0
 ब्लड प्रेसर कम छ ? यसरी बढाउन सक्नुहुन्छ
कम रक्तचाप अर्थात् हाइपोटेन्सन, जसमा शरिरको रक्तप्रवाह निकै धीमा हुन्छ । लो ब्लड प्रेसरका कारण रिंगटा लाग्ने, बेहोस हुने, जिउ गल्ने, कमजोर हुने, आँखाले तिरिमिरी तथा धमिलो देख्ने, स्वास फेर्ने कठीन हुने जस्ता समस्या देखा पर्दछन् । स्वस्थ शरिरको रक्तचाप १२०÷८० हुन्छ । जब रक्तचाप ९०÷६० भन्दा कम हुन थाल्छ तब रक्तचाप खतराको स्तरतर्फ झरेको बुझ्नुपर्छ ।
रक्तचाप कम हुँदा त्यसले मस्तिष्क, मुटु तथा मृगौलामा असर पर्दछ र त्यो अन्ततः प्राणघातक पनि हुनसक्छ । रक्तचाप घट्नुका विभिन्न कारण हुनसक्छन् र त्यसका लागि चिकित्सकको परामर्श लिइहाल्नुपर्छ । तर केही दैनिक जीवनयापन तथा खानपानका विषय पनि छन् जसलाई अपनाएर तपाइँले आफ्नो सामान्य घटेको रक्तचापलाई बढाएर सन्तुलनमा ल्याउन सक्नुहुन्छ । ती हुन् ः
नुनपानी पिउनुहोस् अर्थात् नुनिलो खानेकुरा सामान्य भन्दा केही बढि खानुहोस् । नुनमा भएको सोडियमले रक्तचाप बढाउन सहयोग गर्छ । तर नुनको धेरै मात्रा भने सरीरका लागि हानिकारक हुने कुरा भुल्नुहुँदैन ।      कफीको सेवनले पनि रक्तचाप बढाउँछ । कफी, हट चकलेट वा क्याफाइन तत्वयुक्त चिजहरु खाँदा वा पिउँदा घटेको रक्तचाप सन्तुलनमा आउँछ । कम रक्तचापको समस्या छ भने विहान तथा दिउसो कफी पिउन नभुल्नुहोस् ।
 
तुलसीको पातको रस पनि रक्तचाप सन्तुलनमा निकै सहयोगी हुनसक्छ । तुलसीको पातमा भिटामिन सी, पोटासियम तथा प्यान्टोथेनिक एसिड पाइन्छ । यी सबै तत्वहरु रक्तचाप सन्तुलनमा सहयोगी हुन्छन् । त्यसैले नियमित रुपमा तुलसीका १०÷१५ वटा पातको रस निकालेर त्यसमा एक चम्चा मह मिलाउनुहोस् अनि हरेक बिहान यसलाई सेवन गर्नुहोस्, तपाइँको घटेको रक्तचाप बढेर सन्तुलनमा आउनेछ ।
किसमिसको सेवन पनि हाइपोटेन्सनको उपचारको लागि लाभदायक छ । बेलुकी किसमिसलाई पानीमा भिजाउनुहोस् र अर्को बिहान खाली पेटमा त्यसलाई चपाएर खानुहोस् । त्यस्तै उक्त पानीलाई पनि छानेर खानुहोस् । यसले कम रक्तचापको समस्या न्युनिकरण हुन्छ ।     बदाम पिँधेर त्यसमा दुध मिलाएर नियमित रुपमा पिउँदा पनि रक्तचाप सन्तुलनमा सहयोग गर्दछ । बदामलाई रातभर पानीमा भिजाउनुहोस् । अर्को बिहान त्यसको बाहिरी पत्र हटाएर राम्रोसँग पिँध्नुहोस् र लेदो बनाउनुहोस् । अनि त्यसलाई दुधमा मिलाएर दिनहुँ बिहान खानुहोस् ।
  अदुवा ः अदुवालाई टुक्राटुक्रा पारी काट्ने र त्यसमा नुन तथा कागतीको रस हालेर मोल्ने । त्यसपछि नुन र कागती मिसाएको अदुवालाई हावा नछिर्ने बट्टामा बन्द गरेर राख्ने । हरेक दिन खाना खानुभन्दा पहिले उक्त अदुवाका केही टुक्रा चपाउने हो भने कम ब्लड प्रेसरको समस्या विस्तारै हट्ददै जान्छ ।
गाजरको नियमित सेवन पनि रक्तचाप सन्तुलनमा सहयोगी हुन्छ । काजरलाई नियमित रुपमा सलादको रुपमा मात्र नभै यसको जुसमा मह मिलाएर एक महिनासम्म पिउने हो भने ब्लड प्रेसर ठीक ठाउँमा आउँदछ । कम रक्तचापको समस्या भएकाहरुको लागि खजुरको सेवन पनि निकै लाभदायी हुन्छ । खजुरको नियमित सेवले रक्तचाप बढाएर सन्तुलनमा ल्याउँछ ।
अनारको नियमित सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसले कम रक्तचापको समस्या पनि न्युनिकरण गर्दछ । अनार मात्र होइन स्याउ, केरा, खरभुजा जस्ता फलफूलहरु नियमित रुपमा खाने गर्नाले रक्तचाप स्वात्तै घट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

