गोल्डेन न्यूज संवाददाता
गोर्खा कम्युनिटी पोखरा अन्तर्गत रहेको संस्थाहरुमध्ये पोखराको बुद्धचोकमा रहेको द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार तेस्रो अधिवेशन तथा छैटौं साधारणसभा सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा पुनःक्याप्टेन इन्द्र बहादुर गुरुङलाई चयन गरेको छ । यस्तै उपाध्यक्षमा ध्इद्द भीम बहादुर गुरुङ, सचिवमा हवल्दार विल बहादुर गुरुङ, कोषाध्यक्षमा क्याप्टेन पस बहादुर गुरुङलाई चयन गरेको छ भने सदस्यहरुमा मेजर लक्ष्मीप्रसाद गुरुङ, शान्ती गुरुङ, ध्इद्द भुपालजंग कुवँर, सावित्री गुरुङ र देवेन्द्र गुरुङ चयन भएका छन । बुधबार अबेर सम्पन्न भएको अधिवेशनमा अध्यक्ष पदमा दुई जना सदस्यहरुको दाबेदार रहेपछि निर्वाचन गर्ने भनिएपनि पछि पुनः पुरानै कार्य समिति सहित केहि नयाँ सदस्यहरुलाई संचालक समितिमा चयन गरेको हो । यसअघि पहिलो वन्दसत्रमा कार्यक्रमका प्रमुख अतिथी सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य बद्रिनाथ अधिकारीले पानसमा मैनबत्ती प्रज्वलन गरी उद्घाटन गरेका थिए । प्रमुख अतिथि अधिकारीले नेपालमा सहकारीको अवधाराणले निकै फड्को मारेको बताउँदै सहकारीका सात सिद्धान्तलाई पालना गरेमा कोहि कसैसंग पनि डराउनुु नपर्ने बताए । सोहि अवसरमा वोल्दै कास्की बचत तथा ऋण सहकारी सङघका अध्यक्ष भीम गुरुङले अनुत्पादक क्षेत्रमा लगानी गर्ने सहकारीको भविष्य राम्रो नहुने भन्दै समुदायले समुदायकै आर्थिक उन्नतिको लागि काम गर्नुपर्ने बताए । संस्थाका अध्यक्ष क्याप्टेन इन्द्रबहादुुर गुरुङले पोखरामा छरिएर रहेका गोर्खाली समुदायलाई सहकारी मार्फत समेट्न खोजेको बताए । गोर्खा कम्युनिटी पोखराका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले भू.पू.हरुले विभिन्न बैंक वित्तिय तथा संघ संस्थाहरुमा मासिक करौडौं रुपैयाँ पेन्सन ट्रान्सफर हुने रकमलाई संकलन गर्ने लक्ष्य लिएको बताए । संस्थाका अध्यक्ष क्याप्टेन इन्द्रबहादुुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गोर्खा उपभोक्ता पसलकका संयोजक भीम बहादुर गुरुङ, गोर्खा एण्ड बराह ज्वलेरीका प्रवन्ध निर्र्देशक हरि कुमार धमला, संस्थाका कानुनी सल्लाहकार जुना कुमारी गुरुङ, भुपालजंग कुवँर, मेजर प्रेम बहादुर थापा, संस्थाका सचिव सुवेदार वीर बहादुर गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा संस्थाका जेष्ठ नागरिकहरु देउमाया गुरुङ,क्याप्टेन मन बहादुर गुरुङ,लाल कुमारी गुरुङ, उत्कृष्ट बचतकर्ता विमला कुमारी गुरुङ, उत्कृष्ट निक्षेपकर्ता टंक बहादुर गुरुङलाई सम्मान गरिएको छ । त्यस्तै उच्च शिक्षा हासिल गर्ने मीन सुव्वा गुरुङ र एस.एल.सी.मा उत्कृष्ट अंक ल्याउने सिजन रानालाई सम्मान गरिएको थियो । द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०६६ बैशाख १३ गते दर्ता गरी २०६६ श्रावण १ गतेबाट संस्थाले कारोबार संचालन गरेकोे थियो । अधिवेशनमा वरिष्ट संचारकर्मी तथा गोर्खाली रेडियोका अध्यक्ष शान्ति गुरुङले कार्यक्रम संचालन गरेकी थिइन ।
Post a Comment