गोल्डेन न्यूज संवाददाता
युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले एउटै कम्युनिष्ट पार्टी बनाउका लागि युवा संघले अभियान चलाउने बताएका छन् । प्रेस चौतारी कास्कीले शनिवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पहारीले धेरै राजनीतिक दलहरु हुदाँ राजनीतिक अस्थिरता बढेको भन्दै कम्युनिष्ट पार्टीहरुको एकतामा जोड दिएका हुन् ।
पहारीले राजनीतिक स्थायित्व र देशलाई समृद्ध बनाउन एउटै कम्यूनिष्ट पार्टीको आवश्यकता औल्याए । पहारीले आफनो संविधान आफैले बनाउने नेपाली आकाङ्क्षालाई रोक्न भारतले नेपालमा नाङगो हस्तक्षेप गरेको बताए ।
पहारीले राजनीतिक स्थायित्व र देशलाई समृद्ध बनाउन एउटै कम्यूनिष्ट पार्टीको आवश्यकता औल्याए । पहारीले आफनो संविधान आफैले बनाउने नेपाली आकाङ्क्षालाई रोक्न भारतले नेपालमा नाङगो हस्तक्षेप गरेको बताए ।
उनले नेपालीको स्वाभिमानमा आँच आउने गरि भारतले गरेको हस्तक्षेप विरुद्ध यूवा संघले प्रतिरोध गदै हस्ताक्षर अभियान संचालन गरेको बताए । भातरीय हस्तक्षेप विरुद्ध युवा संघले भण्डाफोर अभियान अन्र्तगत हस्ताक्षर संकलन गरेको बताउदै भारतका अगाडि नझुक्ने पहारीले बताए । उनले नेपालीहरु गरिव भएपनि स्वाधिन रहेको बताउदै पदका लागी स्वाभिमान नबेच्ने बताए । उनले भारतले गरेको नाकाबन्दी पारवहान सन्धि सम्झौता विरुद्ध भएको बताउदै जस्तोसुकै कष्ट झेल्न तयार रहेको तर तेलमा स्वाभिमान र राष्ट्रियता बेच्न नसकिने बताए । उनले भने भारतसंग कुनै पनि हालतमा नझुक्न नेताहरुलाई दवाब दिएको समेत बताए । उनले संविधान जारी भएको र त्यसलाई कार्यान्वयन गर्न सवै दलहरु एकजुट हुनुपर्नेमा जोड दिए । राजनीतिक क्रान्ति सफल भएको बताउदै अव देशलाई आर्थिक समृद्धिमा अगाडि वढाउनुपर्ने आवश्यकता औल्याए । देशलाई आर्थिक समुन्नत बनाउन दलहरु वीच एकता र सहकार्यको आवश्यकता रहेको बताए । उनले नेपालमा रहेका कम्यूनिष्टहरु एक हुनुपर्ने बताउदै त्यसको अगुवाई युवा संघले गरेको बताए । सवै कम्युनिष्टहरु लाई समेटेर एउटै कम्युनिष्ट केन्द्र बनाउन एमाओवादी अध्यक्ष प्रचण्डसंग भेट गरेको बताए । च्याउसरी पार्टी खोल्नु भन्दा एउटै बनाएर अगाडि बढनुपर्ने पहारीले बताए । युवाहरु रहरले नभई बाध्यताले विदेशी भुमिमा पसिना बगाएको बताउँदै उनले उनीहरुलाई स्वेदशमै काम गर्ने वातावरण बनाउनेतर्फ राज्यले सोच्नु पर्ने बताए ।
पहारीले अनेक वहाना बनाएर पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिइएको बताउँदै विमानस्थल बनाउन युवा संघले दववा दिने बताए । काठमाडौ बाहेक अनेत्र विमानस्थल बनाउन नदिने षड्यन्त्रको भण्डाफोर गर्ने उनले बताए । पहारीले युवा संघको विवाद टुगिंएको बताउँदै सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रामजी लम्साल र संचालन सह–सचिव मोतीसागर अधिकारीले गरेका थिए ।
Post a Comment