0
भारतीय हस्तक्षेप विरुद्ध पोखरामा विरोध ¥याली निस्केको छ । युनाइटेड क्लवको आब्हान तथा पोखरामा क्रियाशील विभिन्न क्लवहरुको संयुक्त आयोजनामा राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, राष्ट्रिय सवालमा एक हौ भन्ने मुल नाराका साथ पोखरा सभागृहबाट निस्केको ¥यालीले बिभिन्न बजार परिक्रमा गरेको थियो । बजार परिक्रमा पछि पोखराको बिपीचोकमा पुगी कोणसभामा परिणत भएको ¥यालीमा वोल्दै अधिवक्ता तिलक पराजुलीले भारतिय हस्तक्षेप कुनैपनि हालतमा सहन नसकिने वताए । भारतले वेला वेलामा नेपाली जनतालाई दुख दिदै आइरहेको र नेपालीले संविधान जारी गरेको अवस्थामा उसले भनेजस्तो भएन भनेर नाकाबन्दी गरिनु अन्तराष्ट्रिय कानुनलाई उल्लंघन गरि नाकाबन्दी गर्नु लज्जास्पद काम भएको पराजुलीको भनाइ रहेको थियो । त्यस्तै ¥याण्डम रिडर्स शोसाइटीका अध्यक्ष गणेश पौडेलले भारतले अघोषित रुपमा गरेको नाकाबन्दीले नेपालीहरुलाई राष्ट्रिय स्वाभिमानको विषयमाा एक ठाउमा उभ्याएको वताउँदै आफ्नो राष्ट्रियताको पक्षमा सम्पूर्ण नेपालीहरु एक ठाउमा उभिएर भारतको विरोधमा लाग्नुपर्ने वेला आएको वताए । राष्ट्रियताको पक्षमा राजनीतिक दलहरु एक ठाउमा उभिन नसक्दा  अहिलेको अवस्था आएको वताउदै त्यसप्रति नेपाली जनताले सोच्ने बेला आएको उनको भनाइ रहेको थियो । इन्द्रेणी एकीकृत बिकास केन्दका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेलले नेपालीहरु आफ्नो राष्ट्रियताको पक्षमा पानी समेत नखाइकन लडेको इतिहास भएकाले नेपाललाई कर्मथलो बनाउँदै भारतीयहरुले गरेको राजनीतिक बेइमानी अति भएको वताए ।


Post a Comment

 
Top