गोल्डेन न्यूज संवाददाता
पोखरा–२, अर्चलबोट स्थित बिजयराज रेग्मीको घरमा पेट्रोलका कारण आगलागी भएको छ । आगगलागीसँगै सोही घरमा डेरा गरी बस्ने कास्की माझठाना ९ का प्रकाशमणि तिवारी, उनकी छोरी वर्ष १२ की रोशनी तिवारी, छोरा वर्ष १४ का रोशन तिवारी र प्रकाशमणी तिवारीका नाताले साला पर्ने पोखरा सराङकोटका वर्ष ३० का केशबराज तिमिल्सिना र वर्ष २४ का पुष्पराज तिमिल्सीना घाइते भएका कास्की प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक उपचारका लागि घाइतेलाई मणिपाल शिक्षण अस्पतालमा उपचार गर्न लगेपनि अस्पतालले राशनी तिवारी र पुृष्पराज तिमिल्सिनाको अवस्था गम्ीभर रहेको जनाउँदै थप उपचारका लागि काडमाडौं स्थित बीर अस्पतालमा रिफर गरेको बताइएको छ । उनीहरुलाई आइतबारै हेसलकोप्टर मार्फत काडमाडौं लगिएको घरधनी सुशिला रेग्मीले बताइन् । आगलागीसँगै रेग्मीको घरमा सामान्य क्षति भएको छ । साढे दुई तले रेग्मीको घरको भुईतलामा आगो लागेको हो । आगलागीसँगै घर केही ठाँऊमा चर्किएको छ भने कहि लत्ताकपडा समेत जलेर नष्ट भएका छन् । घाइते प्रकाशमसण तिवारी ट्रयाक्सी व्यवसायी समिति गण्डकीका उपाध्यक्ष रहेको पनि जनाइएको छ । तिवारीको कोठामा संचित रहेको पेट्रोल यताउती खन्याउने क्रममा पोखिएसँगै नजिकै बलेको दियोको सम्पर्कले गर्दा घरमा आगलागी भएकोे जनाएको छ ।
Post a Comment