गोल्डेन न्यूज संवाददाता
पोखराको सृजनचोकमा प्रधान कार्यालय रहेको कामना विकास वैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा बिहिवार पोखरामा सम्पन्न भयो । बैंकका अध्यक्ष राजेन्द्रनिधि कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वैंकका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव उमेश कुमार आचार्यले गरेका थिए । बैंकका अध्यक्ष राजेन्द्रनिधि कोइरालाले उद्घाटन गरेको सो सभामा बैंकका संचालक देवकृष्ण काफ्लेले स्वागत मन्तव्य राखेका थिए । संचालक समितिको तर्फवाट वैंकका अध्यक्ष राजेन्द्रनिधि कोइरालाले आर्थिक वर्ष २०७१÷७२ को संचालक समितिको प्रतिवेदन तथा सोही अवधिको वित्तिय विवरणहरु प्रस्तुत गरेका थिए भने साधारण सभाले उक्त प्रतिवेदनलाई छलफल गरी पारित गरेको थियो । साधारणसभामा प्रस्तुत प्रतिवेदन उपर गरिएको छलफलमा शेयर धनीहरु अमर तुलाचन, हरिकृष्ण वाग्ले, वुद्धिसागर वराल र यूक्त बहादुर सुवेदीले आ–आफ्ना सुझाव राखेका थिए ।
साधारणसभाले कुल चुक्ता पुंजीको १.१९ प्रतिशत नगद लाभांस (कर प्रयोजनका लागि) तथा २२.६० प्रतिशत वोनश शेयर गरी कुल २३.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई सर्व संम्मतिले पारित गरेको वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले गोल्डेन न्यूज दैनिकलाई बताए । साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना संचालकहरुको निर्वाचन समेत गरेको छ । संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने संचालकहरुमा राजेन्द्रनिधि कोइराला, चतुराखर अधिकारी, खेमनाथ भट्टराई, देवकृष्ण काफ्ले र बिष्णुराज पराजुली निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित संचालक समितिको पहिलो बैठकद्वारा पून राजेन्द्रनिधि कोइरालालाई नै अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ । कार्यत्रममा वैंकका संचालक बिष्णुराज पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए । वैंकले शहरी क्षेत्रका अलावा वैंकिङ पहुंच नपुगेका सर्वसाधारण हरुलाई लक्षित गरी ग्रामिण भेगमा समेत आफनो शाखाहरु खोली उक्त शाखाहरु मार्फत सर्वसाधारणमा आफ्नो वैंकिङ एवं वित्तीय सेवा उपलव्ध गराई रहेको छ ।
पूँजी बृद्धि गरि थप सवल एवम् प्रतिस्पर्धी बन्नको लागि कामना विकास बैंक लि. र पोखरामा नै केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कास्की फाइनान्ससंग मर्जरका लागि आपसी समझदारीमा हस्ताक्षर गरि मर्जर प्रक्रिया अगाडि बढाइएको छ । वैंकले आ.व. २०७१÷७२ को आषाढ मसान्त सम्ममा कुल ३ अर्व १४ करोड निक्षेप संकलन गरी २ अर्व ५६ करोड कर्जा लगानी गर्न सफल भएको छ भने संचालन मुनाफा १२ करोड ४६ लाख रहेको थियो ।
Post a Comment