गोल्डेन न्यूज संवाददाता
नेपालीहरुको महान पर्व विजयादशी तथा शुभ दीपावलीको अवसरमा पोखरामा क्रियाशिल संघ–संस्थाहरुले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा उनीहरुले हरेक नेपालीको सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको साथै संवृद्ध नेपालको कामना गरेका छन् । यसैक्रममा धादिङ–पोखरा सम्पर्क समितिले मुलुकमा नयाँ संविधान जारी भएपछि संवृद्ध नेपालको कामना एवं सबै नेपालीहरुको सुख र शान्तिको कामना गर्दै शुभकामना आदान–प्रदान गरिएको छ । कार्यक्रममा समितिका पदाधिकारी, सदस्य, सल्लाहकार एवं साधारण सदस्यहरुले सबै नेपालीबीच एकताको कामना समेत गरे ।
समितिका अध्यक्ष झम्कबहादुर सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, उपाध्यक्ष गुणप्रसाद सापकोटा, सल्लाहकार परिषद् संयोजक रुद्र प्रसाद खनाल, सल्लाहकार परिषद् सदस्य वीरबहादुर थापा, कोषाध्यक्ष लालप्रसाद पाठक,सह–सचिव शम्भु अधिकारी, सह–कोषाध्यक्ष समिर अर्याल लगायतले शुभकामना आदान–प्रदान गरेका थिए ।
समितिका अध्यक्ष झम्कबहादुर सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, उपाध्यक्ष गुणप्रसाद सापकोटा, सल्लाहकार परिषद् संयोजक रुद्र प्रसाद खनाल, सल्लाहकार परिषद् सदस्य वीरबहादुर थापा, कोषाध्यक्ष लालप्रसाद पाठक,सह–सचिव शम्भु अधिकारी, सह–कोषाध्यक्ष समिर अर्याल लगायतले शुभकामना आदान–प्रदान गरेका थिए ।
यसैगरी तराना म्यूजिक सेन्टर मा पनि शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भयो । नेपालीहरुको महान चाडको अवसर पारेर उक्त सेन्टरमा सांगीतिक कार्यक्रम सँगै सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सर्बप्रथम दशैं सम्बन्धी मालश्री गीत श्रीमान थुलुङ र कृष्ण पराजुलीले प्रस्तुत गरेका थिए । साथ साथै अन्य गीत हरु पनि प्रस्तुत गर्ने पशिक्षार्थीहरु केशब सुवेदी, सविन नेपाली, प्रमिला तामाङ, उमेश राई, हरि पुन, माया गुरुङ्ग, सुजन दुरा, तेजु पुन, सुर्य गुरुङ्ग, शान्ति राई, समिर गुरुङ्ग, आदित्य सुनार, वीरबल घताने, संजय दुरा, वीरेन्द्र श्रेष्ठ, सुष्ता मल्ल, रुबिया जोशी, शुम्भलाल श्रेष्ठ, साजन बाग्दास लयायतले सांगितिक प्रस्तुति गरेका थिए । कार्यक्रमा संगीतकार श्रीमान थुलुङको सभापतित्व अधिवक्ता कृष्ण पराजुलीको विशेष आथित्यता रहेको थियो । स्वागत मन्तब्य प्रशिक्षार्थी वीरबल घतानेले गर्नुका साथै गायक उमेश राईले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैगरी नेपालीका महान पर्व आगमनको अवसरमा नव आदर्श सामुदायिक विकास समाज लामाचौरले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा दशैं, दिपावली, नेपाल सम्वत्, छठ र ल्होसार पर्वका अवसरमा आयोजित कार्यक्रममा सहभागीहरुले पर्वहरुको शुभकामना व्यक्त गर्दै युवा पिंढीमा बढ्दै गएको विकृतिप्रति चिन्ता व्यक्त गरेका छन् । समाजका अध्यक्ष धर्ममानसिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लामाचाँैर खेलकुद विकाश समितिका अध्यक्ष एवम् समाजका पूर्व सचिव सुरेन्द्रमानसिंह भण्डारी, पूर्व अध्यक्ष नविन भण्डारी, लामाचौर व्यापारिक समतिका अध्यक्ष गिरीधारी शर्मा, पोखरा १९ का वडा सचिव सूर्य नेपाली, सामाजिक परिचालक सरिता के.सी., समाजका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्री लगायतका महिला नागरिक समाज तथा राजनीतिक दलका प्रतिनिधिले लामाचौर क्षेत्र व्यापारिक र आर्थिक रुपमा विकास भए संगै विकृति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न आग्रह गरेका हुन् । उनीहरुले विकृति नियन्त्रण र संस्कृति संरक्षणमा अगुवाई गर्न समाजलाई सुझाव दिएका हुन् । सचिव लक्ष्मी पाण्डेले सञ्चालन गरेको कार्यक्रममा एक आपसमा शुभकामना आदान–प्रदान समेत गरिएको थियो ।
यसैगरी मोहरिया सिंहनाथ टोल विकास संस्था पोखरा–१ बगरले पनि शुभकामना आदान–दान एवं जलपान कार्यक्रम आयोजना ग¥यो । आफ्नै भवनमा आयोजित कार्यक्रममा बोल्दै गतवर्षको एसएलसीमा कास्की प्रथम प्रतिष्ठा बुद्धाचार्यले विभिन्न जातजाति, भाषभाषी र धर्म संस्कृतिबीच द्वन्दको अवस्था सृजना भइरहेको वर्तमान समयमा विजयादशीलाई राष्ट्रिय पर्वको रुपमा बनाउन र सबै नेपालीलाई एकताको सुत्रमा जोड्न सघाउ पु¥याउने विश्वास व्यक्त गरिन् । कार्यक्रममा सल्लाहकार प्रकाशमाज गुभाजुले सभ्य ढङ्गले दशैं मनाउन आग्रह गरे । टोल विकास संस्था समन्वय समिति वडा नं. १ का अध्यक्ष चन्द्रबहादुर गुरुङले टोल विकासका लागि नगरपालिकाबाट विभिन्न किसिमका सहयोगहरु आवश्यक पर्ने भन्दै सुन्दर नगरी पोखरालाई जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले विजयादशमीलाई अहिंसाको पर्वका रुपमा मनाउन समेत आग्रह गरे । संस्थाका अध्यक्ष दुर्गामान बुद्धाचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज रेग्मी, सदस्य इन्दिरा लम्साल, सह–सचिव गंगा बुद्धाचार्य लगायतले शुभकामना आदान–प्रदान गरेका थिए ।
Post a Comment