0
गोल्डेन न्यूज संवाददाता
घर गाउँ कै जडिबुटी र मसलाहरु प्रयोग गरे पोखरामा स्तरीय मसला उत्पादन भएको छ । पोखरा २० आर्वामा करिब ३ करोडको लगानीमा मसला उद्योग संचालनमा ल्याएको हो । उद्योगको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले शुक्रबार उद्घाटन गरे । देउराली टेष्ट एण्ड कम्पनीले पिपलडाली मसला बजारमा ल्याएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकम थापाले उद्योग संचालनबाट रोजगारी सृृजना भएको भन्दै नेपाल विकासमा योग्दान दिने बताए । उनले नेपाल मै उद्योगहरु बढाउँदै लैजानु पर्ने भन्दै त्यसले गर्दा विदेशीने युवाहरुलाई देश मै रोक्न सकिने बताए । उनले भारतको नाका बन्दीका कारण अहिले नेपालमा असज परिस्थित आएको भन्दै त्यसलाई समाधान गर्न सरकारले छिटो पहल थाल्नु पर्ने बताए । उद्योग संचालनबाट भारत माथीको परनिर्भरता कम हुने बताए ।
 
कार्यक्रममा उद्योगका मार्केटिङ्ग म्यानेजर कमल लामिछाने, व्यवस्थापक विनोद अधिकारी लगायतले स्वदेश मै स्थतरीय मसला उत्पादन गरि संचालनमा ल्याएको बताए । उद्योगका संचालक कृष्णराज बाँस्तोलाले नेपालका विभिन्न ठाउँबाट ल्याएका जडिबुटी र स्थानीय उत्पानलाई मिलाएर स्तरीय मजला उत्पादन गरेको बताए । उनले भने–‘जडि बुटीको प्रयोग गरेका कारण मानिसको स्वास्थयमा कुनै असर नगर्ने गरि मसला उत्पादन गरेका छौं ।’ उनले रुकुम, रोल्पा, दाङ, तुल्सीपुुर र हिमाली भेगदेखि ल्याएका जडिबुटी हर्रो, बर्रो, अमलाको प्रयोगगरि मसला उत्पादन गर्ने बताए । उनले कम्पनीले अहिले दैनिक १ हजार किलो उत्पादन गर्दै आएको बताउँदै दैनिक ५ हजार किलो उत्पादन क्षमता रहेको बताए । उनले अहिले बजारमा १५ देखि ३ सय ५० रुपैयाँ मसला बजारमा ल्याएको बताए । उनले अहिले २० जनालाई रोजगारी दिइ ६० वटा ब्राण्डका मसला उत्पादन गर्दै आएको बताए ।
 
अहिले बजारमा बेसार, खुर्सानी, मिट मसला, सब्जी मसला, चाउमिन मसला, मम मसला, चाट मसला लगाएतको उत्पादन गरेर बजारमा गएको बताए । व्यवस्थापक विनोद अधिकारीले अहिले पोखरा आसपासका जिल्लामा मसलाको विक्री वितरण गरिने बताउँदै एक वर्षभित्र नेपालका सबै जिल्लामा पु¥याउने लक्ष्य रहेको बताए । उनले अहिले बजार विस्तार गर्दै जाने बताउँदै एक वर्ष भित्र नेपालका सबै ठाउँमा पुग्ने लक्ष्य कम्पनीले लिएको बताए ।

Post a Comment

 
Top