0
गोल्डेन न्यूज संवाददाता
पोखराका यातायात व्यवसायीले यात्रुलाई स्तरीय बस सेवा दिन थप सुविधा सम्पन्न बस सेवा सहित संचालन गर्ने भएका छन् । सुपर डिलक्स मार्फत यात्रुलाई सेवा दिन व्यवसायीको तयारी अन्तिम तयारीमा लागेका छन् । पृथ्वी राजमार्ग बस व्यवसायी समिति मार्फत संचालन हुने बसलाई पोखरा जगदम्बा ट्राभलले स्तरीय बस ल्याएको हो । पृथ्वी राजमार्ग बस व्यवसायी समितिले सोमबार पत्रकार सम्मेलन गरि सुपर डिलक्स बस सेवा असोज २६ गते देखि सन्चालनमा आउने जानकारी दिएको छ । अशोक लेल्याड कम्पनीको २०३ चिता मोडलको बसलाई अत्याधुनिक सुविधा सम्पन्न सुपर डिलक्स बसबाट सेवा दिन लागेको पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए । यो मोडलको बसमा अन्यमा ३२ सीट हुने भएपनि अत्याधुनिक बनाउन २१ सीट मात्रै छ । बसको एउटा सीट मात्रै बनाउ करिब १ लाख ३६ हजार रुपैयाँ लागेको पोखरा जगदम्बा ट्राभलका संचालक केशब प्रसाद अधिकारीले जानकारी दिए । सिटलाई तलमाथि र सुत्नका लागि पनि मिल्ने छ अधिकारीले भने सीटलाई रिमोटबाटै तल माथि गर्न मिल्ने बताए । उनले एसी र हिटका व्यवस्था रहेको बताउदै कोट ज्याकेट पनि सीट मै राख्न मिल्ने बताए । उनले बसमा स्पीङ्ग पत्र्ताका ठाउँमा एयर सपेन्सन रहेका कारण बढि उफार्ने समस्या नरहने बताए । दु इन वान सीट रहने बसमा टेलिभिजन, माइक, वाइफाइ सेवा र प्रत्येक सिटबाट चालकलाई जानकारी दिने बटम समेत रहेको छ । बस संचालन भएको १५ मिनेट पछि यात्रुको इच्छा अनुसार पानी चिया, कफि, चिसो र खाजाको समेत व्यवस्था हुने संचालक अधिकारीले बताए । उनले यात्रुको सामानको सुरक्षाका लागि ट्रयागको समेत व्यावस्था गरेको बताए । बसमा यात्रा गर्दा पोखराका काठमाडौंको भाडा दर नेपालीका लागि २ हजार रुपैयाँ र विदेशीका लागि २५ सय रुपैयाँ निधारण गरेको बताए ।




Post a Comment

 
Top