उपप्रधानमन्त्री प्रकाशमान सिहले संयुक्त राष्ट्रसङ्घको ७०आँै महासभामा नेपालको सहभागिता अत्यन्त फलदायी भएको बताएका छन् । राष्ट्रसङ्घको ७०आँै महासभामा भाग लिएर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले महासभामार्फत विश्व समुदायमा सगौरवका साथ संविधानसभाबाट संविधान जारी गरेको सन्देश पु¥याउन सफल भएको उल्लेख गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशी तथा लोकतान्त्रिक संविधान जारी भएपश्चात् आयोजना भएको महासभामा मुलुकको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सद्भावका लागि आह्वान गरिएको उपप्रधानमन्त्री सिंहले जानकारी दिए ।
उनले भने–“नयाँ संविधान जारी भएपश्चात् नेपाल अब विकास र उन्नतिको दिशामा लागेकाले अन्तर्राष्ट्रिय सहयोग र सद्भावका बढाउन समेत आग्रह गरेको छु ।” नेपालका तर्फबाट महासभामा सम्बोधन गर्ने क्रममा उनले भूपरिवेष्टित मुलुकले पारवहन सुविधान निर्वाधरुपले पाउनुपर्ने तथा विश्व शान्ति स्थापनाका लागि गरेको योगदानअनुरुपको व्यवस्थापकीय जिम्मेवारी र भूमिका पाउनुपर्ने विषय जोडदार रुपमा उठाएको बताए ।
सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने समयसीमा सकिन लागेको सन्दर्भमा महासभाको क्रममा सन् २०१५ उप्रान्तको दिगो विकास एजेण्डालाई अनुमोदन गरेको उनले बताए । आमूल परिवर्तनका लागि विश्वव्यापी रुपमा लागू हुने उक्त एजेण्डामा गरिबी, भोकमरी हटाउने, स्वास्थ्य, शिक्षा, जीवनयापन, रोजगारीलगायतका क्षेत्रमा एकीकृत रुपमा प्रगति हासिल गर्नेलगायतका १७ लक्ष्य र १६९ उद्देश्य रहेका छन् । उक्त बैठकमा उपप्रधानमन्त्री सिंहले लोकतन्त्र र विकासबीच अन्तर्निहित सम्बन्ध रहेकाले मानव केन्द्रित विकास हुनुपर्ने जनाउँदै नेपालमा भर्खरै समावेशी तथा लोकतान्त्रिक संविधान जारी गएको र त्यसका विशेषताका बारेमा जानकारी गराएका थिए । महासभामा भाग लिने क्रममा नेपाल र जमैकाबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । महासभाका क्रममा चीन र संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको उच्चस्तरीय दक्षिण–दक्षिण सहयोग, लैङ्गिक समता, भूपरिवेष्टित विकासोन्मुख मुलुकको उच्चस्तरीय मञ्चको बैठक तथा विश्वव्यापी रुपमा एकअर्कालाई पुनः ऊर्जा प्रदान गर्ने अन्तक्र्रियामा सहभागी भएको उनले जानकारी दिए। न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री सिंहले श्रीलङ्काका राष्ट्रपति, भुटानका प्रधानमन्त्री, संयुक्त राष्ट्रसङ्घका महासचिवसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । नेपाल संयुक्त राष्ट्रमा प्रवेश गरेको यो वर्ष ६० वर्ष पुगेको छ । महासभामा भाग लिने क्रममा विश्वका नेताले राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक लगायतका विषयमा आफ्ना देशका धारणा राख्ने भएकाले महासभालाई महत्वपूर्ण अवसरका रुपमा लिने गरिन्छ । उपप्रधानमन्त्री सिंह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते न्युयोर्क प्रस्थान गरेका थिए । रासस
Post a Comment