गोल्डेन न्यूज संवाददाता
पोखरा १४ असोज ।
लायन्स क्लव अफ पोखरा पिस चौतारीले पोखराका युवा पत्रकार हरि पन्तलाई सम्मान गरेको छ । बुधबार पोखरामा आयोजित क्लवको १०औं पदस्थापन कार्यक्रममा पहिलो पटक पत्रकार पन्तलाई ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार, समानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको हो । लायन्स क्लव इन्टरनेशनल ३२५ बी १ नेपालका डिष्टिूक्ट गभर्नर ध्रुव थापाले पत्रकार पन्तलाई सम्मान गरेका हुन् ।
समग्र लायन्स गतिविधि एवं पिस चौतारी लायन्सको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पु¥याएको मूल्याङ्कन गर्दै पत्रकार पन्तलाई सम्मान गरिएको क्लवले जनाएको छ । ९ वर्षदेखि पोखरामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार हाल गोल्डेन न्यूज दैनिकमा कार्यरत छन् । पत्रकार पन्त यसअघि रेडियो दमौली तनहुँ, सत्यवाणी साप्ताहिक स्याङ्जा र बाग्लुङ कालिका भगवती गुठी समितिद्वारा सम्मानित भइसकेका थिए । क्लवको पदस्थापन कार्यक्रममा क्लवका पूर्व अध्यक्ष दुर्गा हुमागाइँलाई हिरो अफ दि इयर अवार्डबाट सम्मान गरिएको थियो भने सञ्जीव पौडेललाई वेष्ट लायन अफ दी इयरबाट सम्मान गरिएको थियो । यस्तै क्लवमा अक्षयकोष निर्माता नरभूपाल चापागाइँ, भिष्मा शर्मा र अम्मर विकलाई समेत त्यस अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सम्मानित पत्रकार पन्तले पुरस्कारले आफूलाई ज्यादै खुशी लागेको भन्दै पुरस्कारले जिम्मेवारी थपेको बताए । उनले पत्रकारिताको माध्यमबाट अझै क्रियाशिल हुने प्रतिवद्धता जनाए ।
यसैबीच लायन्स क्लव अफ पोखरा पिस चौतारीको दशौं पदस्थापनबाट २०१५÷०१६ का लागि धनन्जय पौडेल अध्यक्षमा पदस्थापित भएका छन् । बुधबार पोखरामा आयोजित कार्यक्रममा २०१४÷०१५ का अध्यक्ष डा.विष्णु चापागाइँले लायन्सको नियम अनुरुप नयाँ अध्यक्ष पौडेललाई अध्यक्ष पदमा पदस्थापित गराएका थिए । पौडेल अध्यक्ष भएसंगै उनले नयाँ २ क्लव स्पोन्सर गरि बुधबार नै उद्घाटन गरिएको छ । कार्यक्रममा क्लवद्वारा स्पोन्सर गरिएको दुई नयाँ क्दवका साथै लायन्स क्लव अफ पिस सोसाइटी, लियो क्लव अफ पिस चौतारीमा नयाँ पदाधिकारीको पदस्थापन लायन्स क्लव इन्टरनेशनल ३२५ बी १ नेपालका डिष्टिूक्ट गभर्नर ध्रुव थापाले गराएका हुन् । बुधबार स्पोन्सर गरिएका दुई नयाँ क्लवमा लायन्स क्ल्व अफ पिस हिमालयन सिटी र लायन्स क्लव अफ पिस सिभिक रहेको छ । पिस हिमालयन सिटीको नेतृत्व टेक नारायण पौडेल र पिस सिभिकको नेतृत्व पवित्रराज तिवारीले गरेका छन् । आफ्नो भावी रणनीति प्रस्तुत पौडेल र तिवारीले लायन्सको मूल मर्ममा आधारित रहि रचनात्मक कार्यमा अग्रसर हुने प्रतिवद्धता जनाए ।
कार्यक्रममा लियो क्लव अफ पिस चौतारीको २०१५÷०१६ का अध्यक्ष सुशिल पौडेल र पिस सोसाइटी क्लवका अध्यक्ष रुद्र केसी र पिस चौतारी क्लवका अध्यक्ष धनन्जय पौडेलले समेत आ(आप्mना क्लवका भावी रणनीति प्रस्तुत गर्दै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका थिए ।
उद्घाटन अवसरमा कार्यक्रमको अध्यक्षता एवं संचालन गर्दै २०१४÷०१५ का अध्यक्ष डा. विष्णु चापागाइँले आप्mनो कार्यकालमा उत्कृष्ट कार्य गर्ने विभिन्न व्यक्तिलाई मायाको चिनो, ेसम्मानपत्र र पुरस्कारद्वारा सम्मान गरेका थिए । यस्तै लायन्स इन्टरनेशनलको डिजास्टर फण्डमा क्लवले १० लाख रुपैयाँ प्रदान गरको छ । उक्त रकम क्लवका अध्यक्ष विष्णु चापागाइँले डिष्टिूक्ट गभर्नर ध्रुव थापालाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै डिष्टिूक्ट गभर्नर ध्रुव थापाले पिस चौतारी लायन्स नेपालकै उत्कृष्ट १० क्लव मध्ये एक भएको भन्दै क्लवले गरेका कार्यहरु पनि प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, क्लवका गाइडिङ अर्जुन बञ्जरा, जोन चियर पर्सन तेजनारायण पराजुली, डिष्टिूक्ट आरियन्टेसन चियर पर्सन रामचन्द्र पोखरेल, पिएमजेएफ योगेन्द्र प्रधान, पिएमसिसी प्रेम बहादुर श्रेष्ठ, दीपक श्रेष्ठ, डिष्टिूक्ट द्वितीय भाइस गभर्नर धनराज आचार्यका साथै कार्यक्रम संयोजक एवं क्लवका पूर्व अध्यक्ष बुद्धि मल्ल लगायतले आ(आ(आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा डा. डिलाराम छामिछानेद्वारा लिखित आनन्दको जीवन पुस्तकको समेत विमोचन गरिएको थियो ।
Post a Comment