गोल्डेन न्यूज संवाददाता
फेमिलि हेल्थ ईण्टरनेशलनको परियोजनाको रुपमा स्थापना भएको नौलो घुम्ती नेपाल १४ वर्षमा प्रवेश गरेको छ । बिक्रम सम्बत २०५८ सालमा लागूपदार्थ प्रयोगकर्ताको आवासीय उपचार परियोजनामार्फत सामाजिक क्षेत्रमा प्रवेश गरेको नौलो घुम्तीले १४ वर्षसम्म आईपुग्दा एक स्वतन्त्र गैरसरकारी सँस्थाको रुपमा स्थापित भई हाल देशका ६ जिल्लामा ७ वटा परियोजना सञ्चालन गरिरहेको छ ।
हाल नौलो घुम्तीले कास्की जिल्लामा नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय निकायको कानूनी तथा नीतिगत व्यवस्था पालना अनुगमन परियोजना तथा एच.आई.भी. एड्स रोकथामका लागि लागु पदार्थ परामर्श उपचार, सामुदायिक सचेतना तथा पैरवी कार्यक्रम एवम सामुदायिक झोलुङ्गे पुल कार्यक्रम, महोत्तरी जिल्लामा खुल्ला दिसामुक्त अभियान, कास्की र तनहूँ जिल्लामा विस्तारित एकीकृत स्वास्थ्य सेवा कार्यक्रम, गोर्खा, लमजुङ्, र अर्घाखाँचीमा विद्यालय शिक्षा कार्यक्रम र बर्दिया जिल्लाका थारु समुदायको आय बृद्धिका लागि बङ्गुर पालन कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यसैबीच १४ औं वर्ष प्रवेश गरेको अवसरमा नौलो घुम्तीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले संस्थाको काम उदाहरणीय भएकाले पुरस्कृत समेत भईसकेको भन्दै सँस्थाले आफ्नो दायरा अझै फराकिलो पार्नुपर्ने सुझाव दिए । सँस्थाका गतिबिधिबाट लक्षित समुदाय लाभान्वित भएको विश्वास लिँदै उहाँले लामो समयसम्म क्रियाशील रहनु नै सफलताको कारण भएको बताए । ‘समाजमा लागुपदार्थ प्रयोगको दर बढेको छ, प्रयोगकर्ता बढ्दै गएका छन् यसले पारिवारिक, सामाजिक समस्या सिर्जना गरिरहेको छ, समाज विकृतितर्फ उन्मुख छ । यसको नियन्त्रणमा सरकारले कडा कानुन ल्याउनुपर्ने आवश्यकता भईसकेको छ, प्रयोगकर्तालाई समाजमा पुर्नस्थापना गर्न नौलो घुम्ती जस्ता संस्थाको गतिविधि सराहनीय छ ।’ उनको भनाई थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका निमित्त प्रमुख बोधराज सुवेदीले आफ्नो कार्यालय नौलो घुम्ती प्रति जहिले पनि सकारात्मक रहेको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । नौलो घुम्तीका सँस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले सँस्थाका कर्मचारीको कामको सराहना गर्दै सँस्थाको पारदर्शीता र निष्पक्षता यसको सबल पक्ष भएको बताए । सँस्थाका अध्यक्ष मेहरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा असल छिमेकी सहयोग संघ
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका निमित्त प्रमुख बोधराज सुवेदीले आफ्नो कार्यालय नौलो घुम्ती प्रति जहिले पनि सकारात्मक रहेको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । नौलो घुम्तीका सँस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले सँस्थाका कर्मचारीको कामको सराहना गर्दै सँस्थाको पारदर्शीता र निष्पक्षता यसको सबल पक्ष भएको बताए । सँस्थाका अध्यक्ष मेहरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा असल छिमेकी सहयोग संघ
(गोनेसा) का अध्यक्ष दिलबहादुर गुरुङ, गैरसरकारी सँस्था महासंघका केन्द्रीय सदस्य रामप्रसाद सुवेदी, गैरसरकारी सँस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का, पत्रकार श्याम कुँवर, सुशासनका लागि नागरिक समाजका अध्यक्ष पुण्य पौडेल, पश्चिम क्षेत्रीय एच.आई.भी. एड्स सञ्जालका सचिव दिलिप गुरुङ, बाल तथा महिला शक्तिकरण समाजका प्रतिनिधि भुवन पराजुली लगायतले सँस्थाको प्रगतिको कामना गरेका थिए ।
आफ्नो भनाईका क्रममा उनीहरुले आफूले गरेका कामहरुको उचित प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिँदै सँस्थाले आफ्नो शुरुको कार्यक्रमलाई बलियो र व्यापक बनाउँदै अरु कार्यक्रमहरुमा पनि व्यापकता ल्याउनुपर्ने सुझाव दिएका थिए । सँस्थाका सचिव खड्क रानाभाटले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षका कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उपाध्यक्ष योगराज पौडेलले स्वागत तथा सल्लाहकार समितिका संयोजक पद्मराज पहारीले धन्यवाद ज्ञापन गरेका थिए ।
Post a Comment