गोल्डेन न्यूज संवाददाता
असोज २० गतेबाट काठमाडौंमा संचालन हुने एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिताका लागि क्षेत्रीय क्रिकेट विकास मिति क्षेत्र नं.८ पोखराको खेलाडी छनौटको लागि असोज १५ गतेबाट पोखरा रंगशालाको क्रिकेट मैदानमा संचालन भइरहेको अन्तर जिल्ला एकदिवसीय क्षेत्रीय क्रिकेट प्रतियोगितामा शनिवार भएको खेलमा चिवतन र स्याङ्गजा वीचको खेलमा स्याङ्गजा पहिलो पटक २ विकेटले विजयी भएको छ । टस जितेर पहिले व्याटिङ्ग रोजेको चितवनले ३५ ओभरको खेलमा ३१.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८० रनमा सीमित भयो । चितवनका राजेश लम्साल र सनम बुढाथोकी समान ३० रनको योगदान दि एभने पवन थापा २७ र राजेश भट्टराई २० रन बनाए । बलिङ्ग तर्फ स्याङ्गजाका अशोक श्रेष्ठले ५ विकेट र विश्व थापाले २ विकेट लिए ।
१ सय ८१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्गमा उत्रेका स्याङ्गजाले सो लक्ष्य ३४.५ ओभरमा ८ विकेट गुमाइ उक्त लक्ष्य प्राप्त गरे । स्याङ्गजाका ब्याट्सम्यान ओम गुरुङ्गको ७२ रनको शानदार विष्फोटक पारीलाई विश्व थापा (२७), अर्जुन भण्डारी (१९) विपिन काफ्ले (१६) र अशोक श्रेष्ठ (१३) ले सहयोग गर्दै स्याङ्गजालाई लक्ष्यसम्म पुर्याए । बलिङ्गतर्फ चितवनको सन्तोष उपाध्याय र विदुर पौडेलले समान २ विकेट लिए भने राजेश लम्साल, निश्चल पाण्डे र प्रदीप खरेलले १।१ विकेट लिए । यस खेलका म्यान अफ दी म्याच ओम गुरुङ्ग घोषित भए । शुक्रबार भएको खेलमा कास्कीले स्याङ्गलाई ८४ रनले हराएको थियो । आइतबारको खेल कास्की र चितवनबीच हुनेछ ।
Post a Comment