पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराईले मधेशी, थारु,मगर लगायतका जनजातीहरुले उठाएका मागहरु संविधान संशोधनवाट पुरा गरी भारतले लगाएको नाकावन्दी कुटनीतिक पहलवाट खुलाएर आपूर्ति सहज बताउनु पर्ने बताएका छन् । सम्वाद नेपाल पोखराले वर्तमान परिस्थितिका बारेमा बिहीबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले भारतले वेला वेलामा नेपाललाई दुःख दिने गरेकोले भारतसंगको परनिर्भरतालाई कम गर्दै आत्म निर्भरता तर्पm लाग्न आर्थिक समृद्धि र विकास तिर लाग्नु पर्ने वताए । भट्टराईले आपूmले दुई वर्ष अघिदेखि नै नयाँ युग शुरु भएपछि नयाँ शक्ति आवश्यक पर्ने बताउदै पुरानै ढर्राको एकीकृत नेकपा माओवादीले नयाँ संविधान पछिको नयाँ नेपाल वनाउन नसक्ने बताए । उनले नयाँ शक्ति निर्माणको शुरु गर्न पार्टी परित्याग गरेको बताए ।
नयाँ सरकार निर्माणसंगै सबै पार्टीमा मन्त्री पदको लागि मारामार र हानथाप भएकोमा दुःख व्यक्त गर्दै उनले अव स्वार्थ र भ्रष्टाचारमुखी राजनीति छोडेर सेवा मुखि राजनीतिमा लाग्नुपर्ने बताए ।
Post a Comment