पर्वत माटेदेवल माध्यामिक विद्यालय, मुडिकुवामा स्थापित विद्युतीय पुस्तकालयको शुक्रवारका दिन एक समारोहका वीच उद्घाटन गरिएको छ । उक्त पुस्तकालय भवन रोटरी इन्टरनेशनल, डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लव अफ पर्वतको सहयोगमा स्थापित गरिएको हो । समुदायिक विद्यालय मा अध्ययन गर्ने बालबालिकाको शैक्षिक गुणस्तर र सुचना प्रविधिमा पँहुच अभिवृद्धि गर्ने उद्देश्यले वेलायती रोटरीयन संगको शहकार्यमा क्लवले सो पुस्तकालय स्थापनामा सहयोग पु¥याएको हो । पुस्तकालयको भवनको उद्घाटन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका गर्भनर केशव कँुवरले विश्वभरका दिनदुःखीको सेवामा समर्पित रोटरीले शिक्षा, स्वास्थ्य र भौतिक विकासमा ग्रामीण समुदायमा टेवा पु¥याउँदै आएको जानकारी दिए । कार्यक्रममा एसिस्टेण्ट गर्भनर केशव आचार्यले रोटरी समाजवाट लिनको लागि होईन समर्पण गर्नका लागि स्थापना भएको बताए । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका कम्युनिटी चियर पर्सन हिम वहादुर पौडेलले रोटरीको माध्यमवाट एउटा सामुदायिक विद्यालयलाई प्रविधि सम्पन्न बनाउन पाएकोमा खुशी व्यक्त गरे। विद्यालयमा विद्युतीय पुस्तकालय स्थापनाका लागि १० सेट कम्प्यूटर सहित आवश्यक फर्निचरका साथमा भौतिक व्यवस्थापनका लागि करिब ७ लाख सहयोग गरिएको र यसलाई निरन्तर रुपमा वृद्धि गरिने क्लवका अध्यक्ष गणेश वहादुर क्षेत्रीले जानकारी खिए । यसैबीच रोटरीका डिष्ट्रिक गर्भनर केशव कुँवरले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत क्लवको अफिसर भिजिट कार्यक्रम सम्पन्न भएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment