गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल अटोमोबाइल डिलर्श एशोसिएशन पोखराको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै प्रमुख अतिथि नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएशन (नाडा)का केन्द्रीय अध्यक्ष अञ्जन श्रेष्ठले प्रादेशिक सरकार बन्दा अटोमोबाइल क्षेत्रलाई लगाउने करको दर बढ्न नहुने भनाइ राखे । यातायातको साधनलाई वर्गीकरण गरी अत्यावश्यक साधनलाई करमा छुट दिनुपर्ने उनले बताए । सवारी साधन नेपालमा उत्पादन गर्नका लागि सरकारले प्राथमिकता दिनुपर्ने श्रेष्ठको भनाइ छ । सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले भारतले लगाएको नाकाबन्दीका कारण इन्धन संकट हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर परेको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले बन्द सधैंका लागि बन्द गरिनुपर्ने धारणा राखे । संघले आयोजना गर्ने व्यापार मेलामा अटो व्यवसायलाई प्राथमिकतामा राखिने उनले बताए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले अटो भिलेजका लागि आवश्यक पर्ने जग्गा खोजी गर्न संघले सघाउने बताए ।
नाडाका उपाध्यक्ष ध्रुव थापाले सवारी साधन विलासिताको बस्तु नभइ अत्यावश्यक साधन बनिसकेको बताए । एशोसिएशन का अध्यक्ष माधवप्रसाद पौडेलको सभापतित्व मा आयोजित कार्यक्रममा नाडाका अर्का उपाध्यक्ष शम्भु दाहाल, गण्डकी धौलागिरि सार्वजनिक यातायात समन्वय समितिका अध्यक्ष वसन्त प्रधान, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठ, गण्डकी अटोमेकानिकल वक्र्स एशोसिएशनका अध्यक्ष कुलबहादुर नेपाली, पोखरा हार्डवयर एशोसिएसनका अध्यक्ष प्रेम पौडेल, पश्चिमाञ्चल अटोमोबाइल डिलर्श एशोसिएसन पोखराका पूर्व अध्यक्ष तथा सल्लाहकार ईन्द्रबहादुर कुँवर, पूर्व अध्यक्ष शम्भुलाल श्रेष्ठ, महासचिव मोहनबावु खड्का, लायन्सका पूर्व मल्टिपल काउसिन्सल चियरपर्सन प्रेमबहादुर श्रेष्ठलगायतले बोलेका थिए । साधारणसभाको अवसरमा एशोसिएशनद्वारा सञ्चालित मीन अक्षयकोषबाट महेन्द्र उच्च मावि पोखराका विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि १० हजार रुपैयाँ प्रदान गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
सोही अवसरमा दुई जना ट्राफिक प्रहरीलाई नगदसहित कदरपत्रद्वारा सम्मान गरिएको महासचिव खड्काले बताए । एसएलसीमा उत्तीर्ण हुने साधारण सदस्यका छोराछोरीहरुलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
सोही अवसरमा दुई जना ट्राफिक प्रहरीलाई नगदसहित कदरपत्रद्वारा सम्मान गरिएको महासचिव खड्काले बताए । एसएलसीमा उत्तीर्ण हुने साधारण सदस्यका छोराछोरीहरुलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
Post a Comment