मोटाउन मन छ ? यो उपाय अपनाउनुहोस्
 
ठूलो हावा आयो भने त उडाउला’, ‘ज्यानै यस्तो छ यसले के गरिखाला’ दुब्लो भएकै कारण के तपाईंमाथि यस्ता वाक्य भनिएका छन् ? एकातिर विश्वमा ७० प्रतिशतभन्दा धेरै मानिस वजन घटाउन प्रयास गरिरहेका छन् भने अर्को्तिर २० प्रतिशत दुब्लोपनाका कारण चिन्तित छन् । विवाहअघि अत्यन्त दुब्लो भएको गुनासो पनि महिलाहरू गर्छन् । यस्तो समयमा के खाने ? थोरै वजन बढाउन के गर्ने ? जीवनशैलीमा सामान्य परिवर्तन ल्याउँदा मोटाउने चाहना पूरा पनि हुन्छ । बिहान योग गर्नुहोस् । सामान्य शारीरिक अभ्यास पनि गर्नुहोस् । यसले भोक बढाउँछ । ‘एक्सरसाइज’को विकल्प ‘मर्निङवाक’ पनि हुन सक्छ । स्वच्छ हावाले ‘मेटाबोलिज्म’ बढाउँछ । नयाँ पत्रिकाले छापेको छ । ‘ब्रेकफास्ट’मा दूध, दही, घिउको बढी प्रयोग गर्नुहोस् । यसले तपाईंलाई स्वस्थ मात्र राख्दैन, वजन बढाउन पनि सहयोग गर्छ । खानामा दाल, माछामासु, अन्डालगायतका प्रोटिनयुक्त खानेकुरा खानुहोस् ।
राति किसमिस भिजाएर सुत्नुहोस् । बिहान सबेरै त्यो भिजाइएको किसमिस खानुहोस् । दुईरतीन महिनामा तपाईंको वजन बढ्छ । केरालाई सम्पूर्ण आहार मानिन्छ । दैनिक तीन–चारवटा केरा खाँदा वजन बढ्छ । तरकारीमा वा खानामा आलुको मात्रा पनि बढाउनुहोस् । यसबाट प्रशस्त कार्बोहाइड्रेट पाइन्छ । यसले अत्यन्त छिटो वजन बढाउन सहयोग गर्छ । केही दिनसम्म नरिवलको तेलमा पकाइएका खानेकुरालाई महत्व दिनुहोस् । नरिवलको तेलले दुब्लोपनाको समस्या हटाउन सहयोग गर्छ । दुग्ध ‘प्रोडक्ट्स’ दही, पनिरमा ‘फ्याट्टी एसिड’मात्र होइन, अत्यन्त राम्रो मात्रामा क्यालोरी पनि पाइन्छ । फरक–फरक तरिकामा यी खाद्यान्नको धेरैजसो प्रयोग गर्नुहोस् । शरीरको तौल बढाउन चिया, कफी, रक्सी, सिगरेटजस्ता अम्मलबाट पनि टाढा रहन जरुरी छ ।
निद्राले शरीरको तौल बढाउन अत्यन्त ठूलो भूमिका खेल्छ । दैनिक सातरआठ घन्टा मीठो निद्रा सुत्नुहोस् । चिन्ता लिन छाड्नुहोस् । खजुर वा छोकडालाई दूधमा उमाल्नुहोस् । राति सुत्नुभन्दा पहिले राम्रोसँग चबाएर खानुहोस् । दूध पिउनुहोस् । दुईरतीन महिनामा नै तपाईंको समस्या समाधान हुन्छ । कब्जियत, अपच तथा अन्य समस्या छन् भने चिकित्सकसँग सम्पर्क गर्नुहोस् । कहिलेकाहीँ यस्ता रोगका कारण पनि वजन कम भइरहेको हुन सक्छ ।

