गोल्डेन न्यूज संवाददाता
नयाँ सरकार निर्माणमा एक भएका एमाले र एमाओवादीबीच १४ बुँदे सहमति भएको छ । प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्यामा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले १४ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । दुई पार्टीबीच विदेशी हस्तक्षेप स्वीकार नगर्ने सहमति भएको छ । ‘नेपाली जनतामा नीहित सार्वभौमसत्ता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्दै बाह्य दबाब र हस्तक्षेप अस्वीकार गर्ने,’ सहमतिमा उल्लेख छ । दुई दलबीच भारतको अघोषित नाकाबन्दीको असरलाई ध्यान दिई तत्कालिक र दीर्घकालीनरुपमा अत्यावश्यक वस्तुको आपूर्ति गर्न राष्ट्रलाई आत्मनिर्भर बनाउन नीति र कार्यक्रम तर्जुमा गर्ने सहमति भएको छ । एमाले र एमाओवादी बीच नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, हित र स्वाभिानको पक्षमा दृढ रहने, संविधान कार्यान्वयनमा अधिकतम सहमति जुटाउने सहमति भएको छ । असन्तुष्ट आन्दोलनरत मधेसी दल तथा थारु समूदायको मागलाई राजनीतिक रुपमै सम्बोधन गर्ने सहमति भएको छ । ‘असन्तुष्ट आन्दोलनरत तराई मधेस केन्द्रित दलहरु, थारु समूदाय र विभिन्न रुपमा आफ्ना मुद्धा र आवाज उठाइरहेका आदिवासी जनजाति लगायत अन्य उत्पीडित समूदाय सँग वार्ता मार्फत समस्याको राजनीतिक सम्बोधन गरी समाधान गर्ने,’ सहमतिको चौथो बुँदामा लेखिएको छ ।
नेविसंघका कोइरालालाई फोन धम्की
नेपाल विद्यार्थी संघ कास्कीका संयोजक सुवास कोइरालालाई धम्की आएको छ । उनलाई शनिवार फोन गरि कुटपिटको धम्की दिएको कोइरालाले जानकारी दिए । कोइरालले भने–‘मलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहका मान्छे हु भन्दै कुपपिटको धम्की दिए ।’ उनले नेपाल विद्यार्थी सघंको संयोजक छाड् भन्दै धम्काएको बताए । उनले नेपाल विद्यार्थी संघ कास्कीको अधिबेशन नगरि कुनै पनि हालतमा आफूले न छाड्ने बताए । गन्थनसंग कुरा गर्दै उनले भने–‘देशमा अहिले तेल संकटले गर्दा अधिवेशन हुन नसकेको हो, तेलको संकट टर्ने वित्तिकै अधिवेशन हुन्छ ।’ ‘कसैको धम्कीले अधिबेन नै नगरि छाड्ने कुरा हुँदैन ।’ उनले जस्तो सुकु परिस्थितिमा पनि अधिबेशन गराएर मात्रै छाड्ने बताए ।
Post a Comment