गोल्डेन न्यूज संवाददाता
सिद्धार्थ क्लव पोखराको प्रवद्र्धनमा पोखरा २४ कृस्तीका दलित समुदायद्वारा सञ्चालित मिर्मिरे कृषि सहकारी संस्था लिमिटेडका शेयर सदस्य तथा संञ्चालक समितिका पदाधिकारीहरु का लागि आयोजित दुईदिने सहकारी व्यवस्थापन सम्बन्धि तालिम शनिवार सम्पन्न भएको छ । दलित समुदायलाई कृषि तर्फ प्रेरित गर्दै आवश्यक लगानी सहकारी मार्फत कम व्याजदरमा उपलव्ध गराउने सोंचका साथ गठित सहकारीका सदस्यलाई सहकारीको बारेमा जानकारी तथा प्रभावकारी व्यवस्थापन शिप विकास गर्ने उद्देश्यका साथ आयोजित तालिमको सहिजकरण सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, कास्कीका सहकारी निरीक्षक बिष्णु कुमारी पोखरेल तथा सिद्धार्थ क्लव पोखराका लेखापाल गोपाल श्रेष्ठले गरेका थिए ।
सहकारीको दिगोपना, प्रभावकारी व्यवस्थापन, लेखा र सहकारीका विनियममा केन्द्रित तालिममा मिर्मिरे सहकारीका २१ जना संचालक समितिका पदाधिकारी तथा शेयर सदस्यको उपस्थिति रहेको थियो भने सो अवसरमा विभिन्न छलफल केन्द्र तथा तरकारी समूहहरुका लागि कृषि सामाग्री प्रदान गरिएको थियो ।
तालिम समापनको अवसरमा बोल्दै सिद्धार्थ क्लवका सचिव तीर्थ श्रेष्ठले सहकारी सस्था भनेको थोरै बचतबाट शुरुवात भई भावी दिनमा धेरै प्रतिफल कमाउन सक्ने संस्था भएको हुँदा सहकारीलाई अगाडि बढाउनका लागि सहकारीका सम्पूर्ण सदस्यहरुलाई सक्रियताका साथ लाग्नुपर्ने र त्यसका लागि सिद्धार्थ क्लव आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको बारे जानकारी गराए । मिर्मिरे कृषि सहकारीका अध्यक्ष शान्ता रसाईलीले सिद्धार्थ क्लव पोखराका मिर्मिरे कृषि सहकारी प्रतिको अतुलनीय सहयोगप्रति आभार प्रकट गर्दै संस्थालाई अगाडि बढाउनका लागि आफू तदारुकताका साथ लागि पर्ने बारे अनुरोध गरे ।
तालिमको उद्देश्य माथि सिद्धार्थ क्लव नागरिक शिक्षा अधिकृत मनकुमारी पुनले प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन सामाजिक परिचालक हेमराज अधिकारीले गरेका थिए ।
Post a Comment