गोल्डेन न्यूज संवाददाता
६० औं नेपाल प्रहरी दिवसको अबसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको छ । प्रहरी दिवस बिभिन्न कार्यक्रम गरी मनाउने क्रममा शुक्रवार आयोजित रक्तदानमा ८० जना प्रहरी कर्मचारीले रक्तदान गरेको प्रहरी निरीक्षक कृष्ण कार्कीले जानकारी दिए । पश्चिम क्षेत्रीय प्रहरी कार्यालयको आयोजनामा भएको रक्तदानमा क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पंकज श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख हरि बहादुर पाल लगायत पोखरामा रहेका बिभिन्न युनिटका प्रहरी अधिकृत एबं कर्मचारीहरुको उपस्थिति थियो । रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । प्रहरी दिवसको अबसरमा विहिवार पोखराको फेवातालबाट चार ट्रक जलकुम्भी झार निकालिएको थियो । प्रहरी दिवसको मूल कार्यक्रम भने शनिबार विहान हुने भएको छ । कार्यक्रमको अबसरमा यस क्षेत्रका अमर प्रहरी प्रति श्रद्धान्जली अर्पण गर्नुको साथै उत्कृष्ठ प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरिने पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ । यसैगरी प्रहरी दिवसको अवसरमा पोखराको फेवाताल सफाई गरिएको छ । नेपाल प्रहरी दिवस २०७२ को अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत फेवाताल सरसफाई गरिएको हो । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराको आयोजनामा विहीवार फेवातालबाट चार ट्रक जलकुम्भी झार निकालिएको छ ।
तालको सुन्दरता बिगार्ने जलकुम्भी झार हटाउन पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पंकज श्रेष्ठको कमाण्डमा एक सय तीन प्रहरी खटिएका थिए । फेवातालको बाराहीघाट सहित ताल वाराही मन्दिर आसपासको क्षेत्रमा रहेका झार हटाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक हरि बहादुर पालले जानकारी दिए । प्रहरी दिवसको अबसरमा शुक्रवार क्षेत्रीय सशस्त्र प्रहरी गण ड्यामसाईडमा रक्तदान कार्यक्रम र शनिवार विशेष कार्यक्रम तय गरिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।
Post a Comment