पोखरा–१४, स्वागतनगर स्थित स्वागत बचत तथ ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भयो । पुनरावेदन सरकारी वकिलको कार्यालयका कार्यालय प्रमुख सरकारी वकिल न्यायधिवक्ता राजनराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संचारकर्मी गण्डकी टेलिभिजनका राजनकुमार के.सी. सहकारीका सल्लाहकार जे.बी.कुँवर, लेखबहादुर थापा, र ध्रुवराज पोखरेलले लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा अध्यक्ष भण्डारीको वार्षिक र आगामी वर्षको कार्ययोजना, कोषाध्यक्ष शिवराज पोखरेलको कोषाध्क्षको प्रतिवेदन, लेखा समिति संयोजक लोकबहादुर थापाको प्रतिवेन प्रस्तुत एवं सर्वसम्मत पारित भएको थियो । संस्थाका अध्यक्ष विमल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामजी जि.सी. ले र संचालन सदस्य सीता पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट ऋणिमा शेयरसदस्य सरस्वति कुँवर, उत्कृष्ट बचत कर्तामा शेयरसदस्य गंगादेवी कँुवर, उत्कृष्ट कर्मचारीमा सह–प्रबन्धक धर्मराज के.सी., उत्कृष्ट आवधिक बचतमा शेयरसदस्य सुनिता भण्डारी, उपसमिति मध्ये सक्रिय सदस्यमा सदस्य गणेश भण्डारी, शेयरसदस्यका छोराछोरी मध्ये एस.एल.सी.मा उत्तीर्ण शेयर सदस्य प्रेमबहादुर खत्रीको छोरी पार्वती के.सी.लाई प्रमुख अतिथि, विशेष अतिथि र कार्यक्रमका अध्यक्षले सम्मान पत्र साथै जनही दूई दूई हजारका दरले सम्मान प्रमुख अतिथीले सम्मान पत्र,विशेष अतिथीले खादा र रकम संस्थाका अध्यक्षले अविर लगाई सम्मान गरेका थिए । त्यस अवसरमा उत्कृष्ट आवधिक बचतकर्ता शेयरसदस्य सुनिता भण्डारी ले प्राप्त सम्मानित रकममा दुई हजार थप गरि चार हजार रुपैयाँ कार्यक्रम स्थल मै पोखरा–१८ बाच्छी बुढुवा स्थित वात्स्यायन वृद्धाश्रमलाई वृद्धाश्रमका सचिव पण्डित युबराज वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» स्वागत सहकारीको सातौं वार्षिक साधारणसभा
Subscribe to:
Post Comments (Atom)
Post a Comment