गोल्डेन न्यूज संवाददाता
टोल विकास संस्था नगर समन्वय समिति लेखनाथले बिहीबार एक कार्यक्रमका बीच लेखनाथ नगरपालिकामा आएका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी र लेखनाथ उद्योग वाणिज्य संघका नवनिर्वाचित टीमलाई एउटै मञ्चबाट स्वागत र बधाई ज्ञापन गरेको छ ।
कार्यक्रममा बोल्दै ईलाम नगरपालिकाबाट लेखनाथ नगरपालिकाको कार्यकारी अधिकृतका रुपमा आएका लोकबहादुर भण्डारीले लेखनाथ नगर क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासका लागि यहाँ रहेका समाजिक संघ–सस्था, राजनीतिक पाटी, टोल विकास सस्था तथा नागरिक समाजको सल्लाह, सुझाब र सहकार्यताबाट अगाडि बढ्नेमा जोड दिएका थिए । नगरपालिकाको विकासका लागि एक्लो कार्यकारीले केही पनि गर्ने सक्दैन तर तिनै विकास निमार्णका काममा यहाँहरुको सहयोग र सहकार्य भयो भने हामीले कल्पना गरेको सात तालको बाटिका सहरको अवधारणलाई साकार पार्न सकिन्छ कार्यकारी भण्डारीको भनाई रहेको थियो।
सोहि अवसरमा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका नब निर्वाचित अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले उद्योग वाणिज्य संघले निजी क्षेत्रको प्रतिनिधित्व गर्ने भएपनि लेखनाथ नगर क्षेत्रको समग्र विकासका लागि विगतका बर्षमा जस्तै आगामी बर्षहरुमा पनि दुबै संस्थाका बीच सहकार्यताको सिद्धान्तले अगाडि बढ्दै जाने प्रतिबद्धता जाहेर गरेका थिए । टोल विकास सस्था नगर समन्वय समिति लेखनाथलका अध्यक्ष छविलाल लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरपालिकका कानूनी सल्लाहकार राममणि अधिकारी, समन्वय समितिका सदस्य टीकाराम पंगेनी, राखी रेडक्रसका सभापति मुरारी शर्मा र गाउँ नगर साझेदारी शाखाका रविन्द्र अधिकारी लगायतले सरकारको नीति अनुसार संस्थामा व्यक्ति परिवर्तन भएपनि संस्थाले गर्ने विकास निर्माण देखि जनमुखी सेवामा समयानुकुल परिवर्तन गर्दै लैजानुपर्ने सुझाव राखेका थिए । टोल विकास सस्था नगर समन्वय समितिका सचिब शैलेन्द्रमोहन भटराईले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन सह–संयोजक मनदेबी गुरुङले गरेकी थिईन ।
Post a Comment