0
गोल्डेन न्यूज संवाददाता
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले ठूला आन्दोलन पछि पार्टीहरु सत्ताका लागि झगडा गर्दा उपलव्धी सुरक्षित हुन नसकेको बताएका छन् । राष्ट्रिय जनमोर्चा कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिंहले आन्दोलनका उपलब्धि सुरक्षित नगर्दा भारतले चलखेल गर्ने ठाउँ पाएको बताए ।
उनले भने–नेपालको राजनीतिमा आन्दोलनको समाप्ति पछि सत्ताका लागी झगडा गर्दा उपलब्धि गुमे, सत्ताका लागि भारतको सर्मथन खोज्दै हिंड्छन् ।’ उनले भारतले नेपालको संविधान र प्रधानमन्त्री चयन प्रक्रियामा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोजेको आरोप लगाएका छन् । भारतले नेपालको संविधान आफूले भने जस्तो नभएकोमा नाकाबन्दी गरेको र प्रधामन्त्री चयन प्रक्रियामा पनि हस्तक्षेप गर्नका लागि नाकाबन्दी कडा पारेको बताए । अर्धभूमिगत रुपमा रहेका नेकपा मसालका महामन्त्री सिहले नाकावन्दी र मधेशवादी दलको आन्दोलनलाई सामना गर्न सबै राजनैतिक पार्टीहरु एकआपसमा मिलेर सहमतिको आधारमा नयां सरकार बन्नु पर्नेमा जोड दिए । नेपालका राजनीतिक दलहरु मिलेर अगाडी बढ्ने हो भने भारतको हस्तक्षेपकारी भूमिका एकपछि अर्को गर्दै असफल बन्दै जाने उनको दावी छ ।





Post a Comment

 
Top