0
गण्डकी र धौलागिरी क्षेत्रमा दशैंका लागि सवारी सञ्चालन गर्न आवश्यक डिजेल र पेट्रोल बितरणको तयारी गरिएको छ । दशैंका लागि नेपाल आयल निगमको लेखनाथ स्थित गगनगौंडा डिपोमा मौजाद रहेको तेल वितरणको तयारी भैरहेको डिपो प्रमुख मनोज ठाकुरले शानकारी दिए । ‘आवश्यक मात्रामा उपलब्ध गराउन त सकिन्न तर मौजाद तेल दशैंमा सार्वजनिक सवारी सञ्चालन हुने गरी मिलाएर बितरण गर्ने बारे छलफल भैरहेको छ ।’–उनले भने । यस क्षेत्रमा दैनिक ८० हजार लिटर पेट्रोल र एक लाख ६० हजार लिटर डिजेलको माग छ । डिपोमा मौजाद मध्य एक लाख लिटर डिजेल र ४० हजार लिटर पेट्रोल बितरण गर्न सकिने अबस्था छ । जिल्ला आपूर्ति समितिको बैंठक बसेर निर्णय गरे अनुसार बितरणको लागि कोटा निर्धारण गरिने ठाकुरले बताए । यस क्षेत्रको लागि तेल भर्न नाकामा पुगेका १४ वटा ट्याङकर अझै रित्तै छन् । ‘कहिले ट्याङकर भरिन्छ र आउछ पत्तो छैन । डिपोबाट निकाल्न मिल्ने तेल दिने हो ।’–उनले भने । पेट्रोलियम डिलर्स एशोसिएशन गण्डकी धौलागिरीका सचिव राजन गंगजुका अनुसार यस क्षेत्रमा ५२ वटा पेट्रोल पम्प छन् । तेल पाउने आशमा पम्पहरुमा सवारीको लाईन लागिरहेको छ । आईतवार पनि बिहानैदेखि पोखराका केहि पम्पमा मोटरसाईकलको लामो लाईन लागिसकेको छ । तर आयल निगम गगनगौडा डिपोले भने सोमवारबाट पेट्रोल वितरण हुने जानकारी दिएको छ ।


Post a Comment

 
Top