गोल्डेन न्यूज संवाददाता
पोखरा बहुउद्देश्यीय सहकारी संस्था लि.ले आप्mनो प्रथम साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा बोल्दै प्रमुख अतिथी शिक्षाबिद डा. वीरेन्द्रसिहं गुरुडले सहकारी संस्थाहरुले सहकारीका सिद्धान्तहरु आत्मसाथ गदै सहकारीको भावनाअनुसार संचालन हुनुपर्ने बताए । डा गुरुङले पोखरा बहुउद्देश्यीय सहकारी संस्था लि.ले पहिलो बर्षमै पाएको सफलताको प्रसंसा गदंै छोटो समयमा धेरै विश्वसनीयता प्राप्त गर्न सफल भएकोमा धन्यवाद दिए । संस्थाका संरक्षक संस्थापक ई. लेख बहादुर गुरुङले ०५६।०५७ सालमा स्थापना भएको संस्थाले ढिलो गरि बचत तथा क्रृणको कारोबार शुरु गरेता पनि छिटो प्रशिद्धी कमाउन सफल भएकोमा खुसि ब्यक्त गदै अगामी दिनमा संस्थाले दु्रत गतिमा विश्वाशिलो ढंगले अगाडि बढोस् भनि शुभकामना ब्यक्त गरे ।
सहकारीका अध्यक्ष अम्बर गुरुडले संस्थाले अगामी बर्षमा रेमिटेन्स लगायतका थप कार्यक्रम संचालन गर्ने जानकारी दिंदै आर्थिक बर्ष २०७१।०७२ को प्रतिबेदन प्रस्तुत गर्नुका साथै आर्थिक बर्ष २०७१।०७२ को अध्यक्षको बार्षिक प्रतिबेदन, आर्थिक बर्ष २०७१। ०७२ को कोषाध्यक्षको आर्थीक प्रतिबेदन बिभिन्न उप–समितिहरुले गरेका कार्यहरुको अनुमोदन लगायतका बिषयहरु सर्बसम्मत रुपमा पारित गरिएको थियो । कार्यक्रममा समाजसेवी निर्मल गिरी दामोदर सिग्देल लगायतले मतब्य राखेका थिए । कृष्णहरि सिग्देलले स्वागत मतव्य र राजेश कुमार गुप्ताले धन्यवाद ज्ञापन गरेका थिए । संस्थाका संरक्षक संस्थापक ई. लेखबहादुर गुरुङको सभापतित्व मा सम्पन्न कार्यक्रमको संचालन सचिव कमल पराजुलीले गरेका थिइए ।
Post a Comment