पोखराको चिप्लेढुङ्गा, मानव अधिकार चोकमा स्थापित पोखरा ट्रेड मल औपचारिक संचालनको तयारीमा रहेको छ । पोखरा टे«ड मल एण्ड हाउजिङ्ग प्रालिले निर्माण गरेको पोखरा टे«ड मल असोज २६ गते घटस्थापनाका दिनदेखि संचालनमा आउने बताएको छ । ट्रेडमलको उद्घाटन नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले गर्ने बताइन्छ । ट्रेड मलको औपचारिक उद्घाटन गरि संचालनमा आउन लागेको महलका अध्यक्ष विन्दु कुमार थापाले पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले २०६९ साल चैत ५ गतेदेखि निर्माण शुरु गरि संचालनको अन्तिम तयारीमा पुगेको बताए । उनले मलमा ४ सय १० वटा व्यावसायिक प्रयोजनका सटर, ९३ वटा सटरमा विभिन्न कार्यालय, व्यवसायिक प्रतिष्ठान, गोदाम, चमेना गृह आदिका लागि प्रयोग भएको जानकारी दिए । उनले माथिल्लो भागमा रेष्टुरेण्ट, अर्को तफर्को भागमा स्तरीय मल्टिप्लेक्स सिनेमा हल २ वटा, फुर्डकोर्ट, गेमिङजोन रहेको जानकारी दिए । उनले लोअर ग्राउण्डमा ६५ सय बर्गफिट क्षेत्रफलमा डिपार्टमेन्टल स्टोर्स रहेको जानकारी दिए । त्यसैगरि अन्य तलामा फेन्सी, कस्मेटिक, थान कपडा, बुटिक, लेडिज तथा जेन्स पार्लर, मोवाईल तथा एसेसरिज, किचन सामाग्री, सुन पसल, बैंक तथा वित्तीय संस्था रहेका छन् । भवन र जग्गा गरि १ अरब ६ करोड लगानी भएको पोखरा टे«ड मल एण्ड हाउजिङ्ग प्रालिका प्रबन्धक मिनराज काफ्लेले जानकारी दिए । उनले करिब मलमा करिब २ अरब लगानी भएको जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment