राजाराम पौडेल÷गोल्डेन
भारतले गरेको अघोषित नाकावन्दीको मार पोखराका दोहोरी साँझमा परेको छ । नाकावन्दीका कारण भएको इन्धन अभावले पोखराका दोहोरी साँझ बन्द हुने अवस्थामा पुगेका छन् । यसरी दोहोरी साँझ बन्द हुने अवस्थामा पग्दा दोहोरी साँझका सञ्चालक र त्यहाँ कार्यरत कलाकार लगायतका अन्य कर्मचारीलाई प्रत्यक्ष मार पर्ने भएको छ । यसरी आएको मन्दीको कारण दशैँको मुखमा कर्मचारीलाई तलब र पेश्की उपलब्ध गराउन नसकिने अवस्थामा आफूहरु पुगेको स्वंम दोहोरी सञ्चालकले बताउन थालिसकेका छन् । हुन पनि यतिबेला न दर्शकको भिड दोहोरी साँझमा देखिन्छ, न पुगेका ग्राहकलाई सेवा दिन दोहोरी साँझले सकेका छन् । कारोवार ठप्प भएपछि लोकदोहोरी साँझमा कार्यरत कर्मचारी यसपालिको दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन् । विगत देखिनै विभिन्न कारणले व्यापार घटेको दोहोरी साँझमा यतिबेलाको इन्धन अभावले बन्द हुने स्थितिमा पु¥याएको छ ।
कास्कीमा रहेका दोहोरी साँझमा झण्डै दुई सय भन्दा बढि कलाकारले प्रत्यक्ष रोजगारी पाएका दोहोरी साँझका सञ्चालक बताउँछन् । दोहोरी साँझमा काम गर्ने गैर कलाकारको संख्या पाँच सयको हाराहारीमा छ । मासिक झण्डै डेढ करोडको कारोबार हुने दोहोरी साँझको कारोबार यतिबेला ६० प्रतिशतले घटेको उनीहरुले स्वीकार्छन् । कारोबार घट्ने क्रम जारी छ । त्यसो त आन्तरिक र बाह्र पर्यटकलाई लक्षीत गरी पोखराको लेकसाइडमा संचालनमा आएका डिस्को थेक तथा गजल रेष्टुरेन्टको कारोबार ज्यादै न्यून छ ।
पोखराको सृर्जनाचोकमा रहेको विसौनी दोहोरी साँझका सञ्चालक मध्येका एक जीवन दाहाल इन्धन अभावका कारण दोहोरी साँझको आम्दानी घटेको बताउँछन् । दोहोरी साँझमा पुग्ने दर्शकको ‘भोलुम’ र व्यापार दुवै घटेको उनले सुनाए । ‘दैनिक ३५ हजारको हाराहारीमा व्यापार हुने गथ्र्यो, इन्धन अभावपछि यो कारोबार घटेर १५ हजारमा झरेको छ’ उनले भने ।
राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष समेत रहेका दाहालले ग्याँसको अभावमा आएका ग्राहकलाई ‘सर्भीस’ दिन मुस्किल भएको बताए । पेट्रोलको अभावमा कर्मचारीलाई आउन जान समेत समस्या परेको छ । रिमझिम दाहोरी साँझका सञ्चालक रहेका लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने इन्धनको अभाव दोहोरी साँझमा प्रष्ट रुपमा देखिएको बताउँछन् । ‘दशैंको मुखमा यस्तो हुदाँ अवस्था नाजुक बनेको छ’ उनी भन्छन्–‘अब यस्तै अवस्था रहने हो भने केहि दिनमानै पोखराका दोहोरी साँझ पुर्ण रुपमा बन्द हुन्छ ।’
पोखराको पृथ्विचोकमा रहेको हाम्रो दोहोरी साँझका सञ्चालक घनश्याम रिजाल इन्धन अभावका कारण रात्रीकालीन व्यवसाय सबैलाई मर्का परेको गुनासो गर्छन् । पेट्रोल डिजेल भन्दापनि ग्यासको अभावले गर्दा धेरै दोहोरी साँझ बन्द हुने अवस्थामा छन् । चलेपनि व्यापार छैन । बन्द गरेर राख्दा गलत सन्देश जाने भएकोले खोलिएको उनले बताए । सबै दोहोरी साँझबीच सल्लाह हुने हो भने केहि समयमा लागि पोखराका दोहोरी साँझ पूर्ण रुपमा बन्द हुने राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका महासचिव समेत रहेका रिजालको भनाइ छ ।
