पोखरा रङ्गशालामा जारी चौथो सिटी रेवान दशैं महोत्सव तथा फुड फेष्टिबलमा दर्शकहरु रमाइरहेका छन्। सिटी रेवानले आयोजना गरेको महोत्सवमा सांस्कृतिक कार्यक्रम र बाल उद्यानमा रमाउने दर्शकको संख्या अधिक छ। महोत्सवमा शनिवार लत्ताकपडा तथा दशैं उपभोग्य सामाग्री खरिदका लागि भिड नै लागेको थियो। आयोजकले दशैलाई लक्षितगर्दै महोत्सवस्थलमा नै च्याङग्रा समेत उपलव्ध गराएको छ । पर्यटन प्रवद्र्वन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। असोज २२ देखि शुरु भएको महोत्सव कात्तिक २ गतेसम्म चल्ने छ। महोत्सव सकिने दिन नजिकिदै गर्दा दर्शकको सहभागिता पनि बढ्दै गइरहेको छ। विभिन्न संकट र समस्याका बाबजुद पनि महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता रहेको महासचिव एवं प्रचार संयोजक दिपक तिमिल्सिना ले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए। महोत्सवमा आयोजित एकल महिला नृत्य प्रतियोगिता, रत्यौली गित प्रतियोगिता, रेवान तारा बाल नृत्य प्रतियोगिता जारी रहेको छ। महोत्सवमा शनिवार प्रजापति पराजुली, चन्द्र शर्मा, पशुपति शर्मा, शर्मिला गुरुङ, कुमार पुन, कृष्णा गुरुङ, तारापति सुवेदी, माया गुरुङ, शिवहरि ढुङ्गानाको प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो। आइतबार रेवान तारा बाल नृत्य र रत्यौली प्रतियोगिताको फाइनल हुने सांस्कृतिक कार्यक्रम संयोजक जीवन दाहालले बताए।त्यसैगरी महोत्सवको अन्तिम दिन सोमबार गृहणी नृत्य प्रतियोगिताको फाइनल गरिने छ। महोत्सव झण्डै एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। महोत्सव सम्पन्न गर्नका लागि ३७ लाख ८८ हजार खर्च लाग्ने र ४१ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ। महोत्सवमा व्यवसाय, रेष्टुरेण्ट, सामाजिक सङ्घ÷संस्था, सुुरक्षा, स्वास्थ्यका स्ट्रलहरु रहेका छन्।
Subscribe to:
Post Comments (Atom)
Post a Comment