0
गोल्डेन न्यूज संवाददाता
नेपाल र इजरायल दौत्य सम्बन्ध भएको ५५ बर्ष पुरा भएको अवसरमा आर्ट ग्यालरी महेन्द्रपुलमा फोटो प्रदर्शनी भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र इजरायल दूताबासको संयुक्त आयोजना तथा पोखरा फोटोग्राफर संघको स्थानीय व्यवस्थापनमा इजरायलका वरिष्ठ कलाकार योसी आसरको एकल फोटो प्रदर्शन गरिएको हो । कार्यक्रमको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद सदस्य रमेश श्रेष्ठले गरेका थिए । कार्यक्रममा जे के आर्ट ग्यालरीका अध्यक्ष अशोक पालिखेले नेपाल र इजरायलका कला संस्कृतिको आदान–प्रदान गर्न सकेमा राम्रो उपलब्धी हुने बताए ।
 
राष्ट्रिय फोटो पत्रकार समूहका सल्लाहकार कृष्णमणि बराल, नेपाल पत्रकार संघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखरामा फोटो प्रर्दशनीबाट  दुई देश एक आपसमा नजिक हुने अवसर प्रदान हुने बताएका थिए ।
 
कार्यक्रममा इजरायल राजदूतबासका अफिसर सायर गायले नेपाल र इजरालय दौत्य सम्बन्ध ५५ बर्षको उपलक्ष्यमा काठमाडौं पछि पोखरामा फोटो प्रदर्शनी गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । कार्यक्रमको स्वागत मन्तब्य पोखरा फोटोग्राफर संघका संरक्षक गणेश “छबि” कार्यक्रमको सभापतित्व संघका अध्यक्ष गुरु प्रसाद तिवारीले गरेका थिए भने संचालन सचिव रबिनाथ दाहालले गरेका थिए ।





Post a Comment

 
Top