गोल्डेन न्यूज संवाददाता
आयल निगम गगनगौंडा डिपोमा स्टक तेल आईतवार वितरण गरियो । भारतीय नाकावन्दी खुलेको जानकारी आएपछि मौजाद तेल मध्य ३६ हजार लिटर पेट्रोल र ३६ हजार लिटर डिजेल आईतवार बितरण गरिएको हो । पोखराका १२ पम्पबाट पेट्रोल र ११ पम्पबाट डिजेल बितरण गरियो । १२ हजार लिटर डिजेल बाग्लुङ, पर्वत र म्याग्दीको लागि पठाईयो । बिहीवारदेखि निजी सवारीलाई तेल दिन रोकेकाले आईतवार साँझ पम्पमा सवारी चेप थेग्न हम्मे–हम्मे भयो । मोटरसाईकललाई पाँच, स्कुटरलाई तीन, निजी कारर विपलाई हजार र ट्याक्सीलाई १५ सय बराबरको तेल बितरण गरेको निगमले अब नाकाबाट नआएसम्म दिन नसकिने स्पष्ट पारेको छ ।
‘डिपोमा मौजाद मध्ये ५० देखि ६० हजार लिटर झिक्न मिल्ने हो , नाका खुलेको खबरले ३६ हजार लिटर निकालियो’ आयल निगम गगनगांैडा डिपो प्रमुख मनोज ठाकुरसँग भने–‘ईमर्जेन्सीको लागि केही होला तर उपभोक्ताले तत्काल पाउन सक्ने अबस्था छैन ।’ उनका अनुसार तेल लिनको लागि गएका ट्याङ्कर पनि नाकामै रोकिएका छन् । यस क्षेत्रको लागि रक्सौल नाकामा पुगेका १४ मध्ये ७ वटा ट्याङ्कर नाका पारी गएपनि रित्तै छन् । बाँकी ७ ट्याङकर अमलेख गञ्ज नाकामा गएको थन्किएका छन् । ठाकुरका अनुसार नाकामा तेल भरेर हिडेको ट्याङकर तराईको आन्दोलन छिचोलेर पोखरासम्म आउन कम्तिमा चार दिन लाग्छ । नाकाबाट तेल भरेर ट्याङकर हिंडेको कम्तिमा सात दिनमा उपभोक्ताले तेल पाउन सक्ने भएकाले अझै कति दिनमा आपूर्ति सहज हुन्छ यसै भन्न सकिन्न । ‘पारी गएको पनि लोड भएको छैन । अब कहिले आउछ पत्तो छैन ।’ उनले भने । पोखरा सहित गण्डकी धौलागिरीमा दैनिक ८० हजार लिटर पेट्रोल र एक लाख ६० हजार लिटर डिजेलको माग छ । यस क्षेत्रमा ५२ वटा पेट्रोल पम्पहरु रहेका छन् । पेट्रोलियम डिलर्स एशोसिएशन गण्डकी धौलागिरीका सचिव राजन गंगजुले पम्पबाट तत्कालको लागि तेल वितरण गर्न नसकिने जानकारी दिए ।
Post a Comment