गोल्डेन न्यूज संवाददाता
पोखरामा चौथो अन्तर लायन्स क्लब फुटबल प्रतियोगिता एवं प्रथम अन्तर लायन्स भेट्रान्स लायन्स क्लब फुटबल प्रतियोगिता शुरु भएको छ । विहीवारदेखि सुरु भएको प्रतियोगितामा ६ खेलहरु सम्पन्न भएका छन् । बिहिवार सम्पन्न पहिलो खेलमा लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीले लायन्स क्लब अफ पोखरा डाउन टाउनलाई १–० अन्तरले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत अपहन्न सम्पन्न दोश्रो खेलमा लायन्स क्लब अफ पोखरा पिस सोसाईटीले लायन्स क्लब अफ पोखरा स्टकलाई ४–१ को गोलअन्तरले पराजीत ग¥यो ।
यसैगरी यसबर्ष देखि आयोजकले अग्रज लायन्सहरुको भावनालाई कदर गर्दै आयोजना गरेको अन्तर भेट्रान्स लायन्स फुटवल प्रतियोगिताको पहिलो खेलमा लायन्स क्लब अफ पोखरा आँगनले फेवा लेक सिटीलाई ४–० गोलको बिशाल अन्तरले पराजित गरेको थियो भने अन्य ३ खेलमा लायन्स क्लब अफ पोखरा खेलमा उपस्थित हुन नसकेकोले सृजना चौतारीले वाकओवर पाएको छ ।
त्यसैगरी लायन्स क्लब अफ पोखरा लेकसिटीले फिस्टेललाई वाकओभर दिएको छ भने चौतारीले सेन्ट्रल भ्यालीलाई वाकओभर दिएको छ । सृजना चौतारी, फिस्टेल र सेन्ट्रल भ्याली अर्को चरणमा प्रवेश गरेका छन् । त्यसअघि अञ्चल सशस्त्र प्रहरी गुल्म स्थित खेल मैदानमा प्रतियोगिताको उद्घाटन गर्दैे कार्यक्रमका प्रमुख अतिथि अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक बलाराम शर्मा पौडेलले लायन्स क्लबहरु समाज सेवा र रचनात्मक कार्यमा लागीरहेको बताउँदै समाज परिवर्तनका लागि अझै अगाडि बढ्नु पर्नेमा जोड दिए ।
यसैगरि कार्यक्रमका बिशिष्ठ अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गर्भनर धुव्र थापाले लायन्स क्लबहरुबीचमा फुटवल प्रतियोगिता आयोजना हुुनु लायन्स क्लबहरुकै लागि गौरबको विषय भएको बताउँदै धेरै चुनौति हुँदा हुँदैपनि लायन्स क्लब अफ पोखरा पिस सिटीले स्थापनाको छोटो अवधीमा नै रचनात्मक काम गर्नु प्रशंसनीय भएको बताए । यसैगरी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले खेलमा हारजित भन्दा पनि आपसि भाईचाराको रुपमा लिनु पर्ने बताए ।
क्लबका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा क्लबका संस्थापक अध्यक्ष सुदिपराज ढुङ्गाना, कार्यक्रम संयोजक ख्याम नारायण काफ्ले, प्रथम उपाध्यक्ष जीवन ढुंगाना सचिव राजेन्द्र ढकालले बोल्नु भएको थियो ।
क्लबका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा क्लबका संस्थापक अध्यक्ष सुदिपराज ढुङ्गाना, कार्यक्रम संयोजक ख्याम नारायण काफ्ले, प्रथम उपाध्यक्ष जीवन ढुंगाना सचिव राजेन्द्र ढकालले बोल्नु भएको थियो ।
आगामी १७ गते सम्म हुने सो प्रतियोगितामा कुल ३० वटा लायन्स क्लबहरुले प्रतिश्पर्धा गर्देछन् । लायनहरुबीचमा आपसी भाईचाराको विकास गर्ने उद्देश्यले आयोजीत सो प्रतियोगिताको विजेता क्लवले २५ हजार ५ सय ५५, उपविजेता क्लवले १५ हजार ५ सय ५५ र भेट्रान विजेता क्लवले १० हजार ५ सय ५५, उपविजेता क्लवले ५ हजार ५ सय ५५रुपया रुपया नगदको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटिले जनाएको छ ।
Post a Comment