भारतले गरेको नाकाबन्दी विरुद्ध एमालेको भातृसंगठन युवा संघ नेपालले संकलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएको छ । भारतले लगाएको अघोषित नाकाबन्दी अमानवीय र पारहवन सन्धि सम्झौता विरुद्ध भएको रहेको भन्दै युवा संघले हस्ताक्षर अभियान संचालन गरेको थियो । दुई दिनसम्म संचालन गरेको हस्ताक्षर अभियानबाट संकलित १० हजार हस्ताक्षर बिहीबार कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीमार्फत प्रधानमन्त्री के.पी ओली समक्ष पठाएको हो । हस्ताक्षर बुझाउदै युवा संघ नेपालका केन्द्रीय सदस्य पूर्ण लामाले भातरीय हस्तक्षेप नेपालीहरुका लागी स्वीकार्य नहुने भन्दै जस्तोसुकै अभाव र पीडा खप्न तयार रहेको तर भातरसंग झुक्न नहुने बताए । उनले भारतले गरेको नाकाबन्दी अमानवीय र क्रुर भएको बताउदै भातरसंग नझुक्न नेताहरुलाई आग्रह गरे । हामी जस्तोसुकै पिडा भोग्न तयार छौ तर भारतसंग नेताहरु नझुक्नुस उनले भने । युवा संघ गण्डकीका अध्यक्ष नवराज ओझाले भारतले पारवहन सन्धि सम्झौता भुलेर नाकाबन्दी गरेको बताए । उनले आफूहरु कुनैपनि हालतमा भारतसंग नझुक्ने बताउँदै सवै नेपालीहरु एक जुट हुनुपर्ने बताए । युवा संघ गण्डकी अञ्चल उपाध्यक्ष महेन्द्र गुरुङले भारतीय पक्ष गरेको नाकाबन्दी नेपाली जनताका विरुद्धमा रहेको भन्दै देशभक्त नेपालीहरु त्यसका विरुद्ध जुटुपर्ने बताए । उनले तत्काल नाकाबन्दी खुलाएर नेपालसंग भएका पारवहन सन्धिसम्झौता पालना गर्न आग्रह गरे । हस्ताक्षर बुभ्mदै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीले युवा संघको अभियान सकरात्मक रहेको बताउदै हस्ताक्षर तत्काल प्रधानमन्त्रीको कार्यालयमा पुर्याउने प्रतिबद्धता ब्यक्त गरे ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» नाकावन्दी विरोधमा युवासंघद्वारा हस्ताक्षर संकलन
Subscribe to:
Post Comments (Atom)
Post a Comment