पोखराको पृथ्विचोकमा रहेको हाम्रो दोहोरी साँझका सञ्चालक घनश्याम रिजाल इन्धन अभावका कारण रात्रीकालीन व्यवसाय सबैलाई मर्का परेको गुनासो गर्छन् । पेट्रोल डिजेल भन्दापनि ग्यासको अभावले गर्दा धेरै दोहोरी साँझ बन्द हुने अवस्थामा छन् । चलेपनि व्यापार छैन । बन्द गरेर राख्दा गलत सन्देश जाने भएकोले खोलिएको उनले बताए । सबै दोहोरी साँझबीच सल्लाह हुने हो भने केहि समयमा लागि पोखराका दोहोरी साँझ पूर्ण रुपमा बन्द हुने राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका महासचिव समेत रहेका रिजालको भनाइ छ ।
यतिबेला कास्कीमा संचालनमा रहेका दोहोरी साँझको संख्या १६ छ । जस्मा रिमझिम दोहोरी साँझ विरौटा, बिसौनी दोहोरी साँझ सिर्जनाचोक, फेवा दोहोरी साँझ महेन्द्रपुल, दौतरी दोहोरी साँझ चिप्लेढुङ्गा, मान्द्रो दोहोरी साँझ चिप्लेढुङ्गा, रुपाहिल दोहोरी साँझ चिप्लेढुङ्गामा रहेका छन् । त्यस्तैगरी निरमाया दोहोरी साँझ चिप्लेढुङ्गा, वर–पिपल दोहोरी साँझ न्यूरोड, गाउँ शहर दोहोरी साँझ सिर्जनाचोक, सुनगाभा दोहोरी साँझ पृथ्विचोक, भञ्ज्याङ दोहोरी साँझ शिवालयचोक, हाम्रो दोहोरी साँझ पृथ्वीचोक, गोधुली दोहोरी साँझ बाँस्तोलाथर नयाँबजार, चौतारी दोहोरी साँझ पृथ्वीचोक र शिखर दोहोरी साँझ बगर रहेका छन् । उता सात तालको वाटिका सहर लेखनाथमा पनि सात ताल दोहोरी साँझ रहेको छ ।
यी मध्ये शिखर दोहोरी साँझ केही दिन अगाडिबाट मात्रै संचालमा आएको हो । कास्कीमा झण्डै १२ करोडको लगानी दोहोरी साँझमा रहेको छ । वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले वि.सं. २०५० फागुन ३ गते आफ्नै घरमा ‘दोहोरी रेष्टुरेन्ट दोहोरी साँझ’ सञ्चालन गरी पोखरामामा मात्र नभएर नेपालमानै दोहोरी साँझको शुरुवात गरेका थिए । त्यो क्रम अझ बढ्दैछ । पोखरामा दोहोरी साँझ खुलेको चार वर्ष पछि २०५४ सालमा राजधानी काठमाडौँमा पुकार दोहोरी साँझ संचालनमा आयो भने त्यसपछि दोभान दोहोरी साँझ, छहारी दोहोरी साँझ लगायतका दोहोरी साँझको स्थापना हुन पुग्यो । त्यसपछि एकपछि अर्को गर्दै पोखरा लगायतका मुलुकका विभिन्न सहरमा सयौं दोहोरी साँझ सञ्चालनमा आएका छन् ।
त्यसोत पोखरामा सञ्चालनमा रहेका सुसेली दोहोरी साँझ, माछापुच्छ«े दोहोरी साँझ, भेटघाट दोहोरी साँझ, सप्तकोशी दोहोरी साँझ, दिपशिखा दोहोरी साँझ, तिरुपती दोहोरी साँझ, सोल्टी दोहोरी साँझ, शर्मा दोहोरी साँझ, पानस दोहोरी साँझ, सरगम दोहोरी साँझ, निरला दोहोरी साँझ, घरको छानो दोहोरी साँझ, गामवेशी दोहोरी साँझ, गाँउले दोहोरी साँझ लगायतका दोहोरी साँझ भने निरन्तर सञ्चालन हुन सकेनन् । सञ्चालमा आएका दोहोरी साँझ केही बन्द भैसेके भने नयाँ खुल्नेक्रम समेत अझै रोकिएको छैन ।
एल्बम विक्री शून्यमा पुगेर पीडित बनेका कलाकारले विकल्पको रुपमा दाहोरीसाँझमा काम गर्दै दैनिक गुजारा चलाउँदै आएका छन् । पछिल्लो समयमा त दोहोरी साँझ सञ्चालन गर्ने कलाकारको संख्यामा समेत व्यापक वृद्धि भएको छ । त्यसोत दोहोरी साँझलाई नै लक्षित गरेर नै यात्रा अगाडि बढा्रइरहेका कलाकारको संख्या समेत व्यापक देखिन्छ । यतिबेला दोहोरी साँझको मात्र व्यापार घटेको भने होइन । पोखरामा सञ्चालित अन्य रेष्टुरेन्ट तथा होटलहरुको अवस्था झनै दयनीय छ ।
Post a Comment