गोल्डेन न्यूज संवाददाता
कास्कीको उत्तर पश्चिममा अवस्थित घाचोक गाविसमा आउँदो कार्तिक १ देखी ४ गतेसम्म आयोजना गरिएको प्रथम युनेक घाचोक उत्सव २०७२ को तयारी अन्तिम चरणमा पुगेको छ र्। विकसित तथा सम्मुन्नत समाज निर्माणमा युवाहरुको सहभागिता, कुरीति, कुप्रथा, विकृति, विसङगति विरुद्धको हाम्रो प्रतिवद्धता’ भन्ने मुख्य नाराका साथ परिर्वतनका लागि युवा सञ्जाल(युनेक) नेपालको आयोजनामा हुने उत्सवको व्यवस्थापकिय, प्रचार–प्रसार तथा अन्य सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको र कार्तिक १ गते सरकारका मुख्य सचिव डा.सोमलाल सवेदीले उद्घाटन गर्ने तय भएको बिहीवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । पोखरावाट १५ किमीको दुरीमा रहेको रमणीय घाचोक गाउँको प्रचार–प्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने तथा यस क्षेत्रमा रहेका विभिन्न प्राकृतिक, पुरातात्विक, ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको प्रवद्र्धन गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेका लागि उत्सव आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक मौसम कार्कीले जानकारी दिए । आन्तरिक तथा वाह्य पर्यटकको लागि घाचोक उत्कृष्ट गन्तव्य वन्न सक्ने र त्यहाँ रहेका जटायु रेष्टुरेण्ट, गुफा, कुण्ड तथा पहराहरु तथा हिमश्रङ्खलाहरुको अवलोकन गर्न सकिने मूल आयोजक समितिका सदस्य तथा संस्थाका सल्लाहकार सूर्यप्रसाद लम्सालले जानकारी दिए ।
उत्सवको मुख्य आकर्षणमा लोक गीत प्रतियोगिता, खुल्ला एकल नृत्य , कल्चरल ग्रुप डान्स, स्रष्टा तथा विशिष्ट व्यक्तित्व सम्मान, खुल्ला घैँटो फुटाउने प्रतियोगिता, भेट्रान्स पुरुष रस्साकस्सी प्रतियोगिता, योग सम्वन्धी विशेष कार्यक्रम, मौलिक झाँकी प्रदर्शन, घरेलु उत्पादनहरुको प्रदर्शनी रहेका छन् । त्यसैगरि चर्चित हाँस्य कलाकारहरुको प्रस्तुति, साँस्कृतिक तथा साँगीतिक कार्यक्रम, युनेक नेपाल सामाजिक सेवा पुरस्कार उत्सवका आकर्षणको रुपमा रहेका छन् । त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारहरु चोलेन्द्र पौडेल, जीवन दाहाल, रामजी पौडेल, तुलसी क्षेत्री, सिडी विजय, ज्योती लोहनी, कृष्ण गुरुङ, राजन कार्की, घनश्याम रिजाल, चन्द्रा कार्की, जय कुमार, पोखरेली धुर्मुस, पोखरेली माग्ने वुढा, सुरज भिरखोइरे तथा आयुष परियार लगायतको विशेष प्रस्तुति उत्सवमा रहने प्रचार–प्रसार संयोजक विजय लम्सालले वताए । उत्सव सम्पन्न गर्नको लागि करिव ५ लाख खर्च लाग्ने तथा विभिन्न प्रायोजन तथा सहयोगीहरुबाट करिव ६ लाख ५० हजार आम्दानी हुने लक्ष्य रहेको सचिव रेशम कुमार नेपालीले जानकारी दिए ।
Post a Comment