ, जसलाई सरीरमा आवश्यक पर्ने लवणहरु पर्याप्त मात्रामा प्राप्त हुन सकेको छैन । त्यस्ता लवणहरु मध्ये मुख्य रुपमा फलामको कमीले यस्तो सधै थाकिरहने समस्या पैदा गर्दछ । फलाम शरीरमा उर्जा उत्पादनका लागि अनिवार्य छ । किनकी यो राता रक्तकोषको आधारशीला हो जसले सरीरभर अक्सिजनको प्रवाह गर्दछ । त्यसैले सरीरमा पर्याप्त फलाम तत्वको आपूर्ति भएन भने अक्सिजनको कमी हुनपुग्दछ अनि पर्याप्त उर्जा उत्पादन हुन पाउँदैन । छालाको रंग पहेँलो जस्तो हुनु, मुटुको धड्कन जोडसँग चलेको अनुभुति हुनु तथा स्वासप्रस्वास पनि छिटोछिटो हुनु फलामको कमीको लक्षणहरु हुन् । टाउको दुख्ने, आँखा तिरमिराउने, कानमा टिनटिन आवाज आइरहने, कपाल झर्ने, हातखुट्टा चिसो हुने, निल्न गाह्रो हुने, जिउ चिलाउने, निद्रा राम्रोसँग नलाग्ने, भोक नलाग्ने, पेट दुख्ने, जिब्रो सुन्निने वा कडा भएर दुख्ने, नङ चम्चा आकारको तथा प्याट्ट भाँचिने बन्नु पनि फलामको कमीका लक्षण हुन् ।
शरीरमा फलामको पर्याप्त मात्रा आपूर्तिका लागि खानुपर्ने खानेकुराहरु ः
–पर्याप्त रक्तफलाम हुने खानेकुरा जस्तै रातो मासु, कलेजो (हप्तामा ५ सय ग्राम सम्म)
–मासुसँगै फलफूलको जुस पिउँदा सरीरले मासुमा भएको फलाम राम्रोसँग सोस्दछ
–हरिया सागपातहरु प्रसस्त भोजन गर्ने
–फर्सिको बियाँ, सूर्यमुखीको बियाँ
–गेडागुडी, दाल, भटमास, अन्न आदि ।
आँखाको हेरचाहबारे केही जानकारी

मानिसको संवेदशील अंग मध्ये आँखा पनि एक हो । आँखामा सजिलै रोगको संक्रमण हुन्छ । यसलाई जोगाएर स्वस्थ राख्न हामीले अनेकौं उपाय अपनाउन सक्छौं । अझ कम्प्युटर वा ल्यापटपमा काम गर्दा आँखालाई बढी दबाब पर्न जान्छ । हामीले कम्प्युटर वा ल्यापटप चलाउँदा आँखालाई बढी दबाब नपर्ने गरि चलाउनु पर्छ । त्यसो भए मात्रै आँखामा बढी दबाब पर्दैन र आँखालाई सुरक्षित राख्न सकिन्छ ।
यस्ता छन् ८ तरिकाः
कम्युटरको माथिल्लो हिस्सा आँखाको तह बराबरको उचाइमा हुनुपर्छ । जसले गर्दा कम्मर र गर्धनमा दबाब पर्दैन । कम्प्युटर र आँखाबीचको दूरी कम्तीमा एक मिटर हुनुपर्छ । कम्प्युटरमा काम गर्दा अक्षरको साइज केही ठूलो हुनुपर्छ जसले आँखालाई अनावश्यक दबाब दिँदैन ।
कम्प्युटरको मनिटरमा लगातार आँखा पार्नु हुँदैन ।
कम्प्युटर र ल्यापटपलाई मनोरञ्जनको साधन बनाउनुभन्दा आवश्यकताअनुसार प्रयोग गर्नुपर्छ । हरेक क्षण यसैमा झुन्डिएर बस्नुहुँदैन ।
विकल्पका रूपमा पुस्तकलाई आफ्नो मित्र बनाउनु उत्तम हुन्छ ।
हरेक क्षण च्याट गर्दा वा आफूलाई अनलाइन राखिरहँदा रोगबाट ग्रस्त भइन्छ ।
चिकित्सकको सल्लाहअनुसार आँखामा आइड्रप राखिरहनुपर्छ जसले आँखाको क्लिनिङमा मद्दत पु¥याउँछ ।
अनिद्राका कारण आँखाको तल्लो भागमा कालो घेरा बस्दै जान्छ । यसबाट जोगिन कम्तिमा ६ देखि ८ घण्टा सुत्नु आवश्यक छ ।

Post a Comment