0
गोल्डेन न्यूज संवाददाता
बिहीवार बिहानदेखि बेपत्ता पोखरा अल्ट्रालाईटको जहाज शुक्रबार पनि भेटिएको छैन । विहिबार र शुक्रबार दिनभर खोजी गरेपनि जहाज र त्यसमा सवार पाईलट तथा यात्रु सम्पर्कमा छैनन् । एयरकार्फट्लाई रसियन पाइलट भ्यालरी बुट्रिन र यात्रु साउथ अफ्रिकन नागरिक एलिजा वेथ वेइल सवार थिए । पोखरा विमानस्थल बाट बिहान १० बजेर ३५ मिनेटमा यात्रु लिएर उडेको नाइन एन ए एल आइ कलसाईनको क्लोज एयर क्राफ्ट जहाज उडान भरेको केहि समय मै सम्पर्क विहिन भएको थियो । एक घण्टाको लागि यात्रु लिएर अन्नपुर्ण क्षेत्रको तर्फ उडेको जहाजको अबस्था अझैपनि पत्तो लाग्न नसकेको नागरिक उड्डयन कार्यालय पोखराले जानकारी दिएको छ । जहाजको पोखरा विमान स्थल टावर सगँ अन्तिम सम्पर्क १० बजेर ४१ मिनेटमा भएको थियो । वेपत्ता जहाजको खोजीका लागि दिनभर पोखरा अल्ट्रालाईट, एयर क्राफ्ट र हेलिकप्टरले खोजी गरेपनि कुनै पत्ता लाग्न सकेको छैन । एयर क्राफ्ट दुर्घटनामा परेको आशंका गरिएको छ । प्रहरीले पोखरा ग्रामिण क्षेत्रमा रहेका चार वटा चौकीबाट प्रहरीलाई खोजीका लागि पठाएको भएपनि कुनै पत्ता नलागेको कास्कीका प्रहरी प्रमुख हरि बहादुर पाले जानकारी दिए ।

Post a Comment

 
Top