के हो पाठेघरको क्यान्सर ?

पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखमा नियन्त्रण भन्दा बढी कोषीकाहरु वृद्धि भएपछि क्यान्सर हुन्छ । डाक्टरहरुका अनुसार पाठेघरको मुखको क्यान्सर हुने कारण यहि हो भन्ने नभएपनि यसको मुख्य कारक तत्व भाइरल संक्रमण हो । डाक्टर रश्मी पुन गुरुङका अनुसार पाठेघरको क्यान्सर शारीरिक सम्पर्क गरेरकाहरुलाई हुन्छ ।शारीरिक सम्पर्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक किटाणुका केही प्रजातिका कारण पाठेघरको मुखमा क्यान्सर हुन्छ । ‘यो ईन्फेक्सन केटाबाट केटीमा सर्छ त्यसैले शारीरिक सम्पर्क गर्दा ध्यान दिनुपर्छ, धेरै जनासँग सम्पर्क राख्ने केटासँग सम्बन्ध राख्नुहुँदैन’ डाक्टर रश्मी पुन गुरुङले भनिन् । शारीरिक सरसफाईमा ध्यान नदिनाले र धैरैसँग सम्पर्कमा आउनेलाई यो क्यान्सर लाग्ने डाक्टर गुरुङले बताइन ।
धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पु¥याउने उनले बताइन ।
खतरा कसलाई
८ शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ ।
 धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई ।
 यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई ।
 लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ ।
 जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।
लक्षण
पाठेघरको मुखको क्यान्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ ।
 गन्हाउने पानी बग्ने
 संक्रमण भैरहने
 रगत मिसिएको पानी बग्ने
 महिनावारी नभएको बेलामा पनि रगत देखिने, महिनावारी रोकिएपछि पनि फेरि रगत देखिने
 पेट फुल्ने
 खुट्टा सुन्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा समस्या देखिने
कसरी बच्ने ?
पाठेघरको मुखको क्यान्सर हुन नदिन बेला बेलमा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पाठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा खतरा छ कि छैन पत्ता लाग्छ ।यो विधिले पाठेघरको मुखमा संक्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ । डाक्टरका अनुसार यो पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो ।
यौन सम्पर्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्पर्कमा रहेका, महिनावारी बन्द भएका र क्यान्सरको सम्भावना भएर अपरेशन गरेका महिलाले पाठेघरको मुखको परीक्षण गराए क्यान्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछन् । यस्तै सुरक्षित यौन सम्पर्क गरे पनि यसबाट जोगिन सकिन्छ ।

Post a Comment

 